नेपाल टेलिभिजनमा खुल्यो जागिर, एसएलसी देखि स्नातक सम्मले आवेदन दिन सक्ने

 नेपाल टेलिभिजनले विभिन्न पदमा गरी ४३ जना कर्मचारीको लागि आवेदन माग गरेको छ ।
एकैसाथ गोरखापत्रमा विज्ञापन जारी गरेर मागिएको आवेदनमा तह ६ समाचार सम्पादकको लागि ३ जनाको आवेदन मागिएकोमा २ जना खुल्ला तर्फ र १ जना महिलाको लागि दरखास्त आव्हान गरिएको छ । त्यस्तै तह ६ मा नै प्रशाशन अधिकृतको लागि १ जना मागिएको छ । तह ५ वरिष्ठ सहायक प्राविधिकको लागि इन्जिनियरिङ तर्फ ६ जनाको दरखास्त आव्हान गरिएको छ, जसका लागि आवेदकले मान्यता प्राप्त संस्थाबाट रेडियो एण्ड इलेक्ट्रिमेनिक्स वा इलेक्ट्रिक विषय लिई  इन्जिनियरिङमा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने बताइएको छ । तह ५ अन्तर्गत नै वरिष्ठ सहायक लेखामा २ जनाको आवेदन माग गरिएको छ । यसमा आवेदन दिन आवेदकले व्यवस्थापन विषयमा प्रविणतापत्र वा सोसरह पास गरेको हुनुपर्ने बताइएको छ । तह ५ अन्तर्गत वरिष्ठ सहायक क्यामरामेनको लागि पनि ४ जना माग गरिएको छ ।  
त्यस्तै वरिष्ठ सहायक ध्वनिनियन्त्रक तह ५ को लागि ४ जना र वरिष्ठ सहायक दृश्य सम्पादकको लागि ५ जनाको उम्मेदवारी माग गरिएको छ । त्यस्तै वरिष्ठ सहायक कम्प्युटर अपरेटरको लागि १ जना मागिएको हो ।
सहायक प्राविधि तह ४ को लागि ८ जनाको आवेदन मागिएको छ । खुला तर्फ ४, महिला २ तथा आदिवासी जनजाति र मधेसी ११ जनाके उम्मेदवारी मागिएको छ । त्यस्तै सहायक लेखाको लागि २ तथा सहायक प्रशासनको लागि ६ जनाको आवेदन माग गरिएको छ । खुला तर्फ ३, महिला, आदिवासी जनजाति र मधेसी ११ जनाको उम्मेदवारी मागिएको छ । यसमा आवेदन दिन आवेदकले मान्यता प्राप्त शिक्षणसंस्थाबाट एसएलसी वा सोसरह उत्तीर्ण गरी कम्पयुटर सम्बन्धी कम्तीमा ३ महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने नेपाल टेलिभिजनले जनाएको छ ।
आवेदकको उमेरफारम बुझाउने अन्तिम आजको मितिले एक महिनाको तोकेको टेलिभिजनले दरखात्त फारम संस्थाको वेभसाइट http://www.ntv.org.np/index.php/job-notice मा प्राप्त गर्न सकिने बताएको छ ।


गोरखापत्रमा प्रकाशित विज्ञापन


Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages