१.३.३ खनिज
खनिज सम्पदा प्राकृतिक
स्रोतमध्ये एउटा महत्वपूर्ण स्रोत हो । पृथ्वीभित्र रहेका तामा, कोइला, चुनढुङ्गा, पेट्रोलियम
पदार्थ, ग्याँस, खरी, गेरू, शिशा, म्याग्नेसाइट, स्लेट आदिलाई खनिज भनिन्छ । नेपाल प्राकृतिक
स्रोत र साधनले सम्पन्न मुलुक हो । आर्थिक वर्ष २०६५/२०६६ मा यस
क्षेत्रको कूल ग्राहस्थ उत्पादनमा ०.५४ प्रतिशत योगदान
रहेको छ । नेपालमा खनिजको उत्खननका लागि गरिएको प्रयासको इतिहास
त्यति लामो छैन । खनिज पदार्थको उत्खननलाई अझ प्रभावकारी बनाउनका लागि
वि.स. २०२४ मा भौगर्भिक विभागको स्थापना गरियो । यद्यपि, देशको भूगर्भमा
रहेका खनिज पदार्थलाई उपयोग गर्न सकिएको छैन ।
नेपालमा खनिज
साधनका सम्भाव्य क्षेत्र
क्र.सं.
|
खनिज
|
उपलब्ध खनिज पाइने स्थानहरू
|
१
|
फलाम
|
फूलचोकी, ठोसे, चितवन, कूलेखानी, भैँसे, प्युठान, बझाङ, डोटी, जन्तर, लब्धी, फर्पिङ
|
२
|
तामा
|
तामाखानी, सीमाखानी, कूलेखानी, बुद्धखोला, वाप्सा, बाह्रबिसे, मार्फा, बन्दीपुर, ओखलढुङ्गा, इलामडाँडा, म्याग्दी ।
|
३
|
अभ्रक
|
भोजपुर, डोटी, चैनपुर, सिन्धुलीगढी, ज्यामिरे, निबुवा गाँउ, रसुवा, बझाङ, लमजुङ, गोसाईकुण्ड, सुन्दरीजल
|
४
|
चुनढुङ्गा
|
चोभार, भैंसे, धनकुटा, मोरङ, चितवन, मकवानपुर, पाल्पा, गोदावरी, सुर्खेत
|
५
|
सीसा
|
गणेशहिमाल, फूलचोकी, मकवानपुर, बाग्लुङ, मार्फु, गल्कोट, तिप्लीङ, वैतडी
|
६
|
जस्ता
|
गणेशहिमाल, फुलचोकी, माजेर खोला, नाम्पा
|
७
|
गन्धक
|
चिसापानी गढी, गोसाइकुण्ड, बराहक्षेत्र
|
८
|
खरी
|
सिन्धुपाल्चोक,
खोटाङ, भोजपुर
|
९
|
स्लेट
|
बन्दीपुर, बाग्मती, लुम्बिनी, गण्डकी, जनकपुर
|
१०
|
मार्वल
|
गोदावारी, महाभारत पर्वत शृङ्खला
|
११
|
गेरू
|
सिन्धुपाल्चोक,
चौतारा
|
१२
|
कोइला
|
दाङ, सल्यान, चौतारा, चितवन, मकवानपुर, काठमाडौं उपत्यका
|
१३
|
पेट्रोलियम
|
कोइलाबास, नेपालगञ्ज, धनगढी, मुक्तिनाथ, दैलेख, प्युठान, दाङ र तराई, चुरे पहाड, महाभारतको विस्तृत क्षेत्रफलमा पाइने सम्भावना निकै रहेको ।
|
१४
|
ग्याँस
|
तराईको विस्तृत भू– भाग, मुस्ताङ्ग क्षेत्र र
काठमाडौं उपत्यका
|
१५
|
सुन
|
सुनकोशी, बुढीगण्डकी, रिउ खोला, कालीगण्डकीको बगर, बेरिङ, कोशी नदीमा
प्लेसर सुन पाइएको छ ।
|
१६
|
चाँदी
|
चिसापानी गढी, बाग्लुङ, फुलचोकी
|
१७
|
कोवाल्ट
|
पाल्पा, गुल्मी, अर्घाखाची, धनकुटा
|
१८
|
सोडा
|
सल्यान, डोटी
|
१९
|
सिधेनून,
वीरेनून
|
रसुवा, स्याप्रुवेसी
|
२०
|
निओवेरस
(दुर्लभ धातु)
|
गोरखा, डडेल्धुरा, जाजरकोट
|
२१
|
निकेल
|
खोकलिङ, नाम्पा, टुङथाङ, भोर्ले
|
२२
|
म्याग्नेसाइट
|
दोलखाको खरिढुङ्गा, उदयपुरको
कम्युघाट, मुस्ताङको नूनखानी
|
यो ईलाम डाडा भनेको कहाँ पर्छ? मलाई लाग्छ यो ईलाम डाडा हैन इलाल डाडा हो .
ReplyDeleteTq very much
ReplyDelete