२०७२ असोज ६ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोत्तर

१. नेपालको इतिहासमै पहिलोपल्ट संविधानसभाबाट संविधान जारी कहिले भयो ?
- वि.सं. २०७२ असोज ३
. नेपालको संविधान, २०७२ ले संशोधन गर्न नसकिने भनी उल्लेख गरिएका विषय कति छन्?
- चार (नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ता)
. नेपालको संविधान, २०७२ अनुसार नेपालमा कति तहका अदालत रहने व्यवस्था छ ?
- तीन (सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालत)
. राष्ट्र बैङ्कद्वारा गरिएको पाँचौं पारिवारिक बजेट सर्वेक्षणअनुसार एक नेपाली परिवारको औसत मासिक आम्दानी कति रहेको छ ?
- रु. ३०,१२१ (प्रतिपरिवार औसत मासिक खर्च रु. २५,९२८, औसत मासिक बचत रु.,१९३)
. सन् २०१५ सेप्टेम्बर १६ मा ८.३ रेक्टर स्केलको भूकम्प प्रभावित बन्न पुगेको राष्ट्र कुन हो ?
- चिली
. "मेरो चिन्ता यो होइन कि तपाइँ खस्नुभयो, सबभन्दा ठूलो चिन्ता यो हो कि खसेपछि तपाइँ उठ्नु भएन ।" भन्ने विचारक को हुन् ?

- अब्राहम लिंकन
. वि.सं. २०७२ भदौ २८ मा राजधानीमा आयोजित म्युजिक खबर अवार्ड समारोहमा सर्वौत्कृष्ट सुगम सङ्गीत गायकको अवार्डबाट सम्मानित हुने कलाकार को हुन्?
- आनन्द कार्की (गायिका तर्फः अञ्जु पन्त)
. सशस्त्र प्रहरी नियमावली, २०७२ कहिले जारी भएको हो ?
- वि.सं. २०७२ असार २१
. सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार कुनै आतङ्ककारी घटना वा विष्फोटन वा सशस्त्र मुठभेडमा भएको आक्रमण वा आतङ्कारी विरुद्धको कारवाहीमा वा जोखिमपूर्ण र चुनौतीपूर्ण काममा खटिएको समयमा कुनै आकस्मिक दुर्घटनामा परी वा कुनै प्रकारको हतियारको चोटवाट वीरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई के भनिन्छ ?
- अमर सशस्त्र प्रहरी
१०. नेपालमा परिवार नियोजन दिवस कहिले मनाइन्छ ?
- सेप्टेम्बर १८
११. वि.सं. २०७२ असोज १ को मन्त्रीपरिषद् बैठकले कतिवटा नयाँ नगरपालिका घोषणा गर्‍यो ?
- २६
१२. २०७२ असोज १ को घोषणापश्चात् नेपालमा नगरपालिकाको सङ्ख्या कति पुगेको छ ?
- २१७ (महानगरपालिका :,...पा. : १२ र न.पा. : २०४, अब गाविस को संख्या :,१५७), गाविस बिहिन जिल्ला काठमाण्डौं, ललितपुर र भक्तपुर / नगरपालिका बिहिन जिल्ला सात वटा (मुगु, डोल्पा, कालिकोट, हुम्ला, रसुवा, मनाङ र मुस्ताङ)
१३. दोस्रो जनआन्दोलन कहिलेदेखि कहिलेसम्म चलेको थियो ?
- वि.सं. २०६२ चैत्र २४ देखी २०६३ बैशाख ११ (१९ दिन)
१४. नेपालको पहिलो महिला उपप्रधानमन्त्री को हुन् ?
- शैलजा आचार्य
१५. माघेसंक्रान्तिलाई मकर संक्रान्ति भनिन्छ भने श्रावण संक्रान्तिलाई के भनी चिनिन्छ ?
- कर्कट संक्रान्ति
१६. नोवल पुरस्कार प्राप्त गर्ने विश्वको पहिलो महिला म्याडम म्यारी क्यूरीको जन्म कहाँ भएको थियो ?
- पोल्याण्डको वार्सा
१७. विश्व बन्यजन्तु कोष (WWF) को स्थापना कहिले भएको हो ?
- सन् १९६१ अप्रिल २९
१८. संयुक्त राष्ट्र सङ्घको (UNO) पहिलो विशिष्टीकृत संस्था कुन हो ?
- अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO)
१९. मानव शरीरमा कति किसिमका जोर्निहरु हुन्छन् ?
- ३ (अचल जोर्नी, अर्धचल जोर्नी र चल जोर्नी)
२०. Ball and socket joint, Hirge joint, Pivot joint, Gliding joint, Condyloid Joint, Saddle Joint कुन जोर्नीको प्रकार हुन् ?
- चल जोर्नी
२१. सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मस्कटका रुपमा के चयन गरिएको छ ?
- अर्ना
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages