मिति २०७२ असार १६ गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी बस्तुगत प्रश्नोतरहरु


. भूकम्पपछिको पुननिर्माणका लागि सरकारद्धारा आयोजित नेपालको पुननिर्माणका लागि अन्तराष्ट्रिय सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ? 
वि.सं २०७२ असार १० काठमाडौं 
. नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिवमा को नियुक्त भएका छन् ?
केशवकुमार बिष्ट 
. अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको अध्यक्षमा कसलाई चयन गरिएको छ ? 
जाहिर अब्बास ( पाकिस्तान ) 
. सार्वजनिक खरिदसम्बन्धी सम्पूर्ण कामकारबाही कहिलेदेखी विद्युतिय माध्यमबाट गरिने भएको छ ? 
वि.सं २०७२ साउन १ 
. समाज सेवाका क्षेत्रमा विश्वसामु छाप छोड्न सफल मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मलाको निधन कहिले भयो ? 
वि.सं २०७२ असार ८ 
. अन्तराष्ट्रिय ओलम्पिक दिवस कहिले मनाउने गरिन्छ ? 
जून २३ 
. हामी हाम्रा विचारले बनेको हुन्छौ,हामी जे सोच्छौ, त्यही बन्छौ,जब दिमाग पवित्र हुन्छ,तब आनन्दले छायाले जस्तै पछ्याउँछ । भन्ने विचारक को हुन् ?
गौतम बुद्ध 
. सन् २०१५ जून २२ मा पेरिसस्थित युनेस्कोले मुख्यालय कसको मूर्ति स्थापना गरिएको छ ? 
गौतम बुद्ध 
. प्रशासन सुधारका सम्बन्धमा गठित पहिलो आयोग कुन हो ? 
बुच कमिसन २००९ 
१०. ५८ बर्षको उमेरमा खेलकुदतर्फको व्यायाम क्षेत्रमा सिट अप विधामा एक र चिन अफ बिधामा चार गरी पाँचवटा राष्ट्रिय रेर्कड राख्न सफल व्यक्तित्व को हुन् ?
रामचन्द्र खनाल 
११. नेपाललाई कहिलेसम्ममा अल्पविकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रको सूचीमा स्तरोन्नती गर्ने लक्ष्य छ ? 
सन् २०२२ 
१२. प्रसिद्ध पर्यटकीय स्थल पुनहिल कहाँ पर्दछ ? 
म्याग्दी 
१३. नेपाल भूकम्पीय जोखिमका हिसाबले विश्वको ११ औ स्थापनमा रहेको छ भने बाढीपहिलो अर्थात पानीजन्य प्रकोपबाट हुने जोखिमका हिसाबले कति औं स्थानमा रहेको छ ? 
३० औं 
१४. हेफर इन्टरनेशलनद्वारा स्थापित अन्तर्राष्ट्रियस्तरको स्वर्णिम प्रतिभा पुरस्कार २०१४ बाट सम्मानित हुने नेपाली महिला को हुन्
दिलकुमारी पौडेल टीटीहीरीया- ९ बाँके
१५. सन् २०१५ जूनमा फ्रान्समा सम्पन्न ८० किलोमिटर दुरीको अल्ट्रा म्याराथनमा प्रथम स्थान हासिल गर्न सफल नेपाली महिला को हुन्
मीरा राई भोजपुर
१६. अमेरीकामा समलिंगी विवाहलाई कानुनी मान्यता कहिले प्रदान गरिएको छ
सन् २०१५ जून २६
१७. आर्थिक संकटको चपेटामा परेको ग्रिसमा युरोपेली देशलगायत अन्य ऋणदाताबाट प्रस्तावित राहत प्याकेज सम्झौताबारे कहिले जनमत संग्रह गरिने भएको छ
सन् २०१५ जुलाई ५
१८. परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७२ असार १३ मा सार्वजनिक प्राविधिक एसएलसी परीक्षाको परिक्षाफल अनुसार सबैभन्दा विशिष्ट अर्थात ए पल्स ल्याउने ‍विद्यार्थी कति रहेका छन्
२१५ जना
१९. कर्णाली अञ्चलको जुम्ला जिल्लामा (तिनसय सय्याको) आत्याधुनिक सुविधासहितको शिक्षण अस्पतालको शिलन्यास कहिले गरियो
वि.सं. २०७२ असार १२
२०. सगरमाथाको महत्वलाई उजागर गरी अन्तर्राष्ट्रिय स्तरमा नेपालको साहसिक र अद्वीतिय पर्वतीय पर्यटनको छवि उच्च राख्न २९ मे लाई कहिलेदेखी अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रुपमा मनाउन थालियो
सन् २००८
२१. पचास हजार राशिको युवा प्रतिभा पुरस्कार बाट सम्मानित हुने प्रतिभा को हुन्
लम्जुङ इशानेश्वरका रदि मिया
२२. बेइजिङस्थित एसिया इन्फ्रास्ट्रक्चर बैंक (AITB) को विधान आर्टिकल अफ एग्रिमेन्ट मा कहिले हस्ताक्षर भयो
सन् २०१५ जून २९
२३. नेपालमा राष्ट्रिय धान दिवस कहिले मनाइन्छ
असार १५
२४. इन्स्टिच्यूट फर इकोनोमिक्स एन्ड पिस द्वारा सन् २०१५ जूनमा सार्वजनिक ग्लोबल पिस इन्डेक्स २०१५ अनुसार विश्वकै शान्त मुलुक कुन हो
आइसल्यान्ड

फेसबुकमा लोकसेवा सहयोगीः www.facebook.com/loksewa.sahayogi.page

Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages