कति छ निजामती कर्मचारीहरुको तलव

निजामती कर्मचारीहरुको तलव सुविधा कति होला ।  अर्थमन्त्रालयले एक वर्षअघि तोकेको तलव अनुसार  निजामती कर्मचारीको सबैभन्दा ठूलो पद मुख्य सचिवको तलव एक महिनाको ४३ हजार ६ सय ७० रुपैयाँ छ ।   सचिवले प्रत्येक महिना ४१ हजार १३० रुपैयाँ बुझ्छन् ।
सहसचिवले ३२ हजार १ सय  २० उपसचिवले २७ हजार ३ सय ७० र शाखा अधिकृतले २४ हजार ४ सय रुपैयाँ पाउँछन् ।  मूख्य सचिव, सचिव र सहसचिवले  सवारी, त्यसको चालक र पेट्रोल, डिजेल सुविधा पनि पाउँछन । नायव सुब्बाको १८ हजार ८ सय रुपैयाँ र खरिदारले १७ हजार ७ सय ३० पाउँछन् ।
कार्यालय सहयोगीको ५ वटा स्तर छ । सबैभन्दा तल्लो स्तरको सहयोगीको तलव  १२ हजार ९ सय ८० छ । माथिल्लो कार्यालय सहयोगीले  एक महिनामा १७ हजार ४ सय १० बुझ्छन् । ठूला सवारी चालकले तह अनुसार रकम पाउछन्। उनीहरुले १५ हजार ८ सय १० देखि २२ हजार ७ सय ६० सम्म पाउँछन् । 

हल्का सवारी चालकको मासिक तलव १४हजार ६ सय ७० देखि २१ हजार ७ सय ४० रुपैयाँ बुझ्छन् । सबैभन्दा तल्लो पद हुलाकीले १३ हजार २ सय ६० देखि १७ हजार ८ सय ७० रुपैयाँ पाउँछन् ।

क्र.सं.
पद
तलब
कैफियत
मुख्य सचिव
४३,६००।-
गाडी, चालक र तेल सुविधा थप
सचिव
४१,१३०।-
गाडी, चालक र तेल सुविधा थप
सह-सचिव
३२,१२०।-
गाडी, चालक र तेल सुविधा थप
उप-सचिव
२७,३७०।-

शाखा अधिकृत
२४, ४००।-

नायब सुब्बा
१८,८००।-

खरिदार
१७, ७३०।-

कार्यालय सहयोगी
१२, ९८०।- देखि १७,४१०।- सम्म

हेभी सवारी चालक
१५, ८१०।- देखि २२,७६०।- सम्म

१०
हलुका सवारी चालक
१४६७०।- देखि २१,७४०।- सम्म

११
हुलाकी
१३,२६०।-देखि १७, ८७०।- सम्म



Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages