१.३ नेपालको प्राकृतिक श्रोत र साधनहरू
१.३.१ भूमि
नेपालका प्राकृतिक स्रोत र साधनहरूमध्ये भूमि एक महत्वपूर्ण स्रोत हो ।
नेपालको धरातल र
वनस्पतिमा भिन्नता भएझैँ यहाँको माटोको अवस्था र गुणमा पनि धेरै भिन्नता छ । Land Resource
Mapping Project (१९७८/ ७९) का अनुसार नेपालमा खेतीयोग्य भू–भाग १८ प्रतिशत रहेको उल्लेख गरिएको छ । नेपालमा अभ्यास गरिएका
केही भूमि व्यवस्था
रैकर भूमि
रैकर शब्दको उत्पत्ति दुई अर्थबाट भएको हो । ‘रै’ भन्ने शब्दले
राज्य र ‘कर’ भनेको सरकारलाई तिर्नुपर्ने अनिवार्य भुक्तानी
हो । त्यसैले रैकर भूमि वा जग्गा भन्नाले सरकारी स्वामित्वमा रहेको भूमिलाई भोगचलन गर्ने
व्यक्तिले मालपोत तिर्नुपर्ने जग्गालाई जनाउँदछ । यस्तो जग्गा आफ्नो अधीनमा राखेर प्रयोग गर्ने व्यक्तिले सरकारी
राजस्वका रूपमा मालपोत सरकारलाई बुझाउनुपर्दछ ।
विर्ता भूमि
कुनै सरकारी कर्मचारीले बहादुरीपूर्वक काम गरेमा वा कुनै व्यक्ति मुलुकी शासनको दृष्टिमा राम्रो
सावित भएमा उसलाई ‘बृत्ति’ स्वरूप प्रदान गरिने जग्गालाई विर्ता जग्गा भनिन्छ । नेपालमा
विशेषगरी राणाशासन कालमा यस्तो जग्गा बाँड्ने चलन थियो । ब्राह्मणलाई दान स्वरूप प्रदान
गरिने जग्गालाई कुश विर्ता, कुनै सरकारी
कर्मचारीलाई राम्रो कार्य गरेबापत प्रदान गरिने जग्गालाई फिकदर विर्ता, युद्ध गर्दागर्दै मरेको सैनिकका परिवारलाई दिने जग्गालाई
मरवटविर्ता भनिन्थ्यो । राणाकालमा उनीहरूको अनुयायी जुनसुकै व्यक्तिलाई पनि विर्ताका रूपमा जग्गा
दिने प्रचलन थियो । यसले गर्दा करिब ३५ प्रतिशत कृषियोग्य भूमि विर्ताका रूपमा वितरण भएको थियो
। वि.स. २०१६ सालमा विर्ता उन्मूलन ऐन जारी गरी सम्पूर्ण विर्ता जग्गाहरूलाई रैकरमा
परिणत गरियो ।
गुठी भूमि
कुनै विषेश सार्वजनिक वा सामुहिक उद्देश्य पूर्तिका लागि कुनै ट्रष्टका रूपमा
प्रयोग भएको संस्थागत
जग्गालाई गुठी जग्गा भनिन्छ । गुठी शब्दको उत्पत्ति संस्कृत शब्दको ‘गोष्ठी’ बाट भएको हो ।
यसको अर्थ ‘परिषद्’ भन्ने जनाउँदछ । नेपालमा मठ मन्दिर वा देवालयमा पूजाआजा गर्नका लागि तथा
धार्मिक धरोहरहरूलाई संरक्षण गर्नका लागि आवश्यक स्रोतका रूपमा उपलब्ध गराइएको जग्गा
गुठीको रूपमा रहेका छन् ।
नेपालमा विशेष गरी पशुपतिनाथ, जयबागेश्वरी,
रामजानकी मन्दिर जस्ता धेरै मठमन्दिरहरूका गुठी जग्गाहरू
छन् । यस्ता जग्गाबाट नियमित रूपमा आम्दानी प्राप्त भइरहने भएकाले धार्मिक क्रियाकलापहरू
सञ्चालन गर्न तथा मठ मन्दिर
बनाउन एवं जिर्णोद्वार गर्न सजिलो हुन्छ । यस्ता गुठीमा खासगरेर राजगुठी, दुनियाँ गुठी, पिलकराना गुठी, बकस गुठी आदि बढी मात्रामा पाइन्छन् । नेपालमा भूमिसुधार ऐन, २०२१ अनुसार सबै किसिमका गुठीलाई नियन्त्रण तथा निर्देशन गर्नका लागि
गुठी संस्थानको स्थापना गरिएको छ ।
किपट भूमि
नेपालको पूर्वीपहाडी भागमा यस्तो भूमि प्रथा प्रचलित थियो । यस्ता जग्गामा प्रयोगकर्ताले कर
तिर्नुपर्दैन । पृथ्वीनारायण शाहले पूर्वका राई तथा लिम्बू जातिहरूलाई किपट जग्गा प्रदान गरेका
थिए । यसरी किपट जग्गा प्राप्त गरेका ती क्षेत्रका जनताले आवश्यक परेको बखत सरकारलाई वा राजालाई
सहयोग प्रदान गर्नुपर्दथ्यो ।
यस्तो जग्गा अन्य व्यक्तिलाई बेच्न मनाही गरिएको थियो । तर वि.स. २०२१ मा भूमिसुधार लागू
भएपछि यस्तो जग्गा रैकर जग्गा सरह किनबेच गर्न पाउने व्यवस्था गरियो ।
किपटियाले ७ रुपैया , किपटियाको भाईले ६ रुपैया , क्षत्रीले १/५० पैसा र बाहुनले ५० पैसा सरकारलाई राजश्व तिरेको इतिहास सुनेको छु मैले चाहिँ !
ReplyDelete