एजेन्सी / विश्वकै
सबैभन्दा बृद्ध पुरुष, ‘साकारी मोमोई’को ११२ वर्षको उमेरमा मृत्यु भएको छ ।
जापानका मोमोईको यहि २०१५ जुलाई ५, आइतबारको
दिन मृगौलाले काम गर्न नसकेकोले मृत्यु भएको हो । ‘हानावा
फुकुशिमा प्राविधिक उच्च विद्द्यालय’का पुर्व
प्रमुख र ५ छोराछोरीका पिता ‘मोमोई’ले गत
अगस्टमा विश्वको सबैभन्दा बृद्ध पुरुषको उपाधि ‘गिनिज
वर्ल्ड रेकर्ड्स’बाट प्राप्त गरेका थिए। उपाधि प्राप्त गरेपछि उनले अझै २ वर्ष
बाँच्ने रहर भएको बताएका थिए ।
सन् १९०३,
फुकुशिमामा जन्मिएका मोमोईको मृत्युको खबर २०१५ जुलाइ ७ मंगलबार
सार्वजनिक गरिएको थियो । मोमोई सुरुमा शिक्षक र पछि ‘हानावा
फुकुशिमा प्राविधिक उच्च विद्द्यालय’का प्रमुख
रहेका थिए । उनि ‘साईतामा विद्द्यालय’का पनि
प्रधानध्यापक रहेका थिए । उनि धेरैजसो किताब पढ्न र आफ्नो श्रीमतीसँग घुम्न
रुचाउथे ।
विश्वको
सबैभन्दा बृद्ध महिलाको उपाधि प्राप्त गरेकी ‘मिसाओ
ओकावा’ पनि जापानकै थिइन। उनको देहान्त ११७ वर्षको उमेरमा भएको थियो । अहिले
यो उपाधि अमेरिकाकी ‘सुजानाह मुशाट जोन्स’ले प्राप्त
गरेकी छिन् । मोमोईको मृत्युपछि गिनिजले हालको सबैभन्दा बृद्ध
पुरुष को हो भनेर बताएको नभएपनि जापानकै ११२ वर्षिय ‘यासुतारो
कोइदे’ हुनसक्ने अनुमान गरिएको छ, जो
मोमोईभन्दा १ महिनाले कान्छो छन् ।
अहिलेको
सबैभन्दा बृद्ध महिला सुजानाहले उनको लामो उमेरको रहस्य अत्याधिक निन्द्रा भएको
बताएका छिन् । गिनिज बुकको रेकर्डस् अनुसार अहिलेसम्मकै सबैभन्दा
बृद्ध मानिस र महिला भने फ्रान्सका ‘जिन
क्यालमेट’ रहेका छन्। १२२ वर्ष र १६४ दिन बाँचेका जिनको निधन अगस्ट १९९७मा भएको
थियो ।
No comments:
Post a Comment