बिम्स्टेकको चौथो शिखर सम्मेलन

बिम्स्टेकको चौथो शिखर सम्मेलन

- सम्मेलन सन् २०१८ अगस्ट ३०–३१ सम्म भएको ।
- काठमाडौंमा भएको सो सम्मेलनले १८ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको ।
- सम्मेलनमा बिम्स्टेक ग्रिड इन्टरकनेक्सनमा हस्ताक्षर भएको जसले बिम्स्टेकका सदस्यबीच ऊर्जा आदानप्रदानको बाटो खुलाएको छ ।
- सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलकांका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई अध्यक्षता हस्तान्तरण गरेका थिए ।
- सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङ्चुक, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति यु विन मिन्ट, श्रीलकांका राष्ट्रपति मैत्रीपाला सिरीसेना र थाइल्याण्डकी राष्ट्रपति जनरल प्रयुत चान ओचा सहभागी भएका थिए ।
- बिम्स्टेकको पाँचौ शिखर सम्मेलन श्रीलकांमा हुँदैछ ।
बिम्स्टेक सम्बन्धी केही थप जानकारी
- बिम्स्टेकका हालका महासचिव एम साहिदुल इस्लाम हुन् ।
- उनले सन् २०१७ को सेप्टेम्बरदेखि कार्यभार सम्हालेका छन् ।
- महासचिवको कार्यकाल तीन वर्षको हुन्छ ।
- प्रथम महासचिव : सुमथ नाकनदाला (श्रीलंका)
- प्रथम शिखर सम्मेलन : सन् २००४ जुलाई ३१, थाइल्याण्ड
- दोस्रो शिखर सम्मेलन : सन् २००८ नोभेम्बर १३, भारत
- तेस्रो शिखर सम्मेलन : सन् २०१४ मार्च १–४, म्यानमार
- तेस्रो शिखर सम्मेलनले श्रीलंकाका नाकनदालालाई यसको प्रथम महासचिवको रूपमा अनुमोदन गरेको थियो ।
- बिम्स्टेकको सचिवालय बंगलादेशको ढाकामा रहेको छ ।
- बिम्स्टेकका सहयोगका क्षेत्रहरू १४ रहेका छन् ।
- बिम्स्टेकका १४ सहयोग क्षेत्रमध्ये नेपालले गरिबी निवारण क्षेत्रको नेतृत्व गरेको छ ।
- नेपालले बिम्स्टेकको सदस्यता सन् २००४ जुलाई ३१ मा लिएको हो ।
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages