१.४ नेपालको जनसङ्ख्या
नेपालमा विक्रम सम्वत्
१९६८ (सन् १९११) देखि जनगणना गर्ने कार्य सुरू भएको हो । त्यसपछि लगभग प्रत्येक १०/१० वर्षको अन्तरमा जनगणना कार्यक्रम सञ्चालन हुँदै आएको छ । वि.सं. १९९८ सम्म सञ्चालन भएका
जनगणना सामान्य व्यक्ति गणना (Head Count) का रूपमा मात्र सीमित थियो भने वि.सं. २००९/११ (सन् १९५२/५४) देखि सञ्चालन भएका जनगणनाहरू अन्तर्राष्ट्रिय रूपमा तुलनायोग्य आधुनिक (वैज्ञानिक) जनगणना मानिन्छन् । यस
क्रममा वि.सं. २०६८ को राष्ट्रिय जनगणना नेपालको
एघारौं र जनगणनाको इतिहासमा १०० वर्षको
जनगणना हो । असार ८ गतेलाई जनगणना दिवस (Census
Day) मानिएको छ ।
राष्ट्रिय जनगणना २०६८
अनुसार नेपालको जनसङ्ख्या २,६४,९४,५०४ रहेको छ ।, जसमध्ये पुरूष
४८.५० प्रतिशत (१,२८,४९,०४१) र महिला
५१.५ प्रतिशत १,३६,४५,४६३) रहेका छन् । यस अनुसार लैंगिक अनुपात (Sex Ratio) ९४.१६ रहेको छ ।
जनसङ्याको वार्षिक वृद्धिदर पनि घट्दै गएको छ । २०५८ सालको जनगणनाले जनसङ्ख्याको वृद्धिदर २.२५ प्रतिशत देखाएको थियो
भने २०६८ को जनगणनाले
जनसङ्ख्या वृद्धिदर १.३५ प्रतिशत मात्र रहेको तथ्य प्रकाशमा ल्याएको छ ।
२०६८ सालको जनगणना अनुसार
हिमाली क्षेत्रको जनसङ्ख्या १७,८१,७९२ (६.७३ प्रतिशत) छ
भने पहाडी क्षेत्रको १,१३,९४,००७ (४३ प्रतिशत)
र तराइको जनसङ्ख्या १,३३,१८,७०५ (५०.२७ प्रतिशत) रहेको छ । त्यसैगरी विकास क्षेत्र अनुसार पूर्वाञ्चलमा ५८,११,५५५ (२१.९३
प्रतिशत), मध्यमाञ्चलमा ९६,५६,९८५ (३६.४५ प्रतिशत), पश्चिमाञ्चलमा ४९,२६,७६५ (१८.६० प्रतिशत), मध्यपश्चिमाञ्चलमा
३५,४६,६८२ (१३.३९
प्रतिशत) रसुदूरपश्चिमाञ्चलमा २५,५२,५१७ (९.६३ प्रतिशत) जनसङ्ख्या रहेको तथ्य उक्त जनगणनाले देखाएको छ ।
जिल्लागत जनसङ्ख्या
वितरणको लेखाजोखा गर्दा सबैभन्दा बढी काठमाडौँ जिल्लामा (१७,४४,२४०) रहेको छ भने त्यसपछि दोस्रो र तेस्रो स्थान क्रमशः
मोरङ ( ९,६५,३७०) र रूपन्देही (८,८०,१९६) ले ओगटेका छन् । अर्कोतर्फ, सबैभन्दा कम जनसङ्ख्या हुने ३ जिल्लाहरूमा क्रमशः मनाङ (६,५३८), मुस्ताङ (१३,४५२) र डोल्पा जिल्ला
(३६,७००) पर्दछन् । नेपालमा सहरीकरणको प्रक्रिया बढ्दै गएको पाइन्छ । कूल
जनसङ्ख्यामध्ये ४५,२३,८२० (१७ प्रतिशत)
जनसङ्ख्या ५८ वटा नगरपालिकाहरूमा बसोबास गर्दै आएका छन् ।
काठमाडौँ महानगरपालिकाको जनसङ्ख्या १०,०३,२८५ छ । यस्तै
जनसङ्ख्याको दृष्टिकोणले पोखरा उपमहानगरपालिका (२,६४,९९१) र\ ललितपुर
उपमहानगरपालिका (२,२६,७२८) क्रमशः दोस्रो र तेस्रो ठूला सहरका रुपमा रहेका छन् ।
नेपालको साक्षरताको
स्थितिमा पनि निकै प्रगति भएको पाइन्छ । २०६८ सालको जनगणनाअनुसार साक्षरता दर (५ वर्ष र सोभन्दामाथिको
जनसङ्ख्या) ६५.९ प्रतिशत छ । १०
वर्ष अगाडि साक्षरता दर ५४ प्रतिशत मात्रै थियो । यस्तै पुरुष साक्षरता दर ७५.१ प्रतिशत र महिला साक्षरता दर ५७ .४
प्रतिशत पुगेको छ । यसैगरी, साक्षरता दर पूर्वाञ्चलमा ६६.१२ प्रतिशत, मध्यमाञ्चलमा ६३.९२ प्रतिशत, पश्चिमाञ्चलमा
७०.९८ प्रतिशत, मध्यपश्चिमाञ्चलमा ६४.२१ प्रतिशत र सुदूरपश्चिमाञ्चलमा ६३.४८ प्रतिशत रहेको छ । जिल्लागत
आधारमा काठमाडौँ जिल्ला ८६.३
प्रतिशत साक्षरता दरसहित पहिलो स्थानमा रहेको छ भने हुम्ला जिल्ला (४७.८ प्रतिशत) अन्तिम स्थानमा पर्न गएको छ ।
No comments:
Post a Comment