प्लुटो ग्रहमा फेला परेको पहाडको नाम ‘तेन्जिङ नोर्गे माउन्टेन’ राखियो

नेपाली प्रसिद्ध पर्वतारोही तेन्जिङ नोर्गे शेर्पाको नाममा प्लुटो ग्रहमा फेला परेको एक पहाडको नामाकरण गरिएको छ ।
सौर्यमण्डलको सबैभन्दा टाढा रहेको ग्रह प्लुटोबारे अमेरिकी यानले गरिरहेको खोजपछि फेला परेको तथ्यका आधारमा हिउँ नै हिउँले ढाकिएको विशाल पहाडलाई पर्वतारोही तेन्जिङको नामबाट नामाकरण गरिएको हो ।
उक्त पर्वतलाई नोर्गे मोन्टेस् अर्थात् तेन्जिङ नोर्गे माउन्टेन राखिएको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको हो ।
सौर्यमण्डलको ठाउँको नाममा नेपालीको नाउँ रहेको सम्भवतः यो पहिलो घटना रहेको नासाका एमेस रिसर्च सेन्टरका जेफ मुरेले बताए ।
सन् १९५३ मा पहिलो पटक एडमण्ड हिलारीसँगै विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेकेका तेन्जिङको सम्मानमा नासाले नामाकरण गरेको हो ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान न्यू होराइजन्स प्लूटोनजिक पुग्दै केही तस्विरहरु पठाएको थियो ।
यानले प्लूटो र उसको उपग्रह शारोनको पनि तस्वीर पठाएको थियो । नासाको समूहले अन्तरिक्षमा रहेका हिमश्रृंखलाको एनिमेसन तस्विरसमेत सार्वजनिक गरेको छ ।

हेर्नुस भिडियो कस्तो देखिन्छ नोर्गे पर्वत ।



Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages