समसामयिक सामान्य ज्ञान सम्बन्धी प्रश्न उत्तरहरु

१. “कोन्ज्योसोम पदमार्ग कुन ठाउँमा निर्माण गरिएको छ ?
उत्तरः ललितपुर जिल्लाको सुदुर दक्षिण क्षेत्रमा
२. गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ कसलाई प्रदान गरियो ?
उत्तरः पुण्य पौडेल
३. भिजिट नेपाल २०२० को मस्कटमा के को प्रतिक चिन्ह राखिएको छ ?
उत्तरः हिममानव यति (कलाकार आङछिरिङ शर्पाले डिजाइन गरेका हुन् ।)
४. विश्व हाँसो दिवस कहिले मनाइन्छ ?
उत्तरः हरेक वर्ष मे महिनाको पहिलो आइतबार
५. Biochips कुन पुस्ताको स्वीचिङ डिभाइस हो ?
उत्तरः पाँचौं पुस्ता
६. काओलिन भनेको के हो ?
उत्तरः शुद्ध सेतो माटो
७. वंगालको खाडीबाट मे ३ मा भारतको उत्तरपूर्वी तटीय राज्य उडिसा प्रवेश गरेको समुन्द्री आँधीको नाम के राखिएको थियो ?
उत्तरः फानी
८. प्रदेश १ को स्थायी राजधानी विराटनगर कहिले तोकिएको हो ?
उत्तरः वि.सं. २०७६ बैशाख २३ गते
९. गडहरे गुफा कुन जिल्लामा पर्दछ ?
उत्तरः स्याङ्जा
१०. कपरकट्टी ताल कुन जिल्लामा पर्दछ ?
उत्तरः रुपन्देही
११.National ICT Award – 2019 कसलाई प्रदान गरियो ?
उत्तरः नेपाल प्रहरी
१२.नेपालमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधी दिवस कहिले मनाइन्छ ?
उत्तरः मे २ तारिख
१३.“गोलफुले गुफा (गोलफुले ओडार पनि भनिन्छ)कुन जिल्लाको कहाँ पर्दछ ?
उत्तरः गुल्मी रुरु गाउँपालिका-१, भट्कुवा गुल्मी (२०४६ सालमा पत्ता लागे पनि यसको लम्वाइ हाल सम्म पनि पत्ता लागेको छैन)
१४. जापानी राजतन्त्रको इतिहासमा राजगद्दी सम्हाल्ने १२६ औं राजा को हुन् ?
उत्तरः सम्राट नारुहितो (जापानको राजगद्दीलाई क्रिसेन्थिसमम थ्रोन भनिन्छ ।)
१५. श्रीलंकाले अनुहार छोपिने खालको सवै प्रकारको कपडा (वुर्का) लगाउन कहिले देखि प्रतिवन्ध लगायो ?
उत्तरः सन् २०१९ अप्रिल २९
१६.  नेपाल टेलिकमले कहिले देखि भारत र चीनमा रोमीङ सेवा सञ्चालन गर्‍यो ?
उत्तरः २०७६ वैशाख १६
१७.  शैक्षिक सत्र २०७६ का लागि वैशाख १ बाट सञ्चालन गरिएको विद्यार्थी भर्ना अभियानको आदर्श वाक्य के रहेको छ ?
उत्तरः हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्‍याऔं।
१८. भष्ट्राचारको आरोप लागे पछि पेरुका पूर्वराष्ट्रपति ऐलेन गार्सिया (ल्याटिन अमेरिकाको केनेडी भनेर चिनिन्छ) ले कहिले आत्महत्या गरे ?
उत्तरः सन् २०१९ अप्रिल १७
१९.फ्रान्सको पेरिस स्थित ८५० वर्ष पुरानो ऐतिहासिक नोट्रडाम क्याथेड्रल चर्चमा भीषण आगलागी कहिले भयो ?
उत्तरः २०१९ अप्रील १५
२०. विश्व खाद्य सुरक्षा दिवस २०१९ को नारा के थियो ?
उत्तरः खाद्य पदार्थमा स्वच्छता, हामी सवैको प्रतिवद्धता (२०१९ देखि जुन ७ तारिख विश्व खाद्य दिवस मनाउन थालिएको छ यसभन्दा पहिले अक्टोवर १६ मा मनाइन्थ्यो )                         
२१. कुन आर्थिक वर्षको बजेट देखि लोपोन्मुख जातीका लागि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिएको हो ?
उत्तरः आ.व. २०६६/६७ देखि
साभार- प्रशासन
Share:

1 comment:

  1. धरै धेरै धन्यवाद, साथै अझ ताजा अपडेटको लागि आशा राखे

    ReplyDelete

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages