राजनीतिशास्त्र सम्बन्धि विभिन्न प्रश्नोत्तर

१. ‘एक केन्द्रीय शक्तिद्वारा सर्वोच्च शक्तिको प्रयोग गर्नु नै एकात्मक शासन (सरकार) हो ।’ यो भनाइ कसको हो ?
– डायसी
२. ‘सबै शक्तिको अभ्यासका लागि सरकारको एकल संगठित प्रणाली नै एकात्मक सरकार हो ।’ यो भनाइ कसको हो ?
– ए.सि. कपुर
३. ‘संघात्मक राज्य त्यो हो जसमा सत्ता एवं शक्तिको एक भाग संघीय एकाइहरूमा समुदायद्वारा जानाजान संगठित गरिन्छ ।’ यो परिभाषा कसको हो ?
–. फाइनर
४. ‘संघ एक यस्तो राज्य हो (प्रणाली हो), जसमा केन्द्रीय र स्थानीय सरकार एउटै प्रभुत्वअन्तर्गत रहन्छ ।’ यो कसको भनाइ हो ?
–गार्नर
५. ‘एक संघीय राज्य धेरै राज्यहरू मिलेर बनेको सार्वभौमिकता सम्पन्न राज्य हो ।’ यो परिभाषा कुन वैज्ञानिकको हो ?
– जेलिनेक
६. ‘संघ’ शब्द कुन भाषाको कुन शब्दबाट उत्पति भएको हो ?
– ल्याटिन भाषाको फोयडस
७. विश्वको संसदमा तीन सदन भएको देश कुन हो ?
– बेलायत
८. ‘जहाँ शासनको सम्पूर्ण सत्ता संविधानद्वारा एकै केन्द्रीय सत्तालाई सुम्पेको हुन्छ, स्थानीय अंगलाई सरकारबाटै शक्ति प्राप्त हुन्छ र तिनीहरूको व्यक्तित्वले केन्द्रीय सरकारमा निर्भर गर्छ, त्यहाँ एकात्मक सरकार हुन्छ ।’ यो परिभाषा कसको हो ?
–गार्नर
९. कुन व्यवस्था भएको मुलुकमा मन्त्रीहरूको कार्य सचिवले गर्छ ?
– राष्ट्रपतीय
१०. जोन लकका अनुसार सरकार कति प्रकार छन् ?
– ३ प्रकार (राजतन्त्र, कुलिनतन्त्र र जनतन्त्र)
११. ‘गणितिज्ञको छोरा गणितिज्ञ र कविको छोरा कवि हुन्छ भन्नुझै पैतृक आधार मान्नु मर्खतापूर्ण कुरा हो ।’ यो भनाइ कुन वैज्ञानिकको हो ?
– लिकक
१२. संघात्मक राज्य एक यस्तो राजनीतिक उपायको अतिरिक्त अरु केही होइन, जसको उद्देश्य राष्ट्रिय एकता र राज्यका अधिकारहरूमा सम्बन्ध कायम गर्नु हो ।’ यो भनाइ कसको हो ?
– डायसी
१३. ‘संघात्मक राज्य त्यो हो, जसमा सत्ता एवं शक्तिको एक भाग संघीय एकाइहरूमा समुदायद्वारा जानाजान संगठित गरिन्छ ।’ यो परिभाषा कसको हो ?
– फाइनर

Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages