पाहुना चराको स्वागतमा लुम्बिनीमा पंक्षी महोत्सव शुरु


बुद्ध जन्मस्थलमा आउने पाहुना चराहरूको स्वागत गर्ने उद्देश्यले लुम्बिनीमा आज पक्षी महोत्सव शुरु भएको छ । ‘शान्तिका लागि सारस संरक्षण’ भन्ने नारासहित लुम्बिनी विकास कोषले पहिलोपटक महोत्सव आयोजना गरेको हो । महोत्सवमा लोपोन्मुख सारसलाई नगर पक्षी घोषणा गर्ने कार्यक्रम छ । 
चराहरूको संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवअन्तर्गत चित्रकला प्रतियोगिता, फोटो प्रदर्शनी, पक्षी अवलोकनलगायत कार्यक्रम रहेको कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले जानकारी दिए । उनले लोपोन्मुख सारस भगवान गौतम बुद्धको जीवनसँग जोडिएको पंक्षी भएका कारण यसलाई नगर पक्षी घोषणा गर्न लागिएको बताए । 
कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्तले यहाँ आउने अन्य पाहुना जस्तै पक्षीहरू पनि पाहुनाकै रूपमा आउने भएकाले लुम्बिनी वरिपरिका सिमसार क्षेत्र जोगाउन, पोखरीको संरक्षण गर्न, उनीहरूको बासस्थान सुरक्षाका लागि चेतना जागाउन पनि महोत्सवको आयोजना गरिएको जानकारी दिए । 
लुम्बिनीमा कोइली, भद्राई, कालो चिबे, मधुमक्षी, विभिन्न प्रजातिका बकुल्ला, सारस, भुँडिफोर, घोगीफोर, लोभिपापी भुँडिफोर, कालोगण्ड, हरिहाँस, बिजुलगैरे, सानो जलेवा, सावरी, कुर्मा, लालसर, बगाले सिमकुखुरा, लामोऔँले, मरुल, जलअप्सरा, हुटिट्याउँ, टमटमे, आँसीठुँडे, पानीचाहा, रातोमुनिया, छिर्केमुनिया, सुनचरी, काजले सुनचरी, माटोकोरे, काफलपाक्यो, कोकले, साइबेरियाली रुबी, रानीचरी, लगायतका दुई सय २२ प्रजातिका चराहरू पाइन्छन् । रासस

Share:

नेपालमा मनाइने राष्ट्रिय दिवसहरु




१. राष्ट्रिय झण्डा दिवस
बैशाख १
२. राष्ट्रिय वन्यजन्तु सप्ताह
बैशाख पहिलो हप्ता
३. व्यक्तिगत घटना दर्ता दिवस
बैसाख २
४. लोकतन्त्र दिवस
बैशाख ११
५. राष्ट्रिय चिया दिवस
बैशाख १५
६. राष्ट्रिय पत्रकारिता दिवस
बैशाख २४
७. कानुन दिवस
बैशाख २६
८. विद्यालय गणना दिवस
जेठ ७
९. उर्जा दिवस
जेठ ९
१०. गणतन्त्र दिवस
जेठ १५
११. जातीय विभेद उन्मुलन दिवस
जेठ २१
१२. चुरे संरक्षण दिवस
असार २
१३. राष्ट्रिय जनगणना दिवस
असार ८
१४. राष्ट्रिय कविता दिवस
असार ९
१५. राष्ट्रिय वन दिवस
असार १३
१६. राष्ट्रिय धान दिवस
असार १५
१७. सांसद दिवस
असार १६
१८. भानु जयन्ती
असार २९
१९. इन्जिनियर दिवस
साउन ३
२०. सामुदायिक वन दिवस
साउन २५
२१. मुक्ति दिवस
भाद्र १
२२. राष्ट्रिय सुचना दिवस
भाद्र ३
२३. पुस्तकालय दिवस
भाद्र १५
२४. नेपाल रेडक्रस दिवस
भाद्र १९
२५. मानव बेचविखनविरुद्धको दिवस
भाद्र २०
२६. निजामती दिवस
भाद्र २२
२७. बाल दिवस
भाद्र २९
२८. विज्ञान/चलचित्र दिवस
आश्विन १
२९. परिवार नियोजन दिवस
आश्विन २
३०. संविधान / राष्ट्रिय दिवस
आश्विन ३
३१. सामाजिक सेवा दिवस
आश्विन ६
३2. राष्ट्रिय संरक्षण दिवस
आश्विन ७
३3. राष्ट्रिय क्यान्सर सतर्कता दिवस
आश्विन १०
३4. नागरिक सुरक्षा दिवस
आश्विन १२
३5. राष्ट्रिय अभिलेखालय दिवस
आश्विन १७
३6. प्रहरी दिवस
आश्विन अन्तिम हप्ता
३7. सशस्त्र प्रहरी दिवस
कात्तिक ८
३8. कर/ कफि दिवस
मंसिर १
39. उद्योग दिवस
मंसिर ९
४0. क्षयरोगविरुद्धको दिवस
मंसिर १३
४1. राष्ट्रिय निर्माण दिवस
मंसिर २२
४2. पोल्ट्री दिवस
पौष १७
४3. निर्यात दिवस
पौष २२
४4. पृथ्वी जयन्ती
पौष २७
४5. योग दिवस
माघ १
४6. भुकम्प सुरक्षा दिवस
माघ २
४7. सहिद दिवस
माघ १६
४8. नेपाल नर्सिङ दिवस
माघ १५
49. अख्तियार दिवस
माघ २८
५0. प्रजातन्त्र/ निर्वाचन दिवस
फाल्गुन ७
५1. मगर दिवस/ स्वास्थ्य सेवा दिवस/ सारङ्गी दिवस
फाल्गुन १५
५2. सैनिक दिवस
महाशिवरात्री
५3. लेखक दिवस
चैत ३
५4. कथा दिवस
चैत १९
५5. सहकारी दिवस
चैत २०
५6. विद्युत सुरक्षा दिवस
चैत २५
५7. वनस्पति/ भाषा दिवस
चैत २९
५8. राष्ट्रिय टोपि दिवस
जनवरी १
59. राष्ट्रिय सुनुवाइ दिवस
मार्च ३
६0. राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवस
मे २
६1. गैर आवासीय नेपाली दिवस
अक्टोबर ११


Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages