प्रा. डा. भीमदेव भट्ट
संयुक्त राष्ट्र सङ्घले १५
देखि २४ वर्षका युवकयुवतीलाई युवा अवस्थामा वर्गीकृत गरेको छ । यो उमेर समूहमा
प्रवेश गरेका युवकयुवतीहरूले क्रमशः आफ्नो अध्ययन जारी राख्दै भावी गन्तव्यबारे
समेत योजना बुन्दछन् । युवा पुस्ता समाजको नयाँ आधार हो । यसले पुरानो पुस्तालाई
सहयोग पुर्याउँदै नयाँ पुुस्तालाई आफ्नो पदचिन्ह अनुसरण गर्न उत्प्रेरित गर्दछ । यस अर्थमा युवालाई भविष्यका कर्णधार भनी संज्ञा दिइएको हो । प्रत्येक राष्ट्रले यवा पुस्ताबाट थप आशा अपेक्षा राख्ने भएकाले उनीहरूलाई यसरी सम्बोधन गरिएको हो ।
नेपालमा पन्ध्र सोह्र
वर्षको उमेरमा विद्यार्थीहरू प्रवेशिका परीक्षा उत्तीर्ण गरी अर्को दुई वर्षसम्म
दश जोड दुईको शिक्षामा संलग्न रहन्छन् । तत्पश्चात् ती विद्यार्थीहरू उच्च शिक्षा अध्ययनका लागि विदेशिन लालायित हुन्छन् । यस कार्यका लागि
विदेशिने र पाएसम्म उतै रोजगारी पनि गर्दछन् ।देशभित्र राजनीतिक अस्थिरता र सीमित रोजगारी अवसरका कारण यो स्थिति सिर्जना भएको नकार्न मिल्दैन । देशभित्रै उच्च अध्ययन सञ्चालन गरी रोजगारी गर्नेले पनिसार्वजनिक सेवाभन्दा गैरसार्वजनिक सेवा, त्यसमा पनि वित्तीय संस्थान
र गैरसरकारी सङ्गठनमा काम गर्न रुचि राखेको पाइन्छ । सार्वजनिक
सेवाको तुलनामा उक्त क्षेत्रमा आकर्षक तलब भत्ता र अन्य सुविधा पाइने
भएकाले यस्तो अवस्था सिर्जना भएको बुझ्न सकिन्छ तर सबै शिक्षित युवाले रोजगारी प्राप्त गर्न सकिरहेका छैनन् ।देशमा शिक्षित बेरोजगारी बढ्दो छ
।
शिक्षित युवा समूहको यस्तो अवस्था छ भने गैरशिक्षित युवाको अवस्था झनै विकराल छ । देशभित्र विकास निर्माणका कार्य थोरै मात्र सञ्चालन गरिएका र उद्योगधन्दा पनि खुल्न नसकेका कारण
दैनिक सरदर एक हजार पाँच सयका दरले युवा कामको खोजीमा विदेशिन
बाध्य छन् । यसरी विदेशिएका जनशक्तिबाट राष्ट्रले वार्षिक करिब रु. चार
खर्ब विप्रेषणका रूपमा प्राप्त गरे पनि यो दीर्घकालीन समाधान होइन । अतः यसको विकल्पको खोजी
गर्नु सरकारको दायित्व हो ।
नेपाल सरकारले निजामती सेवामा प्रवेश गर्न सरल होस् भन्ने हेतुले राजपत्र अनंकित द्वितीय श्रेणीका लागि प्रवेशीका परिक्षा, राजपत्र अनंकित प्रथम श्रेणीका लागि
प्रवीणता प्रमाणपत्र र त्यसभन्दा माथि अधिकृत तहका लागि स्नातक तह उत्तीर्ण गर्नुपर्ने प्रावधान राखेको
छ । यस प्रावधान भए पनि धेरैले लोक सेवा आयोगबाट लिइने परीक्षा ज्यादै कठिन हने अनुमान लगाई उम्मेद्वारी दिनबाटै हच्किने गरेको देखिन्छ । यथार्थमा लोक सेवा आयोगले लिने परीक्षा कठिन छैन । यो परीक्षा
योग्यतामा आधारीत, निष्पक्ष र निर्मल भने अवश्य छ । केही समय यता लोक सेवा आयोगले परिमार्जन गरेको विभिन्न श्रेणीको पाठ्यक्रम तत्तत् तहको शिक्षण संस्थाको पाठ्यक्रमसित समन्वय राखी तयार गरिएकाले उम्मेदवार हरूलाई परीक्षा
उत्तीर्ण गर्न राहत मिलेको हुनुपर्दछ ।
निजामती सेवा नै किन ?
प्रत्येक राष्ट्रमा निजामती सेवाको विशिष्ट स्थान रहन्छ
। यस सेवालाई एकाधिकार प्राप्त हुन्छ । यसले गरेका निर्णय, पारित गरेका कानुन सबै नागरिमले पालना गर्नुपर्ने हुन्छ । पालना नगर्नेलाई दण्डित गरिन्छ । यसको अर्थ सरकारले जे पनि गर्न सक्छ भन्ने पक्कै होइन । व्यवस्थापिकाले पारित गरेको कानुन अनुसरण गर्ने जिम्मेवारी सरकारमा निहित हुन्छ । यसरी निजामती सेवाको स्थान अहम् हन्छ । यस सेवामा प्रवेश गरेका तल्लो श्रेणीका कर्मचारीलाई पनि वृत्ति विकासले शृङ्खला पार गर्दै उच्च श्रेणीमा पुग्ने अवसर रहन्छ । तोकिएको समयावधिसम्म काम गर्नुपर्ने, तलब भत्ताको सुविधा र नियमपूर्वक कार्य गर्दा जागिरको स्थायित्व रहने आदि विशेषताका कारण यस सेवामा जनसाधारणको आकर्षण बढेको हो । अड्डातन्त्रको बारेमा ठोस धारणा तय गर्ने विद्वान् म्याक्स वेवर हुन् । उनले प्रतिपादन गरेको यस सिद्धान्तको अनुसरण सन् १९४७ पछि विश्वव्यापी हुँदै गएको हो ।
निजामती सेवामा प्रवेश गर्न कम रुचि राख्नुका कारणमध्ये मुख्य लोकसेवा आयोगले लिने परीक्षा पास गर्न सकिन्न भन्ने भ्रम धेरैमा विद्यमान रहनु हो । यथार्थमा त्यसो होइन । वर्तमान समयमा परीक्षा सफल गर्न टेवा पुगोस भन्न हेतुले विभिन्न संस्थाले तयारीकक्षाहरु सञ्चालन गरेका छन् ।
पाठ्यक्रम अनुसारका विभिन्न पुस्तक पाठ्यसामाग्री तयार गरिएका छन् । यसका साथै राष्ट्रिय
दैनिक गोरखापत्रले समेत नियमित रूपमा प्रत्येक बुधबार ‘लोकसेवा सहयोगी’ शीर्षकमा विभिन्न सामगी प्रकाशित गर्दै आईरहेको
छ । त्यस्तै फेसबुक, ट्विटर तथा गुगलपल्स जस्ता
सामाजीक सञ्जालमा पनि लोकसेवा परीक्षा सँग सम्बन्धीत सामाग्री सहजरुपमा पाउन
सकिन्छ । यस्ता सामाग्रीको निरन्तर अध्ययनबाट
परीक्षामा सफल हुन सम्बन्धित सबैलाई टेवा पुगेको अनुमान लगाउन सकिन्छ ।
दोस्रो कारण निजामती सेवामा उपलब्ध गराइने तलब न्यून छ भन्ने आरोप सुन्न पाइन्छ । यथार्थमा यो सत्य भए पनि यसैका कारण सेवा प्रवेश नै नगर्ने भन्ने
निर्णय लिनु व्यावहारिक होइन । कर्मचारीको न्यनतम र अधिकतम तलब स्केल बोध नगरी र विगतकै तलबको सम्झनामा यसबारे चर्चा परिचर्चा
गर्ने चलन हाम्रो समाजमा छ । स्मरण रहोस् आ.व. २०७१।७२ को बजेट
भाषणमा उद्घोष गरेअनुरूप भत्ता, महँगी भत्ता आदिलाई समावेश नगर्दा पनि तल्लो तहमा कार्यालय सहयोगी प्रथम स्तरको मासिक तलब रु. १२ हजार ९८०।–, रा.प. अनङ्कित द्वितीय र प्रथमको क्रमशः १८ हजार ३७०।– र २० हजार ५३७।– एवं राजपत्राङ्कित तृतीय र विशिष्ट श्रेणीको क्रमशः २४ हजार ३९८।– र ४१ हजार १२९।– कायम गरिएको छ । वर्तमान समयमा सेवा
प्रवेश गर्ने कर्मचारीले उपरोक्त बमोजिम
तलब प्राप्त गरे तापनि आजको पाँच वर्षपछि यसमा ठूलो परिवर्तन आउने अपेक्षा राख्न सकिन्छ । त्यो गर्ने जिम्मेवारी पनि नयाँ पुस्ताकै हो ।
तेस्रो कारण वृत्ति विकाससित सम्बन्धित छ । निजामती सेवामा लामो समयसम्म एउटै श्रेणीमा
काम गर्नुपर्दछ । वृत्ति विकासको सम्भावना छैन, राजनीतिक प्रभाव अत्यधिक छ आदि आरोप लाग्ने गरेको पाइन्छ । यसको पनि विकल्प छ । बदलिँदो राजनीतिक परिवेशमा अब प्रशासन सञ्चालनका क्रममा राजनीतिक हस्तक्षेप सधै हाबी रहनेछ
भनी कल्पना गर्न मिल्दैन । समयको परिवर्तनसँगै यसमा सुधार आउनैपर्छ र आउनेछ । यसका साथै वृत्ति विकासको उच्च तहमा पुग्ने सम्बन्धमा त्यो व्यक्ति विशेषको कार्यकुशलता, इमानदारी, लगन र लोकप्रियतामा भर पर्ने कुरो हो । निजामती सेवाको पदसोपान शुण्डाकार हुने भएकोले
तल्लो तहमा भर्ना गरिएका सबै कर्मचारि माथिल्लो तहमा पुग्छन् नै भनी भन्न सकिन्न । सम्पूर्ण विद्यार्थी सङ्ख्यामध्ये जसरी एक जना सर्वश्रेष्ठ घोषित गरिन्छ सोही अनुरूप निजामती सेवामा पनि एक व्यक्ति मुख्य सचिवको तहसम्म पुग्न सक्दछ । त्यसैगरी मेरिट र प्रथम श्रेणीमा धेरै विद्यार्थी पास भएजस्तै सचिव र सह–सचिव पदमा धेरै कर्मचारी पुग्न सक्छन् । यसका लागि कर्मचारीले आफ्नो कार्यसम्पादन विशिष्ट तुल्याउनु जरुरी हुन्छ ।
निजामती सेवाको चौथो महत्वपूर्ण पक्ष जनसम्पर्क र देशदर्शन पनि हो । सेवाका क्रममा विभिन्न जिल्लामा सरुवा भई जाँदा त्यहाँका बासिन्दालाई उत्कृष्ट सेवा पुर्याउनु, जिल्लाको वस्तुस्थिती बुझ्नु, त्यहाँको रितिरिवाज र चालचलन बुझ्नु पनि उत्तिकै महत्वपूर्ण
अवसर हो । हिमालदेखि तराई र पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लामा पुगी काम गर्दा भिन्न अनुभव बटुल्न पाइन्छ । आँफै सरहका
अन्य कर्मचारीभन्दा आफुले स्तरीय र निष्पक्ष सेवा प्रदान गरेमा जनताले दिने
सम्मान, ममता र साखले आफूलाइ थप पुलकित गराउदछ
। यसरी सिङ्गो राष्ट्रलाई खुला पुस्तकका रूपमा अनुभुति
गर्न पाइन्छ । यो अवसर केन्द्र कुनै एक तोकिएका कार्यालयमा सेवा गर्ने कर्मचारीले प्राप्त गर्न सक्दैन ।
पाँचौ पक्ष, सेवा निवृत्त भएपछि पनि सरकारले आफ्ना कर्मचारीलाई जीवनभर निवृत्तभरण प्रदान गर्दछ । यो जीवन सञ्चालनको महत्वपूर्ण आधार हो । आफ्नो शेषपछि पनि परिवारलाई आधा पेन्सन दिने व्यवस्था निजामती सेवा ऐनले नै निर्देश गरेको छ । अतः तलब भत्ताबापत केही थप सुविधा गैरसरकारी संस्थाले उपलब्ध गराए तापनि निजामती सेवाले प्रदान गर्ने यस्ता सुविधाको असर दीर्घकालीन हन्छ ।
उपरोक्त विषयका साथै निजामती सेवामा सेवारत कर्मचारीले अन्य थुप्रै सुविधा प्राप्त गर्न सक्दछन् । राम्रो काम गर्ने कर्मचारीका
लागि निजामती सेवा पुरस्कारको व्यवस्था छ भने आफ्नो सन्ततिको पठनपाठनको लागि छात्रवृत्तिको अवसर छ । यस