३.१ आधुनिक
नेपालको राजनीतिक विकासक्रम
आधुनिक नेपालको राजनीतिक
इतिहासको प्रारम्भ राणा शासनविरूद्धको आन्दोलनबाट सुरू हुन्छ ।
वि.सं. २००७ साल असोज ७ र ८ गते भारतको वैरगनीयामा भएको
नेपाली काँग्रेसको सम्मेलनले नेपालमा राणाशासनको अन्त्य र प्रजातन्त्रको
स्थापनाको लागि सशस्त्र संघर्ष गर्ने निर्णय गरेअनुरूप २००७ साल कार्तिक २५
गतेदेखि मातृकाप्रसाद कोइरालाको नेतृत्वमा नेपाली काँग्रेसले सशस्त्र सङ्घर्ष सुरू गर्यो । २००७ साल फागुन
४ गते राजा त्रिभुवन सपरिवार नेपाल फर्केपछि ७ गते शाही घोषणाद्वारा प्रजातन्त्र स्थापना गरियो
।
३.१.१ २००७ देखि
२०१७ सालसम्मको घटनाक्रम
२००७ सालको घोषणा र
संयुक्त मन्त्रिमण्डलको गठन : दिल्ली
सम्झौतापछि २००७ साल फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य भई प्रजातन्त्र
स्थापना भएको ऐतिहासिक घोषणा गरियो । उक्त घोषणामा निम्न बुँदाहरू थिएः
क. जन निर्वाचित वैधानिक
सभाले गणतन्त्रात्मक विधान तर्जुमा गर्नेछ ।
ख. नयाँ विधान तर्जुमा
नहुन्जेलसम्म प्रशासन सञ्चालन गर्न अन्तरिम मन्त्रिमण्डल गठन
गर्ने जसमा राणातर्फको ५ र नेपाली कांग्रेसको तर्फबाट ५ जना सदस्य
नियुक्त हुनेछन् ।
ग. २००७ साल चैत्र २०
गतेभित्र सबै राजनैतिक बन्दीहरूलाई आम माफी हुनेछ र त्यस्ता
राजनीतिक बन्दीहरूले आफ्नो खोसिएको सम्पत्ति फिर्ता पाउनेछन् ।
राणा र काँग्रेस सम्मिलित
यो संयुक्त सरकार नौ महिनाभन्दा बढी टिक्न सकेन र २००८ साल मंसिर
२१ गते विघटन भयो ।
काँग्रेसको एकमना
मन्त्रिमण्डल
२००८ साल मङ्सिर १ गते
मातृकाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वमा नेपाली काँग्रेसको एकमना
मन्त्रिमण्डल गठन गरियो । यस अवधिमा सर्वोच्च न्यायालय, पब्लिक सर्भिस
कमिशन, आय व्यय निरीक्षण प्रधान अड्डाको स्थापना भयो । २००९ साल जेठमा
सम्पन्न नेपाली कांग्रेसको अधिवेशनमा वि.पी.कोइरालाको ठाउँमा
मातृकाप्रसाद कोइराला काँग्रेस अध्यक्ष छानिए । सरकार आन्तरिक विवादमा फँस्दै गएपछि
२००९ साल श्रावण २६ गते यो सरकार पनि विघटन भयो । २००९ साल श्रावण ३०
गते राजा त्रिभुवनबाट आफ्नै मध्यस्थतामा ६ सदस्यीय शाही परामर्शदात्री
सरकार गठन भयो । २०१० साल असार १ गतेसम्म यो सरकार अस्तित्वमा रह्यो
। यसपछि वि.स. २०१० असार २ गते राष्ट्रिय प्रजापार्टीका अध्यक्ष
मातृकाप्रसाद कोइरालालाई पुनः प्रधानमन्त्री बनाइयो । २०१० फागुनमा मन्त्रिमण्डलमा
हेरफेर गरी टंकप्रसाद आचार्य र डिल्लीरमण रेग्मीलाईसमेत सोही सरकारमा थप गरियो
।
बहुदलीय संयुक्त
मन्त्रिमण्डल
नेपाली राष्ट्रिय
काँग्रेस, प्रजापरिषद् र जनकाँग्रेस गरी तीनवटा साना पार्टीको सहभागितामा पुनः
मातृकाप्रसाद कोइरालाकै प्रधानमन्त्रीत्वमा वि.स. २०१० फागुनमा अर्को
सरकार गठन भयो । यसमा टंकप्रसाद आचार्य र डिल्लीरमण रेग्मी थपिए ।
राजा त्रिभुवनले मातृकाको मन्त्रिमण्डल वि.स. २०११ मा विघटन गरी राज्य
व्यवस्थाको अभिभारा स्वयंमा लिई सोझै सञ्चालन गर्न थाले । राजा त्रिभुवनको
मृत्युपछि राजा महेन्द्रको राज्यरोहण वि.स. २०११ चैत्र १ गते भएको थियो । वि.सं.
२०१३ मा महेन्द्रको राज्यभिषेक भयो ।
शाही सल्लाहकार
सरकार
वि.सं. २०१२ साल वैशाख १
गते राजा महेन्द्रले गुन्जमानसिंहको अध्यक्षतामा शाही सल्लाहकार
समिति गठन गरी शासन सञ्चालन गर्न थाले । यो सल्लाहकार समितिमा ५ जना
सदस्य थिए ।
प्रजापरिषद्को
मन्त्रिमण्डल
विक्रम संवत् २०१२ साल
माघ १३ गते राजा महेन्द्रबाट प्रजापरिषद्का नेता टंकप्रसाद
आचार्यको प्रधानमन्त्रीत्वमा ३ जना स्वतन्त्र सदस्यसमेत समावेश भएको सात–सदस्यीय
मन्त्रिमण्डलको घोषणा भयो । यो सरकारले २०१३ असोज ५ गतेका दिन
चीनसँग शान्ति तथा मैत्री सन्धि ग¥यो । यो सरकार २०१४ असारसम्म
टिक्यो ।
डा.के. आई.
सिंहको सरकार
२०१४ साल श्रावण ११ का
दिन संयुक्त प्रजातान्त्रिक पार्टीको अध्यक्ष डा. के. आई. सिंहको नेतृत्वमा
एघार सदस्यीय मन्त्रिमण्डल गठन भयो । जम्मा ११० दिन टिकेको यो सरकार
राजा महेन्द्रको शाही घोषणा मार्फत् २०१४ कार्तिक २९ का दिन भङ्ग गरियो ।
राजा महेन्द्रको
प्रत्यक्ष शासन
मिति २०१४ कार्तिक २९
गतेदेखि श्री ५ महेन्द्रबाट प्रत्यक्ष शासन सुरू भयो । २०१५ साल
फागुन ७ गते आम चुनाव गर्ने घोषणा भयो । मिति २०१५ जेठ २ गते
सुवर्णशमशेरको अध्यक्षतामा अन्तरिम मन्त्रिपरिषद्को गठन गरी आमचुनाव
गराइयो । सरकारले २०१५ फागुन १ देखि आम चुनाव सुरू गर्यो ।
२०१५ सालको
महानिर्वाचन र त्यसको परिणाम
प्रतिनिधि सभाको चुनावको
लागि मुलुकलाई १०९ निर्वाचन क्षेत्रमा विभाजन गरिएको थियो ।
महानिर्वाचन एक–सदस्यीय निर्वाचन क्षेत्रमा आधारित थियो । २१ वर्ष उमेर
पुगेका प्रत्येक बालिग नेपाली मतदाता थिए । राष्ट्रिय दलको रूपमा मान्यता
प्राप्त गर्न कमसेकम २२ सिटका लागि उम्मेदवार खडा गराउनु आवश्यक थियो । यस
मापदण्डअनुसार नेपाली काँग्रेस, संयुक्त प्रजातान्त्रिक पार्टी, गोरखा परिषद्, नेपाल कम्युनिष्ट
पार्टी र प्रजातान्त्रिक महासभामात्र राष्ट्रिय स्तरका राजनीतिक दल मानिए । १०९ सिटका लागि जम्मा
७८६ उम्मेदवार खडा
भएका थिए । प्रत्येक उम्मेदवारले जमानतको रूपमा २५० जम्मा गर्नुपर्ने
व्यवस्था थियो । उक्त चुनावमा नेपाली काँग्रेसले ७४, गोर्खापरिषद्ले १९, संयुक्त
प्रजातन्त्र पार्टीले ५, नेपाल कम्युनिष्ट पार्टीले ४ र प्रजापरिषदले ३ सिटमा विजय हासिल
गरेका थिए भने स्वतन्त्र ४ स्थानमा विजयी भएका थिए ।
पहिलो निर्वाचित
सरकार
संविधानसभाको चुनाव
गराउने घोषणा राजा त्रिभुवनले वि.सं. २००७ फागुन ७ गते गरेका थिए ।
वि.स. २०१५ फागुन ७ गते संसद्को तल्लो सदनका लागि आमनिर्वाचन सुरू
भई वि.सं. २०१६ वैशाख २८ गते नतिजा प्रकाशित भयो । यस चुनावमा अत्याधिक
बहुमत प्राप्त गर्ने काँग्रेस नेता विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा वि.सं.
२०१६ जेठ १३ गते नयाँ सरकार बन्यो । वि.सं. २०१६ असार १६ मा
प्रतिनिधिसभाको प्रथम अधिवेशन सुरू भयो । यसै साल असोजमा विर्ता प्रथा उन्मूलन विधेयक
पारित भयो । जिल्लामा विकास बोर्ड गठन गरियो ।
राजा महेन्द्रले २०१७ साल
पुस १ गते संविधानको धारा ५५ को अधिकार प्रयोग गरी
वि.पि.कोइरालाको मन्त्रिमण्डल विघटन तथा संसद्को दुवै सदन भङ्ग गरी संविधानका अनेकौँ
धाराहरूसमेत निलम्बन गर्दै शासनअधिकार आफ्नो हातमा लिए । यसरी २००७
सालको शाही घोषणामार्फत् आएको प्रजातन्त्रको अवसान २०१७ सालको शाही
कदमसँगै भयो ।
No comments:
Post a Comment