२०७२ भदौ ९ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोत्तर

. नेपालले तय गरेकफ दिगो विकास लक्ष्य (संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१५ सेप्टेम्बरबाट कार्यान्वयन हुने १५ वर्षे दिगो विकास लक्ष्य (SDG अभियान अन्तर्गत) अनुसार सन् २०३० सम्म नेपालको गरिबी कति प्रतिशत कायम गर्ने योजना छ ?
- ६ प्रतिशत (हाल २३ प्रतिशत गरिबी रहेको)
. डा. स्वामी प्रपन्नाचार्यको ९२ वर्षको उमेरमा कहिले निधन भयो ?
- वि.सं. २०७२ भाद्र ४ (जन्म वि.सं. १९८० कात्तिकमा पाँचथरमा)
. वि.सं. २०७२ भदौ १ मा बसेको राष्ट्रिय खेलकूद परिपद्को बैठकले आगामी मङ्सिर ११ देखि १८ (२०७२) सम्म पूर्वाञ्चलमा हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा कति खेल समावेश गर्ने निर्णय गरेको छ ?
- ३५
. वि.सं. २०७२ मा प्रदान गरिने गोपाल पाँडे असीम पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?
- साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा
. नेपालको पहिलो बैज्ञानिक भनी कसालाई चिनिन्छ ?
- गेहेन्द्र शसमेर
. प्रतिसेकेन्ड उत्पन्न हुने तरङ्गको सङ्ख्यालाई के भनिन्छ ?
- आवृत्ति (Frequency)
. दुई वा दुई भन्दा बढी तत्व वीच रासायनिक प्रतिक्रिया भई बनेको पदार्थलाई के भनिन्छ ?
- परमाणु (Compound)
. रासायनिक प्रतिक्रियामा भाग लिन सक्ने तत्वको सबैभन्दा सानो कणलाई के भनिन्छ ?
- परमाणु (Atom)
. तत्व वा यौगिकका सबै गुण विद्यमान रहेको सबैभन्दा सानो कणलाई के भनिन्छ ?
- अणु (Molecule)
१०. अमेरिकामा हालै आयोजित फिल्म अफ ग्लोब मा लाइफटाइम एचिभमेन्ट अवार्ड बाट सम्मानित हुने नेपाली कलाकार को हुन् ?
- सुनिल थापा
११. इन्डोनेसियाको पपुवा प्रान्तमा एटीआर ४२-३०० टर्वोप्रम नामक विमान कहिले दुर्घटना भयो ?
- सन् २०१५ अगस्ट १६
१२. राष्ट्र बैङ्कद्वारा पहिलोपटक सार्वजनिक नेपालको बैदेशिक सम्मपति तथा दायित्व स्थिति (आईआईपी) कति धनात्मक रहेको छ ?
- रु. ३ खर्ब ६० अर्ब ३५ करोड
१३. प्रथम विश्वयुद्धमा नेपालका तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले कुन पक्षलाई सहयोग गरेका थिए ?
- अङ्ग्रेज
१४. नेपालको अन्तरिम संविधान, २०६३ को मस्यौदा समिति कसको अध्यक्षतामा गठन भएको थियो ?
- सर्वोच्च अदालतका पूर्वन्यायाधीश लक्ष्मणप्रसाद अर्याल
१५. संयुक्त राष्ट्रसङ्घद्वारा कुन वर्षलाई अन्तर्राष्ट्रिय पुस्तक वर्षका रुपमा मनाइयो ?
- सन् १९७२
१६. नेपालमा जिल्लास्थित प्रशासनिक संरचनामा मौजा, प्रगन्ना र जिल्ला भन्ने तीन तह कुन कालमा थियो ?
- लिच्छवी काल
१७. SAPTA, BIMSTEC, TRIPS SAFTA मध्ये विश्व व्यापार संगठन (WTO) सँग कुन सम्बन्धित छ ?
- TRIPS
१८. आर्थिक वर्ष २०७१/७२ मा नेपालको कुल बस्तु व्यापार घाटा कति रहेको छ ?
- रु. ६ खर्ब ८९ अर्ब ३७ करोड (गत बर्षको कुल व्यापार घाटा भन्दा १०.८ प्रतिशत बृद्धि)
१९. सैपाल हिमाल र उराई भञ्ज्याङ कुन जिल्लामा रहेका छन् ?
- बझाङ
२०. एउटा टोकरीमा भएका ६ वटा सुन्तला ६ जनालाई बराबार गरी बाँड्दा टोकरीमा एक सुन्तला बाँकी रहेछ, कसरी ?
- एक जनाको भागको सुन्तला टोकरीमा नै राखिदिँदा
२१. सन् २००३ बाट सुरु भएको वित्तीय क्षेत्र सुधार कार्यक्रमको अवधि कहिलेसम्म तय गरिएको थियो ?
- सन् २०११
२२. नेपाल र चीनवीच द्विपक्षीय व्यापार प्रवर्द्धनका लागि हाल कति नाका सञ्चालनमा रहेका छन् ?
- ६
२३. ३५ वर्षभन्दा कम उमेरका मानिसमा विश्वकै धनी बन्न सफल व्यक्ति को हुन् ?
- फेसबुकका संस्थापक मार्क जुकरवर्ग
२४. नेपालमा मूल्य अभिबृद्धि कर (VAT) कहिलेदेखि लागू भएको हो ?
- वि.सं. २०५४ मङ्सिर १
२५. फाउन्टेन पेनको अविष्कार वाटरमेनले गरेका हुन् भने हवाइजहाजको अविष्कार कसले गरेका हुन् ?
- ओरभिल राईट र विलभर राइट
२६. आफ्नो खुट्टाको निधारमा एक मिनेटमा सबैभन्दा धेरैपटक (१३४ पटक) हानी गिनिज बुकमा नाम लेखार्उन सफल नेपाली को हुन् ?
- सिन्धुपाल्चोक मांखाका पुष्कर नेपाल
२७. इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले गरेको १ सय ४० सहरको सर्वेक्षणमा विश्वकै उत्कृष्ट वस्नयोग्य सहर कुन बन्न पुगेको छ ?
- अष्ट्रेलियाको मेलवर्न
२८. सन् २०१५ अगस्ट १७ मा श्रीलङ्कामा सम्पन्न संसद्को निर्वाचना पश्चात् त्याहाँको प्रधानमन्त्री को चयन भएका छन ?
- रनिल विक्रमासिङ्घे
२९. तनहुँका अन्तिम राजा हरकुमारदत्त सेन हुन् भने पाल्पाका अन्तिम राजा को हुन् ?
- पृथ्वीपाल सेन
३०. बहुप्रतिक्षित बाह्र बर्षे गोदावरी सिंहस्थ मेला कहिले सुरु भएको हो ?
- वि.सं. २०७२ भदौ १
३१. संविधान मस्यौदा समितिका सभापति कृष्ण सिटौलाद्वारा संविधानको परिमार्जित विधेयक संविधान सभामा कहिले पेस गरियो ?
- वि.सं. २०७२ भाद्र ६
३२. राजधानीमा सम्पन्न किशोरीहरुको सौन्दर्य प्रतियोगिता मिस टिन-२०१५ को उपाधि कसले जितिन् ?
- अजिना कार्की
३३. संयुक्त राष्ट्र सङ्घिय महासभाको प्रशासन तथा बजेटरी समितिको प्रमुखमा नियुक्त हुने नेपाली को हुन् ?
- दुर्गानाथ भट्टराई
३४. भारतको रक्सौल देखि नेपालको अमलेखगञ्जसम्म ४१ किलोमिटर लामो किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माणका लागि नेपाल र भारतवीच कहिले सम्झौता भयो ?

- वि.सं. २०७२ भाद्र ७ (सन् २०१५ अगस्ट २४)
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages