१. त्रिभुवन विश्वविद्यालयद्वारा हालै (२०७२ असोजमा) मानार्थ विद्यावारिधि (डिलिट) उपाधि प्रदान गरी सम्मान गरिएका साहित्यक व्यक्तित्व को हुन् ?
- राष्ट्रकवि माधवप्रसाद घिमिरे र दार्जिलिङ निवासी वरिष्ठ साहित्यकार
इन्द्रबहादुर राई
२. सरकारले लख थापालाई
औपचारिक रुपमा 'प्रथम
सहिद'
कहिले घोषणा गर्यो ?
- वि.सं. २०७२ असोज ३
३.
सन् २०१५ सेप्टेम्बर २७ मा मनाइएको ३६ औं विश्व पर्यटन दिवसको नारा के हो ?
- One billion tourists, one billion opportunities. (उक्त नाराका साथ नेपालमा पिन ३६ औं विश्व पर्य६न
दिवस-२०७२ मनाइएको ।)
४.
तेत्तीस वर्षपछि सुपरमुनसँगै खग्रास चन्द्रग्रहण कहिले भयो ?
५.
स्वदेशी उद्योग/व्यवसायको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यका साथ सरकारले
सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्नेसम्बन्धी निर्देशन कहिले सार्वजनिक
गर्यो ?
- वि.सं. २०७२ असोज ७
६.
राष्ट्रिय प्राथमिकता क्षेत्रहरुमा विदेशी पुँजी, प्रविधि,
ज्ञान तथा सीप आकर्षित गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनका माध्यमबाट
व्यापार सन्तुलन कायम गरी राष्ट्रिय अर्थतन्त्रलाई प्रतिस्पर्धात्मक र गतिशिल
बनाउने उद्देश्यका साथ सरकारले विदेशी लगानी नीति, २०७१ कहिले सार्वजनिक गर्यो ?
- वि.सं. २०७२ असोज ७
७.
झण्डै सात दशक लामो प्रतिक्षा एवं आकांक्षा र सात वर्षभन्दा बढीको अनवरत
प्रयत्नपछि जन्मिन नेपालको संविधान -२०७२ संविधान सभाको दुई तिहाइ बहुमतबाट कहिले
पारित भएको थियो ?
- वि.सं. २०७२ भाद्र ३०
८.
नेपालको संविधानले मौलिक हकहरुको विस्तार गर्दै कतिवटा हकहरुको व्यवस्था गरेको छ ?
- ३१ वटा (धारा १६- ४६ सम्म)
९.
नेपालको संविधान अनुसार नेपालमा कतिवटा संवैधानिक निकायो व्यवस्था गरिएको छ ?
- १३ वटा
१०.
नेपालको संविधान अनुसार 'स्थानीय
तह'
अन्तरगत कुन-कुन निकाय पर्दछन् ?
- गाउँपालिका, नगरपालिका र जिल्लासभा
११.
नेपालको संविधानके अनुसूची १ मा के सम्बन्धी व्यवस्था गरिएको छ ?
- नेपालको राष्ट्रिय झण्डा
१२.
नेपालको संविधानले नेपालमा कति तहको प्रदेशको सङ्घीय संरचना व्यवस्था गरेको छ ?
- ७ प्रदेश
१४.
वर्तमान संविधान अनुसार केन्द्रमा बढीमा २५ सदस्यीय मन्त्रिपरिषद गठन गर्न सकिने
प्रावधान रहेको छ भन प्रदेश मन्त्रिपरिषद् सम्बन्धमा के प्रावधान रहेको छ ?
- समावेशी सिद्धान्त बमोजिम प्रदेश सभाका कुल सदस्य
सङ्ख्याको वीस प्रतिशतभन्दा बढी नहुने गरी प्रदेश मन्त्रिपरिषद् गठन गरिने
No comments:
Post a Comment