नेपाल र मलेसियाबिच श्रम सम्झौता तथा हाल सम्म श्रम सम्झौता भएका मुलुकहरु

हस्ताक्षर मिति : २०१८ अक्टोबर २९ (वि सं २०७५ कात्तिक १२ गते)
हस्ताक्षरकर्ता :  मलेसियाका मानव संसाधनमन्त्री "एम कुलासेगरन" र नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री "गोकर्ण विष्ट"
मलेसियामा २९.८८ प्रतिशत नेपाली वैदेशिक रोजगारीको शिलशिलामा गएका। (श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका करिब ४३ लाख नेपालीमध्ये करिब ५ लाख मलेसियामा कार्यरत।)
यो सम्झौतासङ्गै वैदेशिक रोजगारका लागि नेपाली कमदारले मलेसिया जाने प्रक्रियामा कुनै पनि शुल्क बुझाउनुपर्ने छैन।
नेपाल र मलेसियाबिच सन् १९६० जनवरी १ मा दौत्य सम्बन्ध कायम भएको हो।
 

हालसम्म नेपालसङ्ग श्रम सम्झौता भएका मुलुकहरु
 

✓ कतार  (सन् 2005 March 21)
✓ संयुक्त अरब इमिरेट्स [UAE] (सन् 2007 July 3)
✓दक्षिण कोरिया  (सन् 2007 July 23)
✓बहराइन  (सन् 2008 April 29)
✓जापान  (सन् 2009)
✓जोर्डन  (सन् 2017 October 18)
✓मलेसिया  (सन् 2018 October 29)
 

नेपाल र मलेसियाबिच विगत डेढ दशकदेखि श्रम सम्बन्ध रहदै आएकोमा आज श्रम सम्झौतामा हस्ताक्षर भएको हो। अन्य विभिन्न ११० मुलुकसङ्ग नेपालको श्रम सम्बन्ध रहेको छ।
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages