कर्मचारी सञ्चय कोषको ऐतिहासिक पृष्ठभूमिसहित यसले लिएको दूरदृष्टि‚ दिर्घकालीन लक्ष्य‚ उद्देश्य तथा कार्यहरु


ऐतिहासिक पृष्ठभुमि

  • सैनिकहरुलाई सेवा निवृत्त जीवनमा आर्थिक सहत पुर्‍याउने उद्देश्यले वि.सं. १९९१ मा सैनिक द्रब्य कोष स्थापना‚
  • पछि क्रमशः वि.सं. २००१ मा निजामति प्रोभिडेन्ट फन्ड र वि.सं. २०१२ मा प्रहरी फन्ड को व्यस्था‚
  •  सञ्चय कोषसम्बन्धी भएका व्यस्थालाई एकीकृत गरी वि.सं. २०१७ सालमा अर्थमन्त्रालअन्तर्गत रहने गरी कर्मचारी सञ्चय कोष विभागको स्थापना‚
  • सञ्चय कोष व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने उद्देश्यले वि.सं. २०१९ भदौ ३१ गते निजामती कर्मचारी‚ नेपाली सेना र नेपाल प्रहरी समेतका लागि कर्मचारी सञ्चय कोष ऐन‚ २०१९ जारी गरी एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित सङ्गठित संस्थाका रुपमा कर्मचारी सञ्चय कोषको स्थापना ।

दूरदृष्टि

   राष्ट्रिय सामाजिक सुरक्षण प्रदायको अग्रणी भूमिकाद्वारा कोषलाई अन्तर राष्ट्रिय सामाजिक सुरक्षण संस्थाको रुपमा स्थापित गर्ने‚

दिर्घकालीन लक्ष्य
  • प्रभावकारी स्रोत परिचालन‚ दिगो एवं आकर्षक सुविधा‚ गुगस्तरीय सेवा तथा सम्भाव्य सामाजिक सुरक्षण कार्यक्रमको विस्तारको माध्यमद्वारा सङ्गठित क्षेत्रका सबै रोजगारसम्म कोषको दायरा विस्तार गरी कोषलाई नेपालको सुप्रतिष्ठत सामाजिक सुरक्षण संस्थाको रुपमा स्थापित गर्ने‚
  • नवीन व्यवस्थापन पद्धति‚ गुणात्मक सञ्जालको विकास र विस्तार‚ उद्यमशील र प्रतिस्पर्धी कार्यपद्धति‚ व्यापक सहकार्य र साझेदारीका आधारमा कोषलाई एक सक्षम अन्तर्राष्ट्रिय सामाजिक सुरक्षण संस्थाका रुपमा परिचित तुल्याउने‚
  •  सञ्चय कोष र सामाजिक सुरक्षण सुविधाहरुको सुव्यवस्थापनद्वार सञ्चयकर्तालाई सामाजिक सुरक्षणको प्रत्याभूति दिई कोषलाई सन्तुष्ट सञ्चयकर्ताको ठूलो परिवार बनाउने‚
  • कोषमा उपलब्ध दीर्घकालीन बचतलाई देशको पूर्वाधार विकासको क्षेत्रमा उपयोग गरी आर्थिक विकासमा योगदान गर्ने‚

उद्देश्य

कर्मचारी सञ्चय कोष ऐन‚ २०१९ अनुनसार नेपाल सरकार एवं सङ्गठित संस्थाका कर्मचारीहरु र अन्य कर्मचारीहरुको निमित्त सञ्चय कोष व्यवस्थापन गर्नु‚

कार्यहरु

उपरोक्त उद्देश्य प्राप्ति गर्न कर्मचारी सञ्चय कोषले निम्न कार्यहरु गर्दछ :
  • सञ्चयकर्ताको नामा कट्टी भएको रकमको सङ्कलन गर्ने‚
  • उपलब्ध स्रोतलाई सुरक्षित तथा प्रतिफलयुक्त क्षेत्रमा परिचालन गर्ने‚
  • स्रोतको परिचालनबाट प्राप्त प्रतिफलको समानुपातिक वितरण गर्ने‚
  • समाजिक सुरक्षा सुविधाहरुको सञ्चालन तथा व्यवस्थापन गर्ने‚
  • सेवाकालीन सामाजिक आवश्यकताका लागि विभिन्न प्रकारका सापटी सुविधा सञ्चालन तथा व्यवस्थापन गर्ने‚
  • प्रत्येक आर्थिक वर्षको कारोवारहरुको वार्षिक प्रतिवेदन तयार गरी नेपाल सरकार समक्ष प्रस्तुत गर्ने‚


Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages