१.२.३ हावापानीको आधारमा नेपालको विभाजन
नेपालको हावापानीलाई भौगोलिक बनावट र उचाइको आधारमा पाँच प्रकारका हावापानीमा विभाजन गर्न
सकिन्छ ।
(क) उष्ण मनसुनी हावापानी (Sub Tropical Monsoon Climate)
अर्धउष्ण र उपोष्ण हावापानी भनिने यस्तो हावापानी नेपालको तराई, भाँवर, दून र चुरे क्षेत्रको
१,२०० मिटर (४,००० फिट) सम्मको उचाइमा पाइन्छ । गृष्मयाममा यहाँको तापमान ३८ देखि ४२
डिग्री सेन्टिग्रेडसम्म पुग्दछ भने शीतकालमा १५ देखि ५ डिग्रीसम्म ओर्लिन्छ । वर्षा ऋतुमा
हिन्द महासागरको बंगालको खाडीबाट आउने मनसुनी हावाले वर्षा गराउने गर्दछ । वर्षा सामान्यता
पूर्वबाट पश्चिम घट्दै जाने र उत्तरबाट दक्षिण बढ्दै जाने भएबाट पूर्वी तराईभन्दा पश्चिमी तराई प्रदेशमा अधिक गर्मी
हुन्छ । विषेशत भैरहवा, नेपालगञ्ज तथा
कैलालीलगायतका तराई क्षेत्रमा अधिक गर्मी हुन्छ । यसैगरी दाङ्ग, सुर्खेतजस्ता भित्री मधेशमा पनि गर्मी धेरै नै हुन्छ ।
(ख) न्यानो समशीतोष्ण हावापानी (Warm Temperate Climate)
चुरे पहाड र महाभारत पर्वतको १,२०० देखि २,१०० मिटर (४,०००–७,००० फिट) सम्मको उचाइमा पाइने यस प्रकारको
हावापानीमा ग्रीष्म याममा न्यानो हुन्छ भने शिशिरमा बढी ठण्डा हुन्छ । गृष्म ऋतुमा तापक्रम
२४ देखि ३० डिग्री सेन्टिग्रेडसम्म पुग्छ भने हिउदँमा ० डिग्री से. सम्म ओर्लिन्छ । नेपालमा पानी
पार्ने मनसुनी हावा
दक्षिणी भागबाट बग्ने हुदाँ दक्षिणको भिरालो ठाँउमा २५० सेन्टिमिटरसम्म वर्षा हुन्छ भने उत्तरतर्फको
भिरालो पाखामा १०० सेन्टिमिटरसम्म वर्षा हुन्छ ।
(ग) ठण्डा समशीतोष्ण हावापानी (Cool Temperate Climate)
महाभारत पर्वत शृङ्खलाको २,१०० देखि ३,३५० मिटर (७,०००–११,००० फिट) सम्मको उचाइमा पाइने यस्तो हावापानीमा ग्रीष्म
ऋतुमा न्यानो हुन्छ भने हिउँदमा निकै जाडो हुन्छ । यहाँको तापक्रम गृष्ममा १५० देखि
२०० सेन्टिग्रेडसम्म पुग्दछ भने हिउँदमा ०० सेन्टिग्रेडसम्म ओर्लिन्छ । यहाँ वर्षमा १०
सेन्टिमिटरसम्म पानी पर्दछ भने हिउँदमा हिँउ वर्षिन्छ । न्यून तापक्रम र न्यून वर्षाको कारणले यहाँ खेतीपाती अत्यन्तै
कम हुन्छ । यहाँको जनजीवन कष्टकर भएपनि स्वास्थ्यको दृष्टिले यस्तो हावापानी उपयुक्त मानिन्छ ।
(घ) लेकाली हावापानी (Alpine Climate)
नेपालमा समुन्द्रसतहदेखि ३,३५० देखि ५,००० मिटर (११,०००–१६,००० फिट) उचाइसम्मको हिमाली क्षेत्रको ठण्डा हावापानीलाई
लेकाली हावापानी भनिन्छ । यहाँको तापक्रम चैत, वैशाख, जेठमा १००
सेन्टिग्रेडसम्म पुग्दछ भने अरू समयमा (९ महिनाजति) ० डिग्री सेन्टिग्रेडभन्दा तल नै रहन्छ । यहाँ वर्षामा ३० मिलिमिटरसम्म वर्षा हुन्छ
। यहाँ खेतिपाती हुदैन तर यहाँका ठूला हिमाली फाँटहरूमा पशुचरन गराइने हुँदा यो ठाउँ पशुपालन
र पर्यटकीय गतिविधि सञ्चालनका लागि उपयुक्त छ ।
(ङ) ध्रुवीय वा हिमाली हावापानी (Tundra Climate)
हिमाली क्षेत्रको अत्यन्तै चिसो र शुष्क हावापानीलाई हिमाली, ध्रुवीय वा टुण्ड्रा हावापानी भनिन्छ । यहाँ सँधैजसो हिमपात भइरहन्छ
भने वर्षाका रूपमा हिउँ नै पर्दछ । ५,००० हजार
मि.(१६०००फिट) भन्दा माथिको भू–भागको तापक्रम
शून्य डिग्री
सेन्टिग्रेडभन्दा कम हुनेहुदाँ यहाँ मध्यान्हपछि हिउँको भीषण हुरी चल्दछ । यहाँको हावापानीलाई
हिमाली मरूभूमि जलवायु पनि भन्ने गरिन्छ ।
Very very nice jod
ReplyDelete