लोकसेवाको निष्कर्षः कर्मचारीमा नैतिकता र क्षमता भएन

नैतिकता सिकाउने गरी सहसचिवको परीक्षा प्रणाली परिवर्तन

 लोकसेवा आयोगले माथिल्लो ओहदाका सरकारी कर्मचारीहरुमा नेतृत्वदायी क्षमता नै नभएको निष्कर्ष निकालेको छ । र, उसले अब सहसचिवको लोकसेवा परीक्षासम्बन्धी पाठ्यक्रम परिर्वतन गर्न निर्णय गरेको छ ।

निजामति कर्मचारी संगठनमा सहसचिव लोकसेवा आयोगले लिने सबैभन्दा माथिल्लो ओहदाको परीक्षा हो । सहसचिव भएको सात वर्षमा ऊ नेपाल सरकारको सचिवमा बढुवा हुनेछ ।
तर, यही पदको परीक्षामा लोकसेवाले अहिलेसम्म कर्मचारीको ज्ञान मात्रै जाँच्यो, अन्य क्षमताहरु हेरेन । यसका कारण सहसचिव र सचिवहरुमा नै नेतृत्वदायी क्षमता नभएको निष्कर्षमा आफूहरु पुगेको लोकसेवा अध्यक्ष उमेश मैनालीले  बताए ।
नैतिक शिक्षा जरुरी
सहसचिवका लागि नयाँ पाठ्यक्रम तयारी गर्ने क्रममा लोकसेवाले विभिन्न किसिमका सर्वेक्षण गरेको छ । यो पदले के-के काम गर्छ र के क्षमता चाहिन्छ भनेर प्रशासन र वनको सहसचिवमा सर्वेक्षण गरिएको छ । यसक्रममा विभिन्न ९ वटा योग्यताका क्षेत्रहरु तय गरिएका छन् । मैनाली भन्छन्, सबैभन्दा बढी फोकस इथिकल भ्यालुमा आयो । र, यसको अब जाँच लिन्छौं ।’
यस्तो हुनेछ परीक्षा प्रणाली
" कोही मानिस लेख्न असाध्यै राम्रो तर, लिडरसिप क्वालिटी जिरो भएको आए । मास नै फेस गर्न सकेनन् । त्यस्ता मानिस सहसचिव सचिव भएर काम लाग्दैन"
अहिले लोकसेवाले लिने कुनै पनि परीक्षामा लिखित पास भएपछि अन्तर्वार्ता हुन्छ र त्यसमा पाए भए जागिर पक्का । तर, अबको परीक्षा यतिले मात्र पुग्ने छैन ।
लोकसेवाले गरेको नयाँ निर्णय अनुसार सुरुमा सहसचिवका लागि लिइने परीक्षामा सुरुमा लिखित परीक्षा हुनेछ । र, यसमा दुई विषय राखिएको छ । पहिलोः पब्लिक गभर्नेन्स एण्ड डेभलोपमेन्ट, दोस्रोः एकान्टिविलिटी, इथिक्स एण्ड प्रोफेस्नालिजम ।
यो छनौट परीक्षा मात्र हो र यसमा पास भएका परीक्षार्थीहरु दोस्रो चरण पुग्छन् । लोकसेवा अध्यक्ष मैनाली भन्छन्, यो पेपर पास भयो । तर, मानिस कस्तो छ थाहा छैन । लिडरसीप क्वालिटी कस्तो छ, प्रस्तुती कस्तो छ थाहा छैन । त्यसैले हामीले केस प्रिजेन्टेसन भन्ने अर्को परीक्षा राखेका छौं ।’
यो एक प्रकारले रियालिटी शो नेपाली तारा वा इण्डियन आइडल जस्तै हुनेछ । परीक्षार्थीहरुले लोकसेवाले दिएको कुनै पवि विषयमा लेख्नुपर्ने हुन्छ र त्यसलाई जजका सामू प्रस्तुत गर्नु पर्छ । त्यसक्रममा जजहरुले प्रश्न पनि गर्न सक्छन् । ‘नेपाल तारा वा इण्डियन आइडलमा जस्तै । सात देदिया, आठ देदिया भन्छन् नि । अथवा नेपाली तारामा गाउनु त गायौं भाइ, तर, तालसुर मिलेन अर्को चोटि आउनु भन्छ नि । त्यस्तो परीक्षा जरुरी भो’ लोकसेवा अध्यक्षले सुनाए । अनलाईन खबरबाट

 

Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages