खरिदारबाट मुख्य सचिव : सोमलाल सुवेदी मुख्य सचिव

सरकारले स्थानीय विकास मन्त्रालयका सचिव डा.सोमलाल सुवेदीलाई मुख्य सचिवको जिम्मेवारी दिएको छ । २०७२ साउन २० गते बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले उनीलाई नियुक्त गरेको हो । निजामति प्रशासनको सबैभन्दा तल्लो तह खरिदारबाट जागिर शुरु गरेका डा.सोमलाल सुवेदी निजामति प्रशासनकै सबैभन्दा माथिल्लो तह मुख्य सचिव बन्न सफल भएका छन् ।
आजभन्दा ३२ वर्षअघि खरिदारबाट सरकारी सेवामा प्रवेश गरेका सुवेदीले शाखा अधिकृत, उपसचिव र सहसचिवमा खुला प्रतिस्पर्धाबाटै नाम निकालेर ०६७ चैतमा उनी सचिवमा बढुवा भएका हुन् ।
Share:

मिति २०७२ साउन २० गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोतरहरु


. हाल नेपालमा ’, ’, वर्गका वैंङ्क तथा वित्तीय संस्था कति-कति रहेका छन् ?
- क्रमशः ३०‚ ७६‚ ४८ र ३९
२. ग्लोबल फाइनान्सद्वारा सन् २०१५ जुलाई २० मा अमेरिकाको न्युयोर्कमा घोषणा गरिएको एसिया प्रशान्त क्षेत्रीय समूहअन्तर्गत कन्जुमर डिजिटल बैङ्क अवार्ड कसले प्राप्त गरेको छ ?
- स्टान्डर्ड चार्टर बैङ्क‚ नेपाल
३. नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) द्वारा वि.सं. २०७२ मा प्रदान गरिने उत्कृष्ट लेखा प्रस्तुति सम्माना पुरस्कारबाट सम्मानित हुने वाणिज्य बैङ्क कुन हो ?
- नविल बैङ्क लि.
४. नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) द्वारा वि.सं. २०७२ मा प्रदान गरिने विकास बैङ्क तथा वित्त कम्पनी समूहमध्येको उत्कृष्ट वित्तीय प्रतिवेदन पुरस्कार वेस्ट प्रिजेन्टेड एकाउन्टस् अवार्ड-२०१४ कुन संस्थाले प्राप्त गर्‍यो ?
- कैलाश विकास बैङ्क
५. स्थानीय निकाय वित्तीय आयोगले परीक्षण गरेको न्यूनतम सर्त तथा कार्यस्पादन मापन (एमसीपीएम) मा सर्वोत्कृष्ट हुने जिविस कुन-कुन हुन् ?
- धनकुटा र सिन्धुपाल्चोक (नगरपालिकामा बुटवल उपनगरपालिका र धनकुटा नगरपालिका)
६. हाम्रो सबैभन्दा ठूलो कमजोरी प्रयत्न गर्न छोड्नुमा छ‚ सफलता प्राप्त गर्ने सबैभन्दा सनिश्चित उपाय भनेको अर्को एकपटक प्रयत्न गर्नु मात्र हो । भन्ने विचारक को हुन् ?
- थोमस अल्बा एडिसन‚ बैज्ञानिक
७. सन् २०२२ को शीतकालीन ओलम्पिक खेलकुद प्रतियोगित कहाँ हुने भएको छ ?
- बेइजिङ‚ चिन
८. आ.व. २०७१/७२ को आर्थिक सर्वेक्षणअनुसार चालु आ.व.को यथार्थ कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान कति प्रतिशत रहेको छ ?
- ३३.१ प्रतिशत (गैरकृषि क्षेत्रको योगदान : ६६.९ प्रतिशत)
९. वि.सं. २०७२ साउन १२ मा वितरित राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट चलचित्र को उपाधि कुन चलचित्रले हासिल गर्‍यो ?
- कबड्डी ( अभिनेता तर्फ : दयाहाङ राई‚ अभिनेतृ तर्फ : ऋचा शर्मा)
१०. नेपालबाटै लोप भएको भनिएको सिरीगाई कहाँ फेला परेको छ ?
- ताप्लेजुङ
११. वि.सं. २०७२ असार मसान्तसम्म इजाजतपत्र प्राप्त एफएम रेडियोको सङ्ख्या कति पुगेको छ ?
- ६३८ (सञ्चालनरत : ५४७)
१२. वि.सं. २०७१ मा नेपालमा पर्यटकहरुको ‍औसत दैनिक खर्च कति रहेको छ ?
- ४६.४ डलर
१३. वि.सं. २०७० पुस मसान्तदेखि २०७१ पुस मसान्तसम्मको अवधिमा पर्यटकहरुको नेपाल वसाइ अवधि सरदर कति रहेको छ ?
- १२.४ दिन
१४. मानवीय गतिविबाट पर्यावरणमा पर्ने असरलाई न्यूनीकरण गर्न पृथ्वीलाई आराम दिनुपर्ने प्रतीकात्मक सन्देश दिन विश्वभरि नै एक घण्टा बत्ती निभाउने अभियानलाई के भनी चिनिन्छ ?
- अर्थ आवर
१५. सन् २०१५ अप्रिल ९-११ सम्म अमेरिकामा भएको पानी प्रशोधनसम्बन्धी प्रविधिमा उत्कृष्ट हुने बैज्ञानिक को हुन् ?
- एमपी भट्ट
१६. राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कार बाट सम्मानित हुने खेलाडी को-को हुन् ?
- विमला तामाङ (कराँते)‚ सोमपाल कामी (क्रिकेट)‚ दिवस श्रेष्ठ (बक्सिङ)‚ ज्ञानी चुनारा (तेक्वान्दो)‚ विनिता बुढाथोकी (भलिबल)‚ विक्रमबहादुर रानामगर‚ केशरी चौधरी‚ प्रमिला चौधरी र सुनील चौधरी (एथ्लेटिक्स)
१७. नेपाल वायुसेवा निगमद्वारा वि.सं. २०७२ बैशाख १८ मा ल्याएको दोस्रो एयरबस ए ३२० लाई के नामाकरण गरिएको छ ?
- लुम्बिनी (२०७१ माघ २५ मा ल्याएको पहिलो एयरबसलाई सगरमाथा नामकरण गरिएको ।)
१८. निजामती सेवा ऐन‚ २०४९ को चौथो संसोधन कहिले भएको हो ?
- वि.सं. २०७२ असार २९
१९. नेपाल वायुसेवा निगम (nepal airlines Corporation) को स्थापना कहिले भएको हो ?
- वि. सं. २०१५ असार १७
२०. लोकसेवा आयोगले कहिलेदेबाट लागू हुने गरी अप्राविधिक तर्फका राजपत्र अनङ्कित प्रथम श्रेणी (नायब शुब्बा) र द्वितीय श्रेणी (खरिदार) पदका लागि प्रवेश परीक्षाको व्यवस्था गरेको छ ?
- आ.. २०७२/७३
२१. नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदाअनुसार राष्ट्रभाषा भन्नाले के बुझिन्छ ?
- नेपालमा बोलिने सबै मातृभाषाहरु
२२. सन् २०१५ जुलाईमा सम्पन्न उत्तर तथा मध्य अमेरिको क्षेत्रको प्रतिष्ठित फुटबल प्रतियोगिता कोन्काकाफ गोल्डकप को उपाधि जित्ने राष्ट्र कुन हो ?
- मेक्सिको (उपविजेजा जमैका)
२३. जसले कसरी सिक्ने र परिवर्तन गर्ने भन्ने कुरा सिकेको छ त्यो व्यक्ति मात्र शिक्षित हो । भन्ने विचारक को हुन् ?
- कार्ल रोजर्स अमेरिकन मनोविद्
२४. नेपालमा हालसम्म कतिवटा त्रिवर्षीय आवधिक योजना आएका छन् ?
- चार
२५. नेपाल सरकारद्वारा हेलो स्वास्थ्य कार्यक्रम कहिलेदेखि सुरु गरिएको हो ?
- वि.सं. २०६९ कार्तिक २९
२६. गुणस्तरीय पर्यटन भित्र्याउनका लागि कन्ट्रोल टुरिज्म नीति अवलम्बन गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?
- भुटान
२७. क्योटो वर्ल्ड वाटर ग्रान्ड प्राइज-२०१५ (राशि : २० हजार अमेरिकी डलर) बाट सम्मानित हुने नेपाली संस्था हुन हो ?
- वातावरण तथा जनस्वास्थ्य सङ्गठन (एन्फो)
२८. स्वाइन फ्लु अर्थात इनफ्लुएन्जा ए एचवानएनवानलाई who ले कहिले महामारी रोग घोषणा गर्‍यो ?
- सन् २००९ जुन ११
२९. सार्क राष्ट्रहरुमध्ये आफ्ना नागरिकहरुलाई ई-पासपोर्ट उपलब्ध गराउने पहिलो राष्ट्र कुन हो ?
- माल्दिभ्स (सन् २००७)
३०. रुपन्देहीको भैरहवामा डिजास्टर रिकभरी सेन्टरको स्थापना कहिले भएको हो ?
- वि.सं. २०७२ साउन ११
३१. सरकारद्वारा राष्ट्रिय युवा प्रतिभा सम्मान का लागि प्रदान गरिने पुरस्कारको राशि कति रहेको छ ?
- जनही रु. १ लाख

 
Share:

नदीको आधारमा नेपालको विभाजन

१.२.२ नदीको आधारमा नेपालको विभाजन
(क) कोशी प्रदेश
पूर्वमा कञ्चनजङ्घा हिमालदेखि पश्चिममा लाङटाङ हिमाल (गोसाइस्थान) बीचको क्षेत्रलाई कोशी प्रदेश भनिन्छ । तमोर, अरूण, लिखू, दूधकोशी, तामाकोशी, सुनकोशी र इन्द्रावती मिलेर सप्तकोशी नदी बनेको छ । यो नेपालको सबैभन्दा ठूलो नदी हो । यो नदी ७२० कि.मि. लामो छ भने जलप्रवाह क्षमता औसत ,५६४ क्यूविक मिटर प्रति सेकेण्ड रहेको छ । यस नदीबाट २२,००० मेघावाटसम्म विद्युत् निकाल्न सकिने अनुमान गरिएको छ । कोशी प्रदेशको प्रभाव क्षेत्र झण्डै ६० हजार वर्ग कि.मि. रहेको छ । सप्तकोशी नदीको सबैभन्दा ठूलो सहायक नदी अरूण हो भने सबैभन्दा सानो नदी लिखू हो ।
(ख) गण्डकी प्रदेश
पूर्वमा लाङटाङ हिमालदेखि पश्चिममा धौलागिरि हिमालसम्मको गण्डकी नदी प्रभावित क्षेत्रलाई गण्डकी प्रदेश भनिन्छ । गण्डकी नदीका सात प्रमुख सहायक नदीहरू त्रिशुली, बुढीगण्डकी, दरौदी, मादी, मस्र्याङ्दी, सेती र कालीगण्डकी हुन् । गाण्डव ऋषिको नामबाट नामाकरण गरिएको मानिएको यस नदीलाई चितवन जिल्लामा आएपछि (देवघाटभन्दा तल) नारायणी नदीको नामले चिनिन्छ । यो नदी मध्यनेपालमा बहन्छ, जसको प्रवाह क्षेत्र करिब ३८,००० वर्ग कि.मि रहेको छ । करिब ३३८ कि.मि. लामो यस नदीको विद्युत् क्षमता २१,००० मे.वा. रहेको मानिएको छ । यसका सहायक नदीहरूमध्ये कालिगण्डकी सबैभन्दा ठूलो र मादी सबैभन्दा सानो हो । नेपालको सबैभन्दा गहिरो यो नदीले प्रति सेकेण्ड औषत १७१३ क्यु.मि. पानी प्रवाह गर्दछ ।
(ग) कर्णाली प्रदेश

पूर्वमा धौलागिरि हिमालदेखि पश्चिममा ब्यास हिमालबीच कर्णाली नदी प्रभावित क्षेत्रलाई कर्णाली प्रदेश भनिन्छ । कर्णाली नदीका सात प्रमुख सहायक नदीहरू हुम्ला कर्णाली, मुगु कर्णाली, ठूली भेरी, सानी भेरी, तिला, बुढीगङ्गा र सेती नदी हुन् । यसलाई नेपालको सबैभन्दा लामो नदी पनि भनिन्छ । यो नदी मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा बहने नदी हो, जुन भारतमा पुगेपछि घाघँरा र कहीँकहीँ सरयू नामले समेत चिनिन्छ । यो नदी करिब ४२,००० व.कि.मि. क्षेत्रफल समेटेर बग्दछ । करिब ५०७ कि.मि. लामो यस नदीको विद्युत् उत्पादन क्षमता ३२,००० मे.वा.रहेको मानिएको छ । यो नदीको औषत जलप्रवाह क्षमता प्रतिसेकेण्ड १३१६ क्यु.मि. रहेको छ ।

(यस सामाग्री नेपाल सरकार सूचना विभाग द्वारा प्रकाशित 'नेपाल परिचय' नामक पुस्तक बाट साभार गरिएको हो । यस पुस्तकका अन्य समाग्री क्रमै सँग प्रकाशित गर्दै जानेछौं ।)
Share:

राष्ट्रिय घटनाक्रम (२०७२ जेठ/असार)

जेठ
२१ कपिलबस्तुको निम्लीहववा पचेहरास्थित निर्माणाधीन भवनमा निसस्सिएर पाँच पजदुरको मृत्यु ।
२२ प्रधानमन्त्री सुशील कोइरालाको प्रेस सल्लाकारमा वरिष्ठ पत्रकार प्रतीक प्रधान नियुक्त ।
२४ राष्ट्रिय पत्रारिता पुरस्कार -२०७१ पत्रकार धर्मेन्द्र झालाई र वरिष्ठ पत्रकार सम्मान -२०७१ कास्कीका कुसुकेशव पराजुली‚ तनहुँका तेजप्रकाश पण्डित र पाल्पाका मेघराज शर्मालाई जनही दुई लाख सहित प्रदान ।
२५ संविधान निर्माणका विवादित विषयमा मधेसी मोर्चासहित प्रमुख चार दलका शिर्ष नेताद्वारा १६ बुँदे सहमतिपत्रमा हस्ताक्षर ।
२६ संविधानका विवादित विषयमा प्रमुख चार दलविच भएको १६ बुँदे सहमतिपत्र प्रक्रियामा लैजान संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पठाइयो ।
२७ पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता पद्म सुन्दर लावतीको निधन ।
२८ ताप्लेजुङमा २७ वर्षपछिकै ठुलो पानी परेपछि गएको पहिरोले धनजनको ठुलो क्षति ।
३१ जोखिमयुक्त घर भत्काउन सरकारले काठमाण्डौं उपत्यकाका तिन जिल्ला एक वर्षका लागि सङ्कटग्रस्त क्षेत्र घोषित ।
असार
नयाँ संविधान निर्माणका लागि चार प्रमुख राजनीतिक दलबिच भएको १६ बुँदे सहमतिविरुद्ध रिट दायर ।
राष्ट्रिय विपद् व्यवस्थापन‚ अनुगमन तथा निर्देशन विशेष समितिले विपत्तिमा परी  बेपत्ता भएकाका परिवारलाई मृतकका परिवारले पाएसरह सुविधा दिन सरकारलाई निर्देशन ।
वि.सं. २०७१ को एसएलसी परीक्षाको नतिजा प्रकाशित‚ ४७.४३ प्रतिशत विद्यार्थी उतीर्ण ।
राष्ट्रपति डा.  रामवरण यादवसँग चीनका विदेशमन्त्री वाङ यी र बङ्गलादेशका अर्थमन्त्री अबुल माल अब्दुलद्वारा राष्ट्रपति कार्यालयमा भेटवार्ता ।
१० नेपाल सरकारद्वारा आयोजित नेपालको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा अन्तर्राष्ट्रिय समुदायबाट रु. चार खर्बभन्दा बढी सहयोगको प्रतिबद्धता ।
  • राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य- सचिवमा केशवकुमार विष्ट नियुक्त ।

११ संविधान मस्यौदा समिताका सभापति कृष्ण प्रसाद सिटौलाको संयोजकत्वको कार्य दलद्वारा नयाँ संविधानको प्रारम्भिक एकिकृत मस्यौला तयार ।
१२ कर्णालीको जुम्लामा तिन सय शय्याको अत्याधुनिक सुविधासहितको शिक्षण अस्पताल शिलन्यास ।
१४ संसदीय विशेष समितिबाट सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश कल्याण श्रेष्ठ प्रधानन्याधिसका लागि अनुमोदित ।
१५ दलीय सहमतिपछि नयाँ संविधनाको नेपालको संविधना‚ २०७२ प्रारम्भिक मस्यौदा संविधन सभामा प्रस्तुत गरी संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मस्यौदा प्रतिवेदन हस्तान्तरण ।
१७ धान दिवसका अवसरमा काठमाण्डौंको मूलपानीमा आयोजित रोपाइँ कार्यक्रममा सहभागी हुने क्रममा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा विवाद बढेपछि कृषिमन्त्री हरिप्रसाद पराजुलीद्वारा पदबाट राजीनामा ।
१८ जापान सरकारको सहयोगमा निर्माण सम्पन्न बनेपा- बर्दिवास सडक (बीपी राजमार्ग) को प्रधानमन्त्री सुशील कोइरालाद्वारा उद्घाटन ।
  •  नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा पशुपति मुरारका निर्विरोध निर्वाचन ।


१९ भूकम्पबाट प्रभावित संरचनाको पुननिर्माणसम्बन्धी अध्यादेश – २०७२सार्वजनिक खरिद (पहिलो संसोधन) अध्यादेश – २०७१सहकारी (दोस्रो संसोधन) अध्यादेश – २०७१ व्यवस्थापिका संसदको बैठकमा स्वीकृत । 
Share:

नेपालको भौगोलिक परिचय

१.१ भौगोलिक अवस्थिति
नेपाल दक्षिण एसियामा अवस्थित एक भूपरिवेष्टित मुलुक हो । यो समुद्रदेखि करीब ११२७ कि.मि. टाढा छ । यो एसियाका दुई विशाल मुलुकहरू भारत र चीनको बीचमा पर्दछ । नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. अर्थात ५६,८२७ वर्गमाइल छ । नेपालको पूर्वपश्चिम लम्बाइ ८८५ कि.मि. र उत्तर दक्षिण चौडाइ सरदर १९३ कि.मि. छ । नेपाल २६ डिग्री २२ मिनेटदेखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांश र ८० डिग्री ४ मिनेटदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ । नेपालले विश्वको कूल भूभागको ०.०३ प्रतिशत रएसिया महादेशको ०.३ प्रतिशत भाग ओगटेको छ । यसको दक्षिणमा भारतको विहार राज्य, पश्चिममा भारतको उत्तराखण्ड राज्य, पूर्वमा पश्चिम बङ्गाल र उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ । नेपालको प्रमाणिक समय दोलखा जिल्लामा पर्ने गौरीशंकर हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी निर्धारण गरिएको छ । नेपालको समय ग्रीनबीच मानक समयभन्दा ५ घण्टा ४५ मिनेट छिटो छ । यो समय वि.सं. २०४२ साल वैशाख १ गतेदेखि लागू गरिएको हो । विश्वका ८,००० मिटरभन्दा उच्च १४ चुचुराहरूमध्ये नेपालमा ८ वटा पर्छन् । ६,००० मिटर र सोभन्दा अग्ला चुचुराहरू ,३०० भन्दा बढी छन् । मुस्ताङ इलाकामा मात्र यस्ता लगभग ३०१ चुचुराहरू रहेका छन् । नेपालमा हिमालयका साथसाथै कोशी, गण्डकी, कर्णालीजस्ता महानदीहरू र रारा, फेवा, गोसाइँकुण्डजस्ता सुन्दर तालहरू छन् । भूस्वरूपको विविधताका साथै जलवायु र मौसमको अत्यधिक विभिन्नताले गर्दा उष्ण (Tropical), अर्धोष्ण (Mesontermal), सूक्ष्म तापीय (Micro thermal), टाइग्रा र तुन्द्रा प्रकारका जलवायु नेपालमा पाइन्छन् । नेपालको भौतिक स्वरूपमा उचाइगत विविधताले भौगोलिक विभिन्नताको अवस्था सिर्जना गरेको छ । विश्व मानचित्रमा नेपाल सगरमाथाको देश, गौतम बुद्धको जन्मस्थल लुम्बिनीको देश, तेश्रो ध्रुबको देश तथा विशिष्ट झण्डाको देशको रूपमा समेत परिचित छ ।
Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages