Showing posts with label गोरखापत्र विषयगत. Show all posts
Showing posts with label गोरखापत्र विषयगत. Show all posts
अधिकार प्रत्यायोजन र अधिकार निक्षेपणमा भिन्नता
अधिकार प्रत्यायोजन र अधिकार निक्षेपण सङ्गठनका आधारभूत सिद्धान्त हुन् ।
यी विकेन्द्रीकरणका रुप पनि हुन् । यी बीच विविध भिन्नता छ । जसलाई
निम्नानुसार देखाउन सकिनछ ः
अधिकार प्रत्यायोजन
१. माथिल्लो निकाय वा पदाधिकारीले आफूमा भएको केही प्रशासनिक अधिकार तल्लो निकाय वा पदाधिकारीलाई हस्तान्तरण गर्ने कार्यलाई अधिकार प्रत्यायोजन भनिन्छ । यो प्रशासनिक निर्णय हो ।
२. माथिल्लो निकाय वा पदाधिकारी स्वयंको कार्यबोझ कम गर्नु, मातहतका कर्मचारीलाई जिम्मेवार बनाउनु तथा सेवा प्रवाहलाई छिटोछरितो बनाउनु यसके उद्देश्य हो ।
अधिकार प्रत्यायोजन
१. माथिल्लो निकाय वा पदाधिकारीले आफूमा भएको केही प्रशासनिक अधिकार तल्लो निकाय वा पदाधिकारीलाई हस्तान्तरण गर्ने कार्यलाई अधिकार प्रत्यायोजन भनिन्छ । यो प्रशासनिक निर्णय हो ।
२. माथिल्लो निकाय वा पदाधिकारी स्वयंको कार्यबोझ कम गर्नु, मातहतका कर्मचारीलाई जिम्मेवार बनाउनु तथा सेवा प्रवाहलाई छिटोछरितो बनाउनु यसके उद्देश्य हो ।
शक्ति पृथकीकरण
राज्य संयन्त्रको शक्ति प्रयोग गर्ने अङ्गहरु कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका अलग अलग रहने, यी अङ्गवीच शक्ति र अधिारको बाँडफाँड हुने, यी अङ्गले आ–आफ्नो शक्ति र अधिकार आ–आफ्नो सीमाभित्र रही स्वतन्त्रतापूर्वक प्रयोग सिद्धान्तलाई शक्ति पृथकीकरण भनिन्छ । यो शक्तिको विभाजन हो । यो लोकतान्त्रिक पद्दतिको आधारशिला हो । यसले निरङ्कुशता र स्वेच्छाचारिताको अन्त्य गरौं नागरिक स्वतन्त्रताको रक्षा गर्दछ । यो अवधारण सन् १७४८ मा फ्रान्सका दार्शनिक मन्टेस्क्यूले प्रतिपादन गरेका हुन ।
नेपालमा रोजगारीको आयमा हाल कति आयकर लाग्ने व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।
नेपालमा
रोजगारीको आयमा आर्थिक ऐन‚ २०७२ अनुसार लाग्ने व्यवस्था छ :
(१) एक्लो
व्यक्तिको हकमा : दुई लाख पचास हजारसम्मको करयोग्य आयमा एक प्रतिशत‚ दुईलाख पचास
हजारभन्दा बढी तीनलाख पचास हजारसम्मको करयोग्य आयमा पन्ध्र प्रतिशत‚ तीन लाख पचास
हजारभन्दा बढीको करयोग्य आयमा पच्चीस प्रतिशत‚ पच्चीस लाखभन्दा बढी करयोग्य आय
भएमा बढी भए जति करयोग्य आयको पच्चीस प्रतिशत बमोजिम लागेको करको दरमा थप चालीस
प्रतिशत अतिरिक्त कर‚
(२)
दम्पतीको हकमा : तीन लाखसम्मको करयोग्य आयमा एक प्रतिशत‚ तीन लाखभन्दा बढी चार
लाखसम्मको करयोग्य आयमा पन्ध्र प्रतिशत‚ चार लाखभन्दा बढीको करयोग्य आयमा पच्चीस
प्रतिशत‚ पच्चीस लाखभन्दा बढी करयोग्य आय भएका बढी भए जति करयोग्य आयको पच्चीस
प्रतिशत अतिरिकक्त कर‚
छुट प्रावधान :
(क) नेपाल सरकारले तोकेको दूर्गम क्षेत्रमा कार्यरत
व्यक्तिको दुर्गम भत्त बापत तोकिए बमोजिम बढीमा पचास हजारसम्म करयोग्य आयबाट घटाई
बाँकी रहने रकममा मात्र करको गणना गरिने व्यवस्था‚
(ख) नेपालका विदेशस्थित कूटनीतिक नियोगमा कार्यरत कर्मचारीको
वैदेशिक भत्ताको पचहत्तर प्रतिशत रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा करको
गणना गरिने व्यवस्था‚
(ग) अपाङ्ग भएको व्यक्तिका लागि दुई लाख पचास हजारको र
अपाङ्गता भएको दम्पतिका लागि तीन लाखको
पचास प्रतिशत थप रकम करयोग्य आयबाट घटाई बाँको रहने रकममा मात्र करको गणना
गरिने व्यवस्था‚
(घ) पारिश्रमिक आय मात्र आर्जन गर्ने महिलाले
तिर्नुपर्ने कर रकमा दश प्रतिशत छुट हुने व्यवस्था‚