मिति २०८२ साल पौष १६ गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी विषयगत प्रश्नोत्तर


 कर्मचारीको व्यवहार सुधार

१.  नेपालमा सार्वजनिक सेवा प्रवाह सुधारमा निजामती कर्मचारीको व्यवहार सुधार कत्तिको महìवपूर्ण ठान्नुहुन्छ ? चर्चा गर्दै नेपालमा निजामती कर्मचारीको कार्य व्यवहारमा सुधार गरी सेवा प्रवाहमा सुधारको अनुभूति दिलाउन चाल्नुपर्ने कदम उल्लेख गर्नुहोस् ।

सार्वजनिक सेवा प्रवाह प्रव्रिmयामा कर्मचारी सेवा प्रदायकको भूमिकामा रहन्छन् । उनीहरू सेवा प्रवाहको विभिन्न चरणमा सेवाग्राहीसँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्कमा रहन्छन् । सेवा प्रवाह सुधारका लागि नीतिगत, कानुनी, प्रव्रिmयागत, प्रणालीगत जे जति पहल गरिए पनि सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा आउने कर्मचारीको व्यवहार परिवर्तन नभएसम्म सेवा प्रवाह सुधारको अनुभूति हुन सक्दैन । सेवाग्राहीप्रतिको नम्र र सहयोगी व्यवहारले सेवा प्रवाह सुधारमा महìवपूर्ण योगदान गर्छ ।

नेपालमा सार्वजनिक सेवा प्रवाह सुधारमा निजामती कर्मचारीको व्यवहार सुधारको महìव ः 

नेपालमा सेवा प्रवाहको व्रmममा निजामती कर्मचारीबाट प्रदर्शन हुने नकारात्मक कार्य व्यवहार देहायबमोजिम रहेको पाइन्छ ः

पदीय आचरणको पालना नगर्ने,

पेसागत आचरणप्रति संवेदनशील नबन्ने,

सेवाग्राहीप्रति रुखो व्यवहार प्रदर्शन गर्ने, 

असंवेदनशील बन्ने,

ढिलासुस्ती र अनियमिततामा रमाउने,

जिम्मेवारी पन्छाउने,

अरूलाई दोष लगाउने,

विधि प्रव्रिmयाका सम्बन्धमा स्पष्ट जानकारी र 

सूचना नदिने,

समयमा निर्णय नगर्ने,

अतरिक्त शुल्क असुल्न खोज्ने,

सेवाग्राही गुनासाको बेवास्ता गर्ने,

भनसुन, प्रभाव वा पूर्वाग्रहबाट प्रेरित भई सेवाग्राहीबिच असमान व्यवहार गर्ने,

नवीन प्रविधि र प्रणालीको प्रतिरोध गर्ने,

शाखागत तथा निकायगत समन्वय र सहकार्यलाई कम महìव दिने,

सेवक नभई शासकीय मनोवृत्तिबाट निर्देशित भई व्यवहार प्रदर्शन गर्ने ।

माथि उल्लेख गरिएका नकारात्मक कार्य व्यवहार सुधार गरेमा नागरिकमा सेवा प्रवाह सुधारको अनुभूति गराउन सकिन्छ । निम्न आधारबाट सेवा प्रवाह सुधारमा कर्मचारीको व्यवहार सुधारको महìवलाई बुझ्न सकिन्छ ः

सेवा प्रवाह प्रव्रिmयामा सेवाग्राही र कर्मचारीबिच प्रत्यक्ष वा अप्रत्यक्ष अन्तव्रिर्mया हुने हुँदा मानवीय पक्षमा गर्नुपर्ने सुधारलाई ध्यान दिनु आवश्यक छ,

सेवा प्रवाहका अन्य पक्षमा हुने सुधारलाई मूर्तरूप दिन व्यवहार सुधार पहिलो सर्त मानिन्छ । उदाहरणका लागि सरकारी सेवालाई लाइनबाट अनलाइनमा रूपान्तरण गर्न प्रविधिको प्रयोगमा जोड दिए पनि कर्मचारीको व्यवहार सुधार हुन सकेन भने प्रविधिको छिद्र पत्ता लगाई ढिलासुस्ती गर्ने प्रवृत्ति कायमै रहन सक्छ,

व्यवहार सुधारले ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार जस्ता प्रशासनिक विकृति न्यूनीकरण गर्न मद्दत गर्छ,

व्यवहार सुधारले कर्मचारीलाई सेवाग्राहीप्रति जिम्मेवार र जवाफदेही बनाई सेवाको गुणस्तर सुधारमा 

सहयोग गर्छ,

विनम्र र सहयोगी व्यवहारले सेवाग्राही सन्तुष्टिस्तर अभिवृद्धि गर्न मद्दत गर्छ,

सङ्गठनको छवि कायम राख्दै सरकारप्रतिको जनविश्वास उच्च बनाउनसमेत कर्मचारीको व्यवहार सुधार आवश्यक मानिन्छ ।

सेवा प्रवाह सुधारका लागि कर्मचारीको व्यवहार सुधारका उपाय ः

निजामती कर्मचारीका लागि निर्धारित आचरण कडाइका साथ पालना गर्ने गराउने,

कर्मचारीले कार्यस्थलमा पालना गर्नुपर्ने आचारसंहिता स्पष्ट पार्ने,

कर्मचारीले पालना गर्नुपर्ने आचरण र आचारसंहिता कार्यालयमा सबैले देख्ने गरी सार्वजनिक गर्ने,

घोषित आचरण र आचारसंहिताको परिपालनास्तर मापन गर्न स्पष्ट सूचकहरू तयार पार्ने,

आचरण र आचारसंहिता परिपालनाको नियमित अनुगमन र समीक्षा गर्ने,

कार्यसम्पादन मूल्याङ्कनमा आचरण र आचारसंहिता पालनास्तरलाई आधार लिने,

सेवाग्राहीबाट कर्मचारीको व्यवहार मूल्याङ्कन गर्ने पद्धति स्थापना गर्ने,

कर्मचारीलाई नियमित रूपमा तालिम तथा प्रशिक्षण प्रदान गरी मनोवृत्ति र व्यवहारमा सुधार ल्याउने,

तालिमको माध्यमबाट कर्मचारीलाई विविधता व्यवस्थापन, तनाव व्यवस्थापन, संवेगात्मक बौद्धिकता, मानवीय मूल्य, नैतिक मूल्यमान्यता, शासकीय मूल्य, आध्यात्मिकता जस्ता विषयमा प्रशिक्षित गर्ने, 

कर्मचारीलाई दण्ड र पुरस्कारमार्फत सेवाग्राहीप्रतिको व्यवहार सुधारमा प्रोत्साहन गर्ने,

सङ्गठनमा कर्मचारीले प्रदर्शन गर्ने व्यवहारका बारेमा निरन्तर अध्ययन, विश्लेषण गरी सुधारका लागि पृष्ठपोषण गर्ने,

नवप्रवेशीलाई कर्मचारीको आचरण, आचारसंहिता तथा सेवाग्राहीप्रति गर्नुपर्ने व्यवहार सम्बन्धमा अभिमुखीकरण गर्ने,

नेतृत्वबाट आदर्श व्यवहार प्रदर्शन गरी अनुयायीमा अनुकरणीय प्रभाव पार्ने,

सङ्गठनमा कार्यसम्पादनमूखी संस्कृति निर्माण गरेर कर्मचारीको कार्य व्यवहार परिवर्तन गर्ने ।

अन्त्यमा भौतिक वा डिजिटल जुनसुकै प्रकारका सेवाका लागि पनि कर्मचारी–सेवाग्राही अन्तव्रिर्mया भई नै रहने हुँदा सेवा प्रवाह सुधारको प्रमुख आधार नै कर्मचारीको व्यवहार सुधार हो । निजामती कर्मचारीको व्यवहार सेवाग्राहीमैत्री नभएको तथा सुशासन प्रत्याभूत हुन नसकेको भनी असन्तुष्टिका आवाज बढ्दै गइरहेको सन्दर्भमा निजामती कर्मचारीको व्यवहार सुधारमार्फत सार्वजनिक सेवा प्रवाह सुधार गर्ने रणनीतिका साथ सेवा प्रवाह सुधारका कार्यव्रmम सञ्चालन गर्नु आजको आवश्यकता हो ।


२. खानेपानी तथा सरसफाइसम्बन्धी नागरिकका अधिकार उल्लेख गर्दै खानेपानी तथा सरसफाइ सेवा व्यवस्थापनमा तहगत सरकारका जिम्मेवारी प्रस्तुत गर्नुहोस् ।

नेपालको संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने व्यवस्था रहेको छ । खानेपानी तथा सरसफाइ ऐन, २०७९ मा उल्लेख भएबमोजिम खानेपानी तथा सरसफाइमा पहुँचको अधिकार अन्तर्गत प्रत्येक नागरिकलाई देहायको अधिकार रहेको छ ः

स्वच्छ खानेपानीमा सहज र सुलभ पहुँचको अधिकार,

नियमित रूपमा पर्याप्त, स्वच्छ र गुणस्तरीय खानेपानी प्राप्त गर्ने अधिकार,

गुणस्तरीय सरसफाइ सेवामा सहज र सुलभ 

पहुँचको अधिकार ।

खानेपानी तथा सरसफाइ सेवा व्यवस्थापनमा तहगत सरकारका जिम्मेवारी ः

खानेपानी सेवा, सरसफाइ सेवा तथा आयोजनाको अनुमतिपत्र प्रदान, निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्ने जिम्मेवारी र दायित्व नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहमा रहन्छ । यसका लागि तहगत जिम्मेवारी देहायबमोजिम रहेका छन् ः

क)  नेपाल सरकारको जिम्मेवारी ः

खानेपानी तथा सरसफाइसँग सम्बन्धित राष्ट्रिय प्रकृतिका ठुला र जटिल आयोजना,

सहलगानीमा निर्माण हुने तथा वैदेशिक सहायताका आयोजना,

तोकिएको क्षेत्रमा तोकिएबमोजिमको लागत अनुमान र जनसङ्ख्यालाई खानेपानी तथा सरसफाइ सेवा पु¥याउने आयोजना,

एकभन्दा बढी प्रदेशसँग सम्बन्धित आयोजना,

ठुलो लगानी आवश्यक पर्ने बहुउद्देश्यीय फोहोरपानी प्रशोधन तथा व्यवस्थापन गर्ने कार्य,

एउटा जलाधार क्षेत्रको प्राकृतिक स्रोतको पानी अर्को जलाधार क्षेत्रमा स्थानान्तरण गर्ने आयोजना,

खानेपानी तथा सरसफाइ आयोजनाको अनुगमन । 

ख)  प्रदेश सरकारको जिम्मेवारी ः

तोकिएको क्षेत्रमा तोकिएबमोजिमको लागत अनुमान वा जनसङ्ख्यालाई खानेपानी तथा सरसफाइ सेवा पु¥याउने आयोजना,

फोहोरपानी व्यवस्थापन तथा प्रशोधनसम्बन्धी कार्य,

प्रदेशभित्रका एकभन्दा बढी स्थानीय तहलाई प्रभाव पार्ने आयोजना ।

ग)  स्थानीय तहको जिम्मेवारी र दायित्व ः

स्थानीय स्तरमा आधारभूत खानेपानी तथा सरसफाइ सेवा,

सरसफाइसम्बन्धी जनचेतना अभिवृद्धि,

फोहोरपानी व्यवस्थापन प्रणालीको सञ्चालन,

तोकिएको क्षेत्रमा तोकिएबमोजिमको लागत अनुमान वा जनसङ्ख्यालाई खानेपानी सेवा पु¥याउने आयोजना,

स्थानीय तहबाट सञ्चालित खानेपानी तथा सरसफाइ आयोजनाको मर्मतसम्भार र पुनस्र्थापना ।

अन्त्यमा स्वच्छ खानेपानी तथा सरसफाइ सेवामा पहुँच प्राप्त गर्नु नागरिकको मौलिक अधिकार हो । संविधानले प्रत्याभूत गरेको यस अधिकारको कार्यान्वयनका लागि तिनै तहका सरकारले समन्वयात्मक रूपमा काम गर्नु पर्छ ।


३.  सेवा प्रवाहको सिलसिलामा निजामती कर्मचारीले के कस्ता पदीय आचरण पालना गर्नु पर्छ ? निजामती सेवाका कर्मचारीको आचरणसम्बन्धी नियमावली, २०६५ का आधारमा स्पष्ट पार्दै आचरणविपरीतको कार्य गरेको नमानिने विषय उल्लेख गर्नुहोस् ।

निजामती सेवाका कर्मचारीको आचरणसम्बन्धी नियमावली, २०६५ ले निजामती कर्मचारीले पालना गर्नुपर्ने आचरण निर्धारण गरेको छ । निजामती कर्मचारीले पालना गर्नुपर्ने पदीय आचरण, पेसागत आचरण र व्यक्तिगत आचरणलगायतका विषय नियमावलीले समेटेको छ । सेवा प्रवाहको सिलसिलामा कर्मचारीले पालना गर्नुपर्ने पदीय आचरण यस 

प्रकार छन् ः

आफूलाई सुम्पिएको जिम्मेवारी छिटो, छरितो, पूर्ण र गुणस्तरीय रूपमा निर्वाह गर्न सदैव 

प्रयत्नशील रहनुपर्ने,

सेवा प्रवाह गर्दा वृद्ध, अशक्त, अपाङ्गता, सुत्केरी वा गर्भवती महिला, बालबालिका र असहायलाई प्राथमिकता दिनुपर्ने,

सेवाग्राहीको काम समयमै सम्पन्न गरिदिनुपर्ने,

कुनै कारणबाट समयमै काम सम्पन्न हुन नसक्ने सोको आधार र कारण जानकारी गराउने,

सेवाग्राहीले चाहे अनुसार काम गर्न नसकिने वा नमिल्ने भएमा त्यसको आधार र कारण सम्बन्धित सेवाग्राहीलाई दिनुपर्ने,

सेवामा सर्वसाधारणको सहज र प्रत्यक्ष पहुँच पुग्ने गरी सरल र सहज भाषामा सेवासम्बन्धी जानकारी तथा सल्लाह दिनुपर्ने,

सेवाग्राहीको कार्यसम्पादनको व्रmममा अन्य सरकारी निकायमा रहेको जानकारी वा विवरण आवश्यक पर्ने भएमा सम्बन्धित कर्मचारीले आफ्नो कार्यालयमार्फत मगाउने व्यवस्था गर्ने ।

आचरणविपरीतको कार्य गरेको नमानिने विषय ः

कार्यालय समयबाहेक कार्यालयको कामकारबाहीमा प्रतिकूल प्रभाव नपर्ने गरी आफ्नो विशेषज्ञताको विषयमा लिखित वा मौखिक प्रवचन दिने,

कार्यालय समयबाहेक कार्यालयको कामकारबाहीमा प्रतिकूल प्रभाव नपर्ने गरी आफ्नो विशेषज्ञताको विषयमा पूर्वस्वीकृति लिई अध्ययन तथा 

अध्यापन गर्ने,

साहित्य, कला, संस्कृति, खेलकुद, ज्ञान, विज्ञान, प्रविधि, मनोरञ्जनसम्बन्धी र पेसागत तथा सामाजिक संस्थामा सदस्य हुने तथा त्यस्ता मञ्चमा सहभागी हुने,

राजनीतिक दल र तिनका भातृ सङ्गठनले आयोजना गरेको बाहेक पेसागत सङ्घ सङ्गठनले आयोजना गरेको सभा, गोष्ठी आदिमा कार्यालय समयबाहेकको समयमा सहभागी हुने,

सरकारको नीति, उद्देश्य, कार्यव्रmम तथा कामकारबाही एवं गोपनीयतामा प्रतिकूल असर नपर्ने खालका लेख, रचना प्रकाशन गर्ने,

सबैका लागि खुला गरिएको प्रतिस्पर्धामा सहभागी भई पुरस्कार, पदक, प्रमाणपत्र एवं सम्मान ग्रहण गर्ने,

आफूलाई अन्याय परेको विषयमा त्यस्तो कामकारबाहीविरुद्धमा कानुनबमोजिम अड्डा अदालतमा उपचार प्राप्त गर्नका लागि आवश्यक कारबाही चलाउने ।

अन्त्यमा निजामती कर्मचारीले पालना गर्नुपर्ने आचरणको परिपालनाले सरकारप्रतिको नागरिक धारणा निर्माणमा समयोग पुग्छ । यसले सुशासनको आधारसमेत तयार गर्छ । आचरण परिपालनालाई कडाइका साथ लागु गर्न सार्वजनिक निकायका प्रमुखलाई जिम्मेवार बनाउँदै 

अनुपालन परीक्षण संयन्त्रलाई सव्रिmय बनाउन आवश्यक छ ।


४.  सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धमा स्थानीय सरकारका संवैधानिक एवं कानुनी जिम्मेवारी उल्लेख गर्नुहोस् ।

नेपालको संविधानको अनुसूची–९ अन्तर्गत सङ्घ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूचीमा सामाजिक सुरक्षा र गरिबी निवारण समावेश गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐनबमोजिम सामाजिक सुरक्षा र गरिबी निवारणको क्षेत्रमा गाउँपालिका तथा नगरपालिकाका जिम्मेवारी यस प्रकार छन् ः

सामाजिक सुरक्षा तथा गरिबी निवारणसम्बन्धी स्थानीय नीति, कानुन, मापदण्ड, नियमन र 

अध्ययन अनुसन्धान,

लक्षित समूहसम्बन्धी स्थानीय योजना, कार्यव्रmम, स्रोत परिचालन र व्यवस्थापन,

सामाजिक सुरक्षाको कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीयस्तरका संस्थासँग सम्पर्क, समन्वय 

र सहकार्य,

सामाजिक सुरक्षासम्बन्धी स्थानीय तथ्याङ्क र सूचना व्यवस्थापन,

गरिब घरपरिवार पहिचानसम्बन्धी स्थानीय सर्वेक्षण, सूचना व्यवस्थापन र नियमन,

स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन ।

अन्त्यमा सामाजिक सुरक्षा र गरिबी निवारण तीन तहका सरकारले साझा जिम्मेवारीमा रहेको छ । यसमा तिनै तहका सरकारले मिलेर काम गर्नुपर्ने अवस्था छ तर व्यवहारमा तीन तहका सरकारबाट सञ्चालित कार्यव्रmम आपसमा खप्टिएका र छरिएर रहेका छन् । तथ्यमा आधारित भई वास्तविक लाभग्राही पहिचान गरी तहगत समन्वय र सहकार्यमा सामाजिक सुरक्षा र गरिबी निवारणका कार्यव्रmम सञ्चालन गर्नु पर्छ ।


५.  खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगका काम, कर्तव्य र अधिकार उल्लेख गर्दै खानेपानी तथा सरसफाइसम्बन्धी प्रचलित कानुनबमोजिम खानेपानी तथा सरसफाइ सेवाको महसुल निर्धारण गर्ने आधार उल्लेख गर्नुहोस् ।

खानेपानी सेवा तथा सरसफाइ सेवा उपलब्ध गराएबापत त्यस्तो सेवा प्राप्त गर्ने उपभोक्ताले तिर्नुपर्ने महसुल निर्धारण गर्न खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोग रहने कानुनी व्यवस्था छ । खानेपानी तथा सरसफाइ नियमावली, २०८१ बमोजिम आयोगका काम, कर्तव्य र अधिकार देहायबमोजिम रहेका छन् ः

सेवाप्रदायकले उपभोक्तासँग लिन पाउने खानेपानी महसुल निर्धारण गर्ने,

उपभोक्तासँग लिन पाउने सरसफाइ सेवा वा ढल निकास प्रणालीको महसुल वा सेवा शुल्क निर्धारण गर्ने,

थोक खानेपानीको खरिद बिव्रmीको दर निर्धारण गर्ने,

ट्याङ्कर वा बोतलबन्दी पानीको अधिकतम बिव्रmीदर निर्धारण गर्ने,

सेवाप्रदायकको वित्तीय र व्यवस्थापन कार्यसम्पादनको तथ्याङ्क सङ्कलन गर्ने,

महसुल तथा सेवा शुल्कसम्बन्धी मापदण्ड 

निर्धारण गर्ने,

महसुल तथा सेवा शुल्कसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्ने,

सेवा प्रदायकले महसुल निर्धारणका लागि आयोग समक्ष आवेदन दिँदा अपनाउनुपर्ने कार्यविधि 

स्वीकृत गर्ने,

सेवा प्रदायक र उपभोक्ताबिच महसुलसम्बन्धी गुनासोको उचित व्यवस्थापन र विवाद समाधान गर्ने,

खानेपानी सेवा वा सरसफाइ सेवा सम्बन्धमा नेपाल सरकारलाई आवश्यक सल्लाह र सुझाव दिने ।

महसुल निर्धारणका आधार ः

खानेपानी तथा सरसफाइ ऐन, २०७९ र सोको नियमावली, २०८१ बमोजिम आयोगले खानेपानी तथा सरसफाइ सेवाको महसुल निर्धारण गर्दा देहायका आधार लिनु पर्छ ः

सेवा सञ्चालनको लागत,

उपभोक्ता मूल्य सूचीको परिवर्तन,

खानेपानी तथा सरसफाइसम्बन्धी नेपाल 

सरकारको नीति,

विदेशी मुद्राको विनिमय दर,

ह्रास कट्टी,

पानीको गुणस्तर र सेवाको स्तर,

उपभोक्ताको व्रmयशक्ति, 

आयोजनाको लागत, ऋण लगानीको साँवा र ब्याज,

जडित क्षमता शुल्क,

स्वलगानी र त्यसको प्रतिफल,

कर, रोयल्टी, नियमन तथा अन्य शुल्क,

अतिरिक्त पुँजीकरण,

प्रशोधन सञ्चालन तथा मर्मत खर्च,

कार्य सञ्चालन खर्च,

उपयोगको प्रकार,

सेवाको थोक खरिद मूल्य,

महसुल छुट दिनुपर्ने परिमाणको आधारमा सम्भावित मूल्य वृद्धि,

अधिकार प्राप्त निकायबाट दिएको छुट सुविधा,

आयोगले उपयुकत ठानेका अन्य आधार ।

आयोगले ढल निकास सेवाको महसुल निर्धारण गर्दा माथि उल्लिखित आधारको अतिरिक्त देहायका थप आधारसमेत विचार गर्नु पर्छ ः

फोहोरपानी उत्पादकले निष्कासन गर्ने फोहोरपानीको मात्रा र किसिम,

निष्कासित फोहोरपानीबाट वातावरणमा पर्ने प्रभाव,

फोहोरपानी प्रशोधन व्यवस्थापनमा लाग्ने अनुमानित खर्च ।

अन्त्यमा खानेपानी तथा सरसफाइ सेवा नागरिकका लागि अत्यावश्यक सेवा हो । यो सेवा जनस्वास्थ्यसँग पनि प्रत्यक्ष सम्बन्धित छ । तथापि स्रोतसाधनको सीमितताका कारण राज्यका तर्फबाट नागरिकलाई निःशुल्क रूपमा यो सेवा प्रदान हुन सकेको छैन । सेवा प्रदायकले प्रदान गर्ने सेवाका सम्बन्धमा सरकारका निकायले अनुगमन तथा नियमन गरी स्वच्छ खानेपानी र सरसफाइ सेवामा नागरिकको पहुँच सुनिश्चितताका लागि सदैव प्रयत्नशील रहनु पर्छ । 

प्रस्तुतकर्ता : अर्जुन शर्मा

Share:

मिति २०८२ साल पौष १६ गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी बस्तुगत प्रश्नोत्तर

 


१.  लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा कहिले गरिएको हो ? 

विसं २०८२ पुस १३ 

प्रदेशमा १५ देखि ६० वर्ष उमेर समूहको औसत साक्षरता दर ९६.१६ प्रतिशत पुगेपश्चात् साक्षर प्रदेश घोषणा गरिएको ।

हालसम्म पाँच वटा प्रदेश साक्षर घोषित भएका । 


हालसम्म मुलुकका ६८ जिल्ला साक्षर घोषित भएका । 

६८ औँ जिल्ला ः कालिकोट (विसं २०८२ असोज ९)

पहिलो साक्षर जिल्ला ः सिन्धुपाल्चोक (विसं २०७१ असार २)

पहिलो पूर्ण साक्षर घोषित जिल्ला ः ललितपुर (विसं २०७१ असार ९)

हालसम्म कुनै पनि जिल्ला साक्षर घोषित नभएको प्रदेश ः मधेश प्रदेश


२. करदाता सेवा प्रदान गर्ने पहिलो स्थानीय तह कुन हो ? 

केराबारी गाउँपालिका, मोरङ

अर्थमन्त्री रामेश्वरप्रसाद खनालद्वारा विसं २०८२ पुस ९ गते गाउँपालिकाको सभा हलमा आयोजित कार्यव्रmममा सेवा शुभारम्भ गरिएको । 

आन्तरिक राजस्व कार्यालयबाट दिइने सेवा गाउँपालिकाबाट सुरुवात भएको । 

गाउँ गाउँमा करदाता सेवा सुरु भएपछि करदाताको लागत, समय र झन्झट घट्ने विश्वास गरिएको । 


३. राष्ट्रिय च्याउ दिवस कहिले मनाइन्छ ? 

पुस १५

विसं २०८२ पुस ११ गतेको मन्त्रीपरिषद् बैठकद्वारा यससम्बन्धी निर्णय गरिएको । 

मन्त्रालयका अनुसार हाल नेपालका ४७ जिल्लामा व्यावसायिक रूपमा च्याउ खेती गर्ने गरिएको । 

विभिन्न ७० जिल्लामा च्याउ खेती विस्तार भएको । 

च्याउ खेतीमा आबद्ध किसान ः ३५ हजार 


४. १९ औँ संस्करणको चितवन हात्ती तथा पर्यटन महोत्सव, २०८२ मा ‘हात्ती सुन्दरी’ को उपाधि जित्ने हात्ती कुन हो ?  

पुनमकली 

पुनमकलीले कुल ३०० पूर्णाङ्कमा २५० अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरेकी । 

अन्तिम दिन हात्तीको पिकनिक, हात्तीको पूजा र हात्ती फुटबलको फाइनल प्रतिस्पर्धासँगै महोत्सव समापन गरिएको । 

हात्ती ‘सिङ्गल पेनाल्टी लिग टुर्नामेन्ट’ (हात्ती फुटबल–पेनाल्टी सुटआउट) प्रतियोगितामा लक्ष्मीकली प्रथम भएकी । 


५. नेपाल प्रहरीले ‘हाम्रो प्रहरी’ अभियानको सुरुवात कहिले गरेको हो ? 

विसं २०८२ पुस १३ 

जिल्ला प्रहरी परिसर काठमाडौँको आयोजनामा कार्यव्रmम शुभारम्भ गरिएको । 

यो कार्यव्रmम समुदाय–प्रहरी साझेदारी कार्यव्रmम अन्तर्गत सुरुवात गरिएको । 


६. स्मार्ट सहरी योजना र विकाससम्बन्धी राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भएको हो ? 

विसं २०८२ कात्तिक १६–१७ (काठमाडौँ 

घोषणापत्र जारी ।)


७. संयुक्त राष्ट्रसङ्घद्वारा ‘इन्टरनेसनल डिकेड फर सस्टेनेबल डेभलपमेन्ट’का रूपमा घोषणा गरिएको अवधि कुन हो ? 

सन् २०२४ – २०३३

युएनओद्वारा सन् २०१८–२०२७ को दशकलाई 

‘डिकेड अफ दी इराडिकेसन अफ पोभर्टी’ का रूपमा घोषणा गरिएको । 


८. सरकारले स्वच्छ तथा सफा हिमाल र सुरक्षित आरोहण अभियानलाई व्यवस्थित गर्ने उद्देश्यले ‘हिमाल सफा राख्नेसम्बन्धी कार्ययोजना २०८२–२०८६’ कहिले स्वीकृत गरेको हो ? 

विसं २०८२ मङ्सिर २८ 

नेपालको साहसिक पर्यटनको मुख्य आकर्षण मानिने हिमाल आरोहणका व्रmममा हुने फोहोरमैला र आरोहणलाई सुरक्षित गर्ने चुनौती बढिरहेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँचबर्से सो कार्ययोजना स्वीकृत गरेको ।

‘सफा हिमाल स्वच्छ वातावरण’ कार्ययोजनाको दीर्घकालीन लक्ष्य रहेको ।

जापानी आरोही केन नेगुचीको अगुवाइमा हिमाल सफाइ अभियान सन् २००० बाट शुरु भएको । 

यो अभियानले सन् २००७ सम्ममा ९० क्विन्टल फोहोर सगरमाथा क्षेत्रबाट सङ्कलन गरेको थियो । 

सन् २०१९ देखि नेपाली सेनाले ‘सफा हिमाल अभियान’ सञ्चालन गर्दै आएको । नेपाली सेनाले सञ्चालन गरेको यो अभियानबाट हालसम्म कुहिने र नकुहिने गरी एक लाख १९ हजार ५६ किलोग्राम फोहोर, १२ मानव शव र चार मानव अस्थिपञ्जरसमेत सङ्कलन भएको । 

पर्यटन विभागले सन् २०११ को वसन्त ऋतुदेखि सगरमाथा आरोहणबाट फर्किने स्वदेशी तथा विदेशीले आठ किलोग्राम फोहोर ल्याउनुपर्ने नियम लागु गरेको छ । 


९. पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन कहिले भएको हो ? 

विसं २०८२ पुस ८ (८८ वर्षको उमेरमा)

बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि तथा शाहीकालमा गरेर उहाँ पटक पटक मन्त्री तथा उपप्रधानमन्त्रीसमेत हुनुभएको ।

२०५५ सालदेखि तत्कालीन नेपाल सद्भावना पार्टीको उपाध्यक्षको जिम्मेवारीमा रहेर राजनीतिमा सव्रिmय हुनुभएको । नेपाल सद्भवाना पार्टीका अध्यक्ष गजेन्द्रनारायणको निधनपछि उहाँ सोही पार्टीको कार्यवाहक अध्यक्षसमेत हुनुभएको थियो । २०६२÷६३ सालको जनआन्दोलनबाट मुलुकमा गणतन्त्र स्थापना भएपछि उहाँले तत्कालीन नेपाल सद्भावना पार्टीको अध्यक्षबाट राजीनामा दिएर राजनीतिक जीवनबाट अलग रहँदै आउनुभएको थियो ।


१०. अन्तर्राष्ट्रिय टी–२० व्रिmकेटमा एकै ओभरमा पाँच विकेट लिएर नयाँ विश्व रेकर्ड कायम गर्न सफल व्रिmकेटर को हुन् ? 

गेदे प्रियान्दाना (इन्डोनेसिया) 

सन् २०२५ डिसेम्बर २३ मा कम्बोडियाविरुद्धको खेलमा सो कीर्तिमान कायम गरेका । 


११. ‘खुसीको कुनै चाबी छैन किनकि यसको ढोका कहिल्यै बन्द हुँदैन’ भन्ने व्यक्तित्व को हुन् ? 

मदर टेरेसा 


१२. ‘नेपाल बिएफएसआई शिखर सम्मेलन २०२५’ कहिले सम्पन्न भएको हो ? 

सन् २०२५ डिसेम्बर १९, काठमाडौँ 


१३. अन्तर्राष्ट्रिय आप्रवासन दिवस कहिले मनाइन्छ ? 

डिसेम्बर १८ 

सन् २०२५ को नारा (२५ औँ) ः श्रम आप्रवासनको चव्रmमा सुशासनः सुरक्षित, मर्यादित र सिपयुक्त आप्रवासन ।


१४. पोखरा महानगरपालिकाद्वारा स्थापना दिवसको अवसरमा ‘पोखरेली नवरत्न’ अवार्डबाट सम्मानित (२०८२ पुस) हुने व्यक्तित्व को को हुनुहुन्छ ? 

चन्द्रकान्त बराल, नेपथ्यका अमृत गुरुङ, उद्योगपति चन्द्रकृष्ण कर्माचार्य, साहित्यकार तीर्थ श्रेष्ठ, पत्रकार तिलकमान गुभाजू, प्राडा बुद्धिबहादुर थापा, शिक्षासेवी प्राडा वीरेन्द्रसिंह गुरुङ, महिला उद्यमी रामकली खड्का र उद्योगी हरिप्रसाद पाण्डे 

पुरस्कार ः जनही दुई लाख दुई हजार दुई सय दुई रुपियाँ, ताम्रपत्र र पदक । 


१५. एनएसएसएफ १३ औँ किन्डर ओलम्पिकको उद्घाटन कहिले गरिएको हो ? 

विसं २०८२ पुस १२ 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सभामुख देवराज घिमिरेद्वारा ओलम्पियन कमलबहादुर अधिकारीलाई किन्डर ओलम्पिकको टर्च हस्तान्तरण गरी उद्घाटन गरिएको ।

कमलसँगै ओलम्पियन एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र कबड्डीकी मानमती विष्टले टर्चसहित दशरथ रङ्गशालाको ट्र्याकमा परिव्रmमा गर्नुभएको ।

सानै उमेरदेखि बालबालिकालाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले किन्डर ओलम्पिक आयोजना गरिएको । 

पुस ४ गते शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा किन्डर ओलम्पिकको मस्कट अनावरण गरिएको थियो । 


१६. ‘ग्लोबल हिरो अवार्ड २०२५’ बाट सम्मानित हुने नेपाली को हुन् ? 

  कुलमान घिसिङ


१७. सावर्णि नामक औपन्यासिक कृतिका लेखक डा. श्रीधर खनाल हुन् भने हिउँको गीत नामक उपन्यासका लेखक को हुन् ? 

  तीर्थ गुरुङ


१८. थाइल्यान्ड र कम्बोडियाबिच युद्धविराम गर्ने सहमति कहिले भएको हो ? 

सन् २०२५ डिसेम्बर २७ 

दुवै देशले केही हप्तादेखि जारी सीमा सङ्घर्ष रोक्ने र शान्ति स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका । 

युद्धको व्रmममा तीन हप्ताभित्र कम्तीमा ४७ जनाको मृत्यु भएको र एक लाखभन्दा बढी मानिस विस्थापित भएको अन्तर्राष्ट्रिय समाचार संस्था 

एएफपीले जनाएको ।

सहमति अनुसार दुवै पक्षले सबै प्रकारका हतियार प्रयोग रोक्ने, नागरिक र संरचनामा कुनै पनि प्रकारको आव्रmमण नगर्ने र सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई छिट्टै घर फर्कन अनुमति दिने व्यवस्था लागु गरिने भएको । 

साइबर अपराध नियन्त्रणमा सहकार्य गर्ने पनि दुवै देशले प्रतिबद्धता जनाएका । 

यो युद्धविराम तीनदिने सीमा वार्तापछि आएको हो, जसमा आसियान, संयुक्त राज्य अमेरिका, चीन र मलेसियाले मध्यस्थता गरेका थिए । 

विवाद पुरानो उपनिवेशकालीन सीमाङ्कनका कारण सुरु भएको हो, जहाँ प्राचीन मन्दिरमा दुवै देशको दाबी छ । 


१९.  निर्वाचन आयोगले विसंं २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने खर्चको सीमा कति तोकेको छ ? 

रु. २५ लाखदेखि ३३ लाखसम्म 

आयोगले १६५ निर्वाचन क्षेत्रलाई पाँच वर्गमा विभाजन गरेर २५ लाखदेखि अधिकतम ३३ लाखसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको ।

प्रस्तुतकर्ता : टङ्क केसी

Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages