२०७२ भदौ ३० गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोत्तर



. वाणिज्य नीति २०७२ को लक्ष्य के रहेको छ ?
- निकासी प्रवर्द्धन गरी समावेशी र दिगो आर्थिक बृद्धि हासिल गर्ने
. अमेरिकाको व्यापारिक राजधानी न्युयोर्कस्थित विश्व व्यापार केन्द्र रहेको जुम्ल्याहा भवन एवं वासिङ्टन डिसीस्थित रक्षा मन्त्रालय रहेको पेन्टागनमाथि विमान ठोक्याएर आतङ्कवादी आक्रमण कहिले भएको थियो ?
- सन् २००१ सेप्टेम्बर ११
. तेल उत्पादन राष्ट्रहरुको समूह 'ओपेक' मा हाल कति सदस्य राष्ट्र रहेका छन् ?
- १३
. "आस्था भएको कामले सफल बनाउँछ ।" भन्ने विचारक को हुन् ?
- विवेकानन्द

. मलेसियाको क्वालालम्पुरमा आयोजित (सन् २०१५ सेप्टेम्बरमा) इन्टरप्रेनुअर फेडरेसनमा 'द मार्स अवार्ड' हासिल गर्ने नेपाली को हुन् ?
- सञ्चारकर्मी एवं डकुमेन्ट्री निर्देशक गणेश पाण्डे
. एसियाली बुद्धिचाल महासङ्घले एसियन चेस एक्सेलेन्स अवार्ड- २०१५ कसलाई प्रदान गरेको छ ?
- नेपाल बुद्धिचाल सङ्घ
. सरकारद्वारा प्रदान गरिने सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारको राशि कति रहेको छ ?
. नेपाली लघुवित्तका सर्जक मानिने डा. हरिहर देव पन्तको निधन कहिले भयो ?
- वि.सं. २०७२ भदौ २१
. विनाशकारी भूकम्पपछि मुलुकको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा तीब्र अघि बढाउन राष्ट्रिय पर्यटन प्रवर्द्धन समितिले नयाँ प्रवर्द्धनात्मक लोगो र नारा कहिले सार्वजनिक गर्‍यो ?
- वि.सं. २०७२ भदौ १४ ("नेपालः ब्याक अन टप अफ द वर्ल्ड" नामक लोगो र नारा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशुर शेर्पाद्वारा २०७२ भदौ १४ मा सार्वजनिक गरिएको।)
१०. वि.सं. २०७२ मा प्रदान गरिने जगदम्बाश्री पुरस्कार प्राप्त गर्ने स्रष्टा को हुन ?
- अंगुरबाबा जोशी
११. वि.सं. २०७२ मा प्रदान गरिने मदन पुरस्कारबाट कसालाई सम्मानित गरिने भएको छ ?
- विजयकुमार (संस्मरणात्मक कृति "खुसी" का लागि)
१२. वि.सं. २०७२ मा प्रदान गरिने पद्मशी साधना सम्मान (राशि रु. २ लाख) पुरस्कारबाट कसलाई सम्मानित गरिने भएको छ ?
- चर्चित हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (संयुक्तरुपमा)
१३. रु. ५१ हजार राशिको बारबर एडम्स खोज पत्रकारिता पुरस्कार (वि.सं. २०७२ मा) कसलाई प्रदान गरियो ?
- नागरिक दैनिकका सुरेन्द्र पौडेल
१४. राजेन्द्र क्षेत्री नेपाली सेनाको प्रधानसेनापति तथा महारथिका रुपमा कहिले पदासीन भए ?
- वि.सं. २०७२ भदौ २४
१५. वाणिज्य नीति, २०७२ अनुसार व्यापार प्रवर्द्धनका लागि आवश्यक नीति तर्जुमा कार्यमा सहयोग पुर्‍याउन, ब्यापार सहजीकरण गर्न एवं नीतिको अनुगमन र अन्तरनिकाय समन्वय गर्न निजी क्षेत्र समेतको सहभागितामा केन्द्रीयस्तरमा 'बोर्ड अफ ट्रेड' को गठन कसको अध्यक्षतामा गरिनेछ ?
- वाणिज्य तथा आपुर्ति मन्त्री/राज्यमन्त्री
१६. श्वासप्रश्वास क्रिया, मुटुको चाल, पाचन रसको स्राव, रक्तनलीको खुम्चाइ-फुकाइ आदिको नियन्त्रणसम्बन्धी कार्य मस्तिष्कको कुन भागले गर्दछ ?
- मेडुला अवलङ्गेटा
१७. धारविद्युत निरन्तर बहन सक्ने सुचालकयुक्त बाटोलाई के भनिन्छ ?
- विद्युत परिपथ
१८. बालअधिकार महासन्धि १९८९ अनुसार बालबालिकाका अधिकारलाई कति क्षेत्रमा विभाजन गरिएको छ ?
- चार
१९. राष्ट्रिय बालदिवस, २०७२ को मूल नारा के रहेको छ ?
- पुननिर्माण र संविधान : बालअधिकारको संरक्षण हाम्रो अभियान
२०. राष्ट्रिय जनगणना, २०६८ अनुसार उच्च जनघनत्व भएका प्रथम पाँच जिल्ला कुन कुन हुन् ?
- क्रमशः काठमाण्डौ, भक्तपुर, ललितपुर, रुपन्देही र धनुषा
२१. आविष्कारका पिता भनेर चिनिने चर्चित बैज्ञानिक थोमस अल्बा एडिसनको जन्म कहिले  र कहाँ भएको थियो ?
- सन् १८४७ फ्रेबुअरी ११, ओहायो, अमेरिका
२२. NARC को पुरा रुप के हो ?
- Nepal Agriculture Research Council
२३. चुरे पहाडी शृङ्खला, सो क्षेत्र भएर बग्ने तराई-मधेस क्षेत्रसम्मको नदी प्रणाली र सोको जलधार क्षेत्रलाई के भनी चिनिन्छ ?
- चुरे क्षेत्र
२४. गैरआवासीय नेपाली सङ्घ (Non Resident Nepali Association – NRNA) को स्थापना कहिले भएको थियो ?
- सन् २००३ अक्टोबर ११
२५. पृथ्वी सम्मेलन कहिले र कहाँ भएको थियो ?
- सन् १९९२ जून ३-१४, ब्राजिल
२६. समुन्द्रमा तैरिएर रहेको हिउँको ढिक्कालाई के भनिन्छ ?
- हिमशिला
२७. विश्वमा निजामती सेवाको विकास कुन देशबाट भएको मानिन्छ ?
- चीन
२८. 'समृद्धि : द प्रोस्पेरिटी फाउन्डेसन' द्वारा क्यानाडाको 'फ्रेजर इन्स्टिच्युट' सँगको सहप्रकाशन एवं नेपाल उद्योग वाणिज्य महासङ्घसँगको साझेदारीमा सन् २०१५ सेप्टेम्बर १४ मा सार्वजनिक विश्व आर्थिक स्वतन्त्रतासम्बन्धी प्रतिवेदन २०१५ अनुसार आर्थिक स्वतन्त्रताका दृष्टिले नेपाल कतिऔं स्थानमा रहेको छ ?
- १०६ ‌औं
२९. Penciline  कसले पत्ता लगाएका हुन् ?
- अलेक्जेन्डर फ्लेमिङ
३०. Pneumonia कुन अंगमा लाग्ने रोग हो ?
- फोक्सो
३१. कुनै औषधि तोकिएभन्दा बढी प्रयोग गर्दा देखिने असरलाई Toxic effect भनिन्छ भने कुनै औषधिको प्रयोगबाट शरिरमा डाबर देखा पर्ने, चिलाउने, श्वासप्रश्वासमा बाधा पर्ने जस्ता असर देखा पर्नुलाई के भनिन्छ ?
- Allergic Reaction
३२. नूरगंगा प्रतिभा पुरस्कार गुठीद्वारा २०७२ सालमा प्रदान गरिने नूरगंगा राष्ट्रिय लोकगायन प्रतिभा पुरस्कारबाट सम्मानित हुने प्रतिभा को हुन् ?
- लमजुङका दीर्घराज अधिकारी (भेडी खर्के साँहिला) र काभ्रेका बुद्धिकृष्ण लामिछाने
३३. नूरगंगा बालसाहित्य राष्ट्रिय नवप्रतिभा पुरस्कार कसालाई प्रदान गरिनेभएको छ ?
- बालसाहित्यकार जनार्दन बराल (सिन्धुली)
३४. सन् २०१५ सेप्टेम्बरमा सम्पन्न ७२ औं भेनिस फिल्म फेस्टिभलमा 'इन्टरनेसनल क्रिटिक्स विक' सेक्सनतर्फ उत्कृष्ट फिल्मको अवार्ड कसालाई प्रदान गरियो ?
- मीनबहादुर भामद्वारा निर्देशित फिल्म 'कालो पाथी' लाई
३५. नेपाल सरकारबाट नियमितरुपमा अनुदान पाउने गरी अनुमति वा स्वीकृति प्राप्त विद्यालयलाई के भनिन्छ ?
- सामुदायिक विद्यालय




Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages