२०७२ असोज २७ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोत्तर



१. विश्वको सबैभन्दा ठूलो  र गहिरो महासागर कुन हो ?
- प्रशान्त महासागर
. विश्व बसोबास दिवस २०१५ को नारा के रहेको छ ?
- Public spaces for all अर्थात सबैका लागि सार्वजनिक स्थल (वैज्ञानिक ढङ्गले व्यवस्थित वस्तीहरु सँगै सार्वजनिक स्थलहरुको विकास गर्न यस नाराले सङ्केत गरेको छ । सन् १९८६ को संयुक्त राष्ट्रसङ्घीय मानव बसोबास कार्यक्रम (UN-HABITAT) को घोषणा अनुरुप प्रत्येक वर्ष अक्टोबर महिनाको पहिलो सोमबार विश्व बसोबास दिवस मनाउँदै आइएको छ ।)
. सन् २०१५ अक्टोबर ५ मा सम्पन्न तेन्जिङ हिलारी खुला एभरेष्ट म्याराथन दौडको उपाधि कसले जिते ?
- पुरुष तर्फ : भीम गुरुङ (नेपाली आर्मी) र महिला तर्फ : आङदामी सेर्पा (सोलुखुम्बु)
. सरकारले मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने कति स्थानमा नयाँ सहर निर्माण गर्ने योजना तय गरेको छ ?
- १० (पाँचथरको फिदिम, तेह्रथुमको बसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी-गल्छी, तनहुँको डुम्रेभन्सार, बाग्लुङको बुर्तिबाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, अछामको साँफेबगर र बैतडीको पाटन गरी १० स्थान)
. नेपालले विश्वको ०.०३ प्रतिशत भू-भाग ओगटेको छ भने एसियाको कति प्रतिशत भू-भाग ओगटेको छ ?
- ०.३ प्रतिशत (दक्षिण एसियाको ३ प्रतिशत भूभाग ओगटेको ।)
. विश्वको कुन घटना पश्चात सरकार र निजी क्षेत्रवीच साझेदारी हुनुपर्ने कुरामा जोड दिन थालियो ?
- सन् १९३० को आर्थिक मन्दी
. ज्येष्ठ नागरिकहरुलाई सार्वजनिक सवारी साधनमा ५० प्रतिशत छुट दिने निर्णय कहिले भएको हो ?
- वि.सं. २०७१ माघ २१
. लेखनाथ पौडेललाई कवि शिरोमणिको उपाधि कहिले प्रदान गरिएको हो ?
- वि.सं. २००८
. तेह्रौ त्रिवर्षिय योजना (२०७०/७१-२०७२/७३ को अन्त्यसम्ममा नेपालीको औसत आयु कति पुर्‍याउने लक्ष्य रहेको छ ?
- ७१ बर्ष
१०. साहित्यकार चक्रपाणि चालिसेको स्मृतिमा स्थापित चक्रपाणि स्मारक पुरस्कार (वि.सं. २०७२ मा) कसलाई प्रदान गरिने भएको छ ?
- कथाकार तथा स्तम्भकार ध्रुब मधिकर्मी
११. नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (Staff Collage)  को स्थापना कहिले भएको हो ?
- वि.सं. २०३९
१२. सन् २०१५ सम्ममा विश्वभरबाट भोकमारीको अन्त्य गर्ने उद्देश्यका साथ सञ्चालित जिरो हङ्गर च्यालेन्ज अभियान नेपालमा औपचारिक रुपमा कहिलेदेखि सुरु भएको हो ?
- वि.सं. २०७१ पुस ४
१३. वैङ्क खातामा पर्याप्त रकम नभएका कारण भुक्तानी हुन नसकेको चेकलाई के भनिन्छ ?
- Bounced cheque
१४. पृथ्वीको वातावरण संरक्षणलाई पहिलो प्राथमिकता दिनुपर्छ अनि मात्र अरु कार्य गर्नुपर्छ भनी अमेरिकी यवाद्वारा सञ्चालन गरिएको आन्दोलनलाई के भनिन्छ ?
- Earth first
१५. विश्वको इतिहासमा मानव अधिकारको सम्बन्धमा पहिलो लिखित दस्तावेज केलाई भनिन्छ ?
- म्याग्नाकार्टा
१६. विश्वकै सर्वाधिक उचाइमा रहेको होटल कुन हो ?
- होटल एभरेष्ट भ्यु (सोलुखुम्बु)
१७. वीर बलभद्र कुँवरको नेपाल-अङ्ग्रेज वीच भएको कहाँको युद्धमा वीरतापूर्वक लडी राष्ट्रभक्तिको परिचय दिएका थिए ?
- नालापानीको युद्ध
१८. सन् २०१५ को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरियो ?
- जापानका ताकाकी काजिता र क्यानाडाको आर्थर बी. म्यावडोनाल्ड
१९. सन् २०१५ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरियो ?
- विलियम सी. क्यामबेल (आयरल्यान्ड), सानोसी ओमुरा (जापान) र युयु टु (चीन)
२०. सन् २०१५ को नोवेल शान्ति पुरस्कार कसलाई प्रदान गरियो ?
- ट्युनिसियाको राष्ट्रिय वार्ताटोली
२१. सन् २०१५ को साहित्यतर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरियो ?
- बेलारुसी लेखिका स्वेटलाना अलेक्सिभिच (साहित्यकार तथा पत्रकार)
२२. आयकर नियमावली, २०५९ को पाँचौ संशोधन कहिले भएको हो ?
- वि.सं. २०७२ असार २९
२३. भन्सार नियमावली, २०६४ को छैटौं संशोधन कहिले भएको हो ?
- वि.सं. २०७२ असार २९
२४. सङ्गीत प्रवीण भनी नरराज ढकाललाई चिनिन्छ भने सङ्गीत शिरोमणि भनी कसलाई चिनिन्छ ?
- यज्ञराज शर्मा
२५. नदीको किनार भए जस्तै समुद्रको के हुन्छ ?
- तट
२६. नेपालमा मात्र सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता कुन हो ?
- हात्तीपोलो
२७. गैँडाको खागबाट निर्मित पितृलाई तर्पण दिँदा प्रयोग गरिने भाँडोलाई के भनिन्छ ?
- खगौतो
२८. रुपसे झरना म्याग्दी जिल्लामा पर्दछ भने सुलिगढ झरना कहाँ पर्छ ?
- डोल्पा
२९. जापानको पुरानो नाम निप्पोन हो भने नेदरल्यान्डको पुरानो नाम के हो ?
- हल्यान्ड
३०. नेपालको सबभन्दा पुरानो मुर्ति विरुपाक्ष हो भने सबभन्दा सानो मुर्ति कुन हो ?
- पाटनको विश्वरुपको मुर्ति
३१. परादित्य गढी महोत्तरी जिल्लामा पर्दछ भने दुगुनागढी कहाँ पर्दछ ?
- सिन्धुपाल्चोक
३२. चन्द्र-सूर्य अङ्कित नेपालको राष्ट्रिय झण्डाका डिजाइनर को हुन् ?
- शङ्करनाथ रिमाल
३३. वि.सं. २०७१ असोज २ (१८ सेप्टेम्बर २०१४) मा मनाइएको प्रथम परिवार दिवसको नारा के थियो ?
- व्यवस्थित परिवार : स्वास्थ्य र विकासको आधार
३४. दुई मुलुक वीचको सीमारेखामा स्थापित सीमास्तम्भबाट दुवैतर्फ दस-दस गज चौडा खालि छाडिएको जमिनलाई के भनिन्छ ?
- दसगजा क्षेत्र (No-man's Land)
३५. "अति महत्वाकांक्षाले देवतालाई पनि पतन गराउँछ ।" भन्ने विचारक को हुन् ?
- सेक्सपियर
३६. धिमारल भाषाको पहिलो चलचित्र 'उनी' हो भने नेवारी भाषाको पहिलो चलचित्र कुन हो ?
- शिलु
३७. नेकपा (एमाले) का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली नेपालको प्रधानमन्त्री पदमा कहिले निर्वाचित भए ?
- वि.सं. २०७२ असोज २४ (उनी नेपालको ३८ औं प्रधानमन्त्री तथा कम्युनिष्ट प्रधानमन्त्रीमा छैटौं हुन ।)
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages