नेपाल नामकरणको आधार

२.१ नेपाल एक प्राचीन मुलुकको रूपमा
विभिन्न धर्मशास्त्र तथा पुराणहरूमा नेपाललाई अत्यन्तै प्राचीन भूमिको रूपमा वर्णन गरिएको छ । करीब १३ करोड वर्षअगाडि बनेका यहाँका पर्वत शृङ्खलाहरू र उपत्यकाहरूमा पछि आएर प्राणीहरूको आकर्षण विशेष रूपमा बढ्दै गएको पाइन्छ । पश्चिम नेपालको बुटवलक्षेत्रमा पाइएको रामापिथेकस मानवको अवशेषले एक करोड वर्षभन्दा अगाडिदेखि नै नेपालमा मानवको बसोबास सुरू भइसकेको तथ्य स्पष्ट हुन्छ । नेपाल नामको पहिलो उल्लेख अथर्वपरिशिष्टमा गरिएको पाइन्छ । अथर्वपरिशिष्टको समय निश्चित गर्न नसकिए तापनि इसापूर्व ५००६०० को बीचमा यसको निर्माण भएको मानिन्छ । यसमा नेपाललाई कामरू, विदेह उदुम्बर, अवन्ती र कैकय देशहरूसँगै राखी चर्चा गरिएको छ । मूल सर्वास्तिवाद, विनयसङ्ग्रह नामको बौद्ध ग्रन्थमा पनि नेपालबारे चर्चा गरिएको छ । यसमा भगवान बुद्धको समयमै उनका चेलाहरू व्यापारीहरूका साथ नेपाल पसेको घटना उल्लेख गरिएको छ । महाभारत वनपर्वमा नेपाललाई विषय (जिल्ला) को रूपमा वर्णन गरिएको छ । जैन ग्रन्थ आवश्यक सूत्र तथा कौटिल्यको अर्थशास्त्र (ई.पू. चौथो शताब्दी) ले पनि नेपालको बारेमा उल्लेख गरेका छन् । त्यस्तै भारतीय गुप्त सम्राट समुद्रगुप्तले आफ्नो इलाहावाद अभिलेखमा नेपालको उल्लेख छिमेक राज्यको रूपमा गरेका छन् भने त्यसपछिका प्रायः सबै श्रोतहरूले नेपालको उल्लेख स्वतन्त्र राज्यको रूपमा नै गरेका छन् । नेपालका शिलालेखहरूमा भने वि.सं. ५६९ को टिस्टुङ अभिलेखमा पहिलोपटक नेपाल शब्दको उल्लेख भएको छ । यसरी यो मुलुक अत्यन्तै प्राचीन समयदेखि नै नेपालनामबाट परिचित रहेको स्पष्ट हुन्छ । नेपाललाई सत्ययुगमा सत्यवती, त्रेतायुगमा तपोवन र द्वापरयुगमा मुक्तिसोपान भनिन्थ्यो र कलियुगमा नेपाल भन्ने गरिएको कुरा हाम्रा पौराणिक ग्रन्थहरूमा उल्लेख छ ।
Share:

यार्सागुम्बा एक परिचय

नेपालको वहुउपयोगी एवं वहुमूल्य जडिबुटीहरुमध्ये यार्सागुम्बा पनि एक हो । लामा भाषामा यार्साको अर्थ आधाजीव र गुम्बाको अर्थ आधाविरुवा वा बुटी (Herbs) भन्ने हुन्छ । यसको वैज्ञानिक नाम Cordyceps वा Cordyceps Sinensis हो, जसमा Cord ले ClubCeps ले Head को अर्थ दिन्छ । यसलाई क्याटरपिलर फङ्ग्स (Caterpiller Fungus) पनि भनिन्छ । साथै, औधिमूलक च्याउ, फङ्गल वुटी, हिडने बुटी -Walking Herb_ जस्ता नामले पनि यार्सागुम्बालाई चिनाउने गरिन्छ । वास्तवमा यार्सागुम्बा आधा किरा र आधा फङ्ग्स -Half Insect and Half Fungus_ हो ।
Share:

नेपालका राष्ट्रिय निकुन्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष, संरक्षणक्षेत्र तथा नेपालमा संरक्षित जीवजन्तुहरू

नेपालका राष्ट्रिय निकुन्ज

क्र.सं.
राष्ट्रिय निकुञ्जको नाम
स्थापना मिति
भौगोलिक क्षेत्र
(जिल्ला)
क्षेत्रफल (वर्ग
कि.मि.)
नेपालमा संरक्षित जीवजन्तुहरू पाइने प्रसिद्ध जनावर तथा प्रमुख प्राकृतिक
सम्पदाहरू
चितवन राष्ट्रिय
निकुञ्ज

२०३०
चितवन, मकवानपुर,
पर्सा
९३२

एकसिंगे गैंडा, पाटे बाघ, चितुवा, रतुवा,
चित्तल, घडियाल गोही, मगर गोही, सोंस,
अजिङ्गर तथा विविध जातका चराहरु (नेपालको घोषित पहिलो राष्ट्रिय निकुञ्ज)
Share:

२०७२ साउन २७ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोत्तर

. स्काइ ट्रयाक्स नामक संस्थाले सन् २०१५ मा सार्वजनिक प्रतिवेदन अनुसार विश्वकै उत्कृष्ट विमानस्थल कुन भएको छ ?
- सिङ्गापुरको चाङ्गी विमानस्थल (चाङ्गी पछि शीर्ष पाँचमा परेका अन्य विमानस्थल सोलको इन्चियोन म्युनिख एयरपोर्ट हङ्कङ इन्टरनेशनल एयरपोर्ट र टोकियो इन्टरनेसनल एयरपोर्ट हुन।)
. राजनीतिज्ञ एवं साहित्यकार राजेश्वर देवकोटाको निधन कहिले भयो ?
- वि.सं. २०७२ साउन २५
. वि.सं. २०७२ साउन २० मा बसेको मन्त्रिपरिषद् वैठकले मुख्य सचिव पदमा कसलाई नियुक्त गरेको छ ?
- डा. सोमलाल सुवेदी
. त्रिमुर्ति निकेतनद्वारा पुरस्कृत हुने (वि.सं. २०७२ मा) नारी स्रष्टा को हुन् ?
- रजनी ढकाल शान्तिमाया गिरी तर्कना शर्मा र अम्बिका अर्याल (नेपाली भाषा साहित्यको लेखन र प्रवर्द्धनमा योगदानका लागि)
५. अमेरिको सिनेटको सन् २०१५ अगस्ट ५ मा नेपालका लागि आफ्नो राजदुतमा कसलाई अनुमोदन गरेको छ ?
- एलियानिया बी टेपलिज
६. सन् २०१५ अगस्ट ट माफिफाद्वारा सार्वजनिक विश्व वरियतामा नेपाल कतिऔं स्थानमा रहेको छ ?
- १८४ औं
Share:

नेपालको जनसङ्ख्या

१.४ नेपालको जनसङ्ख्या
नेपालमा विक्रम सम्वत् १९६८ (सन् १९११) देखि जनगणना गर्ने कार्य सुरू भएको हो । त्यसपछि लगभग प्रत्येक १०/१० वर्षको अन्तरमा जनगणना कार्यक्रम सञ्चालन हुँदै आएको छ । वि.सं. १९९८ सम्म सञ्चालन भएका जनगणना सामान्य व्यक्ति गणना (Head Count) का रूपमा मात्र सीमित थियो भने वि.सं. २००९/११ (सन् १९५२/५४) देखि सञ्चालन भएका जनगणनाहरू अन्तर्राष्ट्रिय रूपमा तुलनायोग्य आधुनिक (वैज्ञानिक) जनगणना मानिन्छन् । यस क्रममा वि.सं. २०६८ को राष्ट्रिय जनगणना नेपालको एघारौं र जनगणनाको इतिहासमा १०० वर्षको जनगणना हो । असार ८ गतेलाई जनगणना दिवस (Census Day) मानिएको छ ।
राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसङ्ख्या २,६४,९४,५०४ रहेको छ ।, जसमध्ये पुरूष ४८.५० प्रतिशत (१,२८,४९,०४१) र महिला ५१.५ प्रतिशत ,३६,४५,४६३) रहेका छन् । यस अनुसार लैंगिक अनुपात (Sex Ratio) ९४.१६ रहेको छ । जनसङ्याको वार्षिक वृद्धिदर पनि घट्दै गएको छ । २०५८ सालको जनगणनाले जनसङ्ख्याको वृद्धिदर २.२५ प्रतिशत देखाएको थियो भने २०६८ को जनगणनाले जनसङ्ख्या वृद्धिदर १.३५ प्रतिशत मात्र रहेको तथ्य प्रकाशमा ल्याएको छ ।
२०६८ सालको जनगणना अनुसार हिमाली क्षेत्रको जनसङ्ख्या १७,८१,७९२ (६.७३ प्रतिशत) छ भने पहाडी क्षेत्रको १,१३,९४,००७ (४३ प्रतिशत) र तराइको जनसङ्ख्या १,३३,१८,७०५ (५०.२७ प्रतिशत) रहेको छ । त्यसैगरी विकास क्षेत्र अनुसार पूर्वाञ्चलमा ५८,११,५५५ (२१.९३ प्रतिशत), मध्यमाञ्चलमा ९६,५६,९८५ (३६.४५ प्रतिशत), पश्चिमाञ्चलमा ४९,२६,७६५ (१८.६० प्रतिशत), मध्यपश्चिमाञ्चलमा ३५,४६,६८२ (१३.३९ प्रतिशत) रसुदूरपश्चिमाञ्चलमा २५,५२,५१७ (९.६३ प्रतिशत) जनसङ्ख्या रहेको तथ्य उक्त जनगणनाले देखाएको छ ।

जिल्लागत जनसङ्ख्या वितरणको लेखाजोखा गर्दा सबैभन्दा बढी काठमाडौँ जिल्लामा (१७,४४,२४०) रहेको छ भने त्यसपछि दोस्रो र तेस्रो स्थान क्रमशः मोरङ ( ,६५,३७०) र रूपन्देही (८,८०,१९६) ले ओगटेका छन् । अर्कोतर्फ, सबैभन्दा कम जनसङ्ख्या हुने ३ जिल्लाहरूमा क्रमशः मनाङ (६,५३८), मुस्ताङ (१३,४५२) र डोल्पा जिल्ला (३६,७००) पर्दछन् । नेपालमा सहरीकरणको प्रक्रिया बढ्दै गएको पाइन्छ । कूल जनसङ्ख्यामध्ये ४५,२३,८२० (१७ प्रतिशत) जनसङ्ख्या ५८ वटा नगरपालिकाहरूमा बसोबास गर्दै आएका छन् । काठमाडौँ महानगरपालिकाको जनसङ्ख्या १०,०३,२८५ छ । यस्तै जनसङ्ख्याको दृष्टिकोणले पोखरा उपमहानगरपालिका (२,६४,९९१) र\ ललितपुर उपमहानगरपालिका (२,२६,७२८) क्रमशः दोस्रो र तेस्रो ठूला सहरका रुपमा रहेका छन् ।

नेपालको साक्षरताको स्थितिमा पनि निकै प्रगति भएको पाइन्छ । २०६८ सालको जनगणनाअनुसार साक्षरता दर (५ वर्ष र सोभन्दामाथिको जनसङ्ख्या) ६५.९ प्रतिशत छ । १० वर्ष अगाडि साक्षरता दर ५४ प्रतिशत मात्रै थियो । यस्तै पुरुष साक्षरता दर ७५.१ प्रतिशत र महिला साक्षरता दर ५७ .४ प्रतिशत पुगेको छ । यसैगरी, साक्षरता दर पूर्वाञ्चलमा ६६.१२ प्रतिशत, मध्यमाञ्चलमा ६३.९२ प्रतिशत, पश्चिमाञ्चलमा ७०.९८ प्रतिशत, मध्यपश्चिमाञ्चलमा ६४.२१ प्रतिशत र सुदूरपश्चिमाञ्चलमा ६३.४८ प्रतिशत रहेको छ । जिल्लागत आधारमा काठमाडौँ जिल्ला ८६.३ प्रतिशत साक्षरता दरसहित पहिलो स्थानमा रहेको छ भने हुम्ला जिल्ला (४७.८ प्रतिशत) अन्तिम स्थानमा पर्न गएको छ ।
Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages