२.७ राणाशासन काल
पृथ्वीनारायण शाहको
पूर्वी नेपालको कोशी क्षेत्रको विजय अभियानमा कास्की र लमजुङका कुँवर
क्षेत्रीहरूले अधिक मात्रामा भाग लिएका थिए । यसै कारण जङ्गबहादुरले
आफूलाई कास्की र लमजुङका महाराज घोषित गराए । राणा प्रधानमन्त्रीहरू
श्री ३ महाराज कहलिन थाले ।
पूर्वी विजयपछि
पृथ्वीनारायण शाहले रामकृष्ण कुँवरलाई प्यूठान पठाए । त्यहाँ उनी बारूदखाना
तैयार गर्न लगाउँदै थिए, त्यसै बेला २१ मार्च १७७१ ई.मा उनको मृत्यु भयो
। रामकृष्ण कुँवरको मृत्युपछि १८ वर्षीय उनका छोरा रणजित कुँवर नवविजित
जुम्लाका हाकिम नियुक्त भए । त्यहाँ शान्ति सुव्यवस्था राम्रो गर्न सफल भएकाले उनलाई
नेपालका चारकाजीमध्ये एक काजी बनाइयो ।
रणजित कुँवरका तीन भाई
छोरा थिए ः बालनसिंह कुँवर, बलराम कुँवर र रेवन्त कुँवर ।
रणबहादुर शाहका हत्यारा शेरबहादुर शाहलाई ठिक मौकामा मारेबापत्
बालनरसिंह कुँवर काजी बनाइए । उनको मान र जागिर उनका उत्तराधिकारीहरूले
पनि पाउने भए । काजी बालनरसिंह २४ डिसेम्बर १८१४ ई.मा दिवङ्गत भए
।
राणाकालीन
प्रधानमन्त्री तथा तिनको मुख्य योगदान
१. जङ्गबहादुर
(१९०४–१९३३) : वि.स १९०८ मा
न्याय व्यवस्था तथा अपराध कानुन तोकिएको मुलुकी ऐन पहिलो पटक जारी । दरबार स्कूलको
स्थापना ।
२. रणोद्दीप
(१९३३–१९४२) : सर्वप्रथम
पात्रो प्रकाशन र मालपोत उठाउने नयाँ बन्दोबस्त गरिएको ।
३. वीर शमशेर
(१९४२–१९५७) : भादगाँउ र
काठमाडौँमा वीरधाराको व्यवस्था, पुलहरूको निर्माण, वीर अस्पताल (वि.स.१९७४), वीर पुस्तकालयको स्थापना, घण्टाघरको
निर्माण ।
४. देव शमशेर (१९५७–१९५८) : गोरखापत्रको प्रकाशन प्रारम्भ, सरकारी समय १०–५ बजे निर्धारण, सरकारी बिदाको
व्यवस्था, पाठशालाहरूको स्थापना ।
५. चन्द्र शमशेर
(१९५८– १९८६) : सती प्रथाको
उन्मुलन, दासमोचन, पहिलो पटक बिजुली
बत्तीको व्यवस्था, पहिलो कलेज त्रि–चन्द्रको स्थापना, गोरखा भाषा
प्रकाशिनी समितिको स्थापना, रेल्वे आदिको विकास, नेपालको नक्सा
निर्माण ।
६. भीम शमशेर
(वि.स.१९८६–१९८९) : नून र कपासमा भन्सार माफी, कपास खेतीलाई
प्रोत्साहन ।
७. जुद्ध शमशेर
(वि.स.१९८९–२००२) : पहिलो बैँक (नेपाल बैँक) को स्थापना, घरेलु उद्योगको
विकास, उच्च अदालत, दमकल, म्यूजियम र चिडियाखानाको स्थापना ।
८. पद्य शमशेर
(२००२–२००५) : पहिलो संविधान
जारी, काठमाडौँ म्यूनिसिपालिटी स्थापना ।
९. मोहन शमशेर
(२००५–२००८) : आकाशवाणीको
स्थापना, राष्ट्रिय आर्थिक समितिको गठन ।
No comments:
Post a Comment