नेपालको पूर्वमध्य कालको इतिहास

२.४.५ पूर्वमध्य काल
जयदेव द्वितीयको शासनकालपछि उनका उत्तराधिकारीको रूपमा रहेका (अभिलेखमा उत्तराधिकारी भनी किटिएका) विजयदेवको शासन पनि नेपालमा निश्चित रूपले चलेको भने पाइन्छ । विजयदेवपछिका शासकहरूबारेमा सर्वसाधरणद्वारा राखिएका अभिलेख, हस्तलिखित ग्रन्थ, वंशावली अनुसार गुणकामदेव, मानदेव तृतीय, बलीराज, बलदेव, मानदेव चतुर्थ (८७७ ई.) का साथै राघवदेव (ई.स.८७९) राजा भएको पाइन्छ ।
Share:

२०७२ भदौ २ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोत्तर

१. भुकम्पपछिक भौतिक संरचनाको पुनर्निर्माणका लागि गठित पुनर्निर्माण प्राधिकरको प्रमुख कार्यकारी अधिकृत को नियुक्त भएका छन् ?
- प्रा. डा. गोविन्दराज पोखरेल
. आन्तरिक राजस्व विभागले चालु आ.. २०७२/७३ देखि करदाता शिक्षा कार्यक्रमलाई निजी क्षेत्रको सहभागितामा कुन कुन जिल्लामा नमुनाका रुपमा सञ्चालन गर्ने भएको छ ?
- कैलाली¸ बाँके¸ रुपन्देही¸ दाङ र काभ्रे
. वि.सं. २०७२ साउन २७ मा राजधानीमा सम्पन्न मोडल हन्ट नेपालमा उत्कृष्ट मोडलको उपाधि कस-कसले जिते ?
- समीर कुँवर राणा र अनिता नेपाली
. राष्ट्रिय युवापरिषद् ऐन¸ २०७२ कहिले जारी भएको हो ?
- वि.सं. २०७२ साउन २७
. अन्तर्राष्ट्रिय युवा दिवस कहिले मनाइन्छ ?
- अगष्ट १२ (सन् २०१५ अगस्ट १२ मा युवा नागरिक सहभागिता (Youth Civic Engagement)” अन्तर्राष्ट्रिय नारा एवं पुनर्निर्माणमा युवाको सार्थक सहभागिताभन्ने राष्ट्रिय नाराका साथ १६ औं अन्तर्राष्ट्रिय युवा दिवस भनाइयो ।)
. राष्ट्रिय जनसाङ्ख्यिक सर्वेक्षण¸ २०६८ अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेरका युवाहरुको जनसङ्ख्या कति प्रतिशत रहेको छ ?
- ४०.३ प्रतिशत
. निजामती कर्मचारीले स्थायी आवासीय अनुमति लिन वा त्यस्तो अनुमति प्राप्त गर्नका लागि आवेदन दिन नहुने व्यवस्था निजामती सेवा ऐनको कतिऔं संशोधनले गरेको हो ?
- वि.सं. २०७२/३/२९ मा भएको चौथो संशोधनले
. नेपालको मर्यादाक्रमअनुसार मुख्य सचिव कतिऔं स्थानमा रहेका छन् ?
- १३ औं (संवैधानिक निकायका प्रमुख¸ महान्यायाधिवक्ता¸ मुख्य सचिव¸ प्रधानसेनापति र संसद्का महासचिव मर्यादाक्रममा १३ औं स्थानमा रहेका छन् ।)
. नेपालको इतिहासमा कुन घटनालाई बस्नेत पर्व भनिन्छ ?
- भण्डारखाल पर्व
१०. द्वितीय विश्वयुद्धमा ब्रिटिस इन्डियाको सहयोगका लागि पठाइएको नेपाली सैन्य टोलीको नेतृत्व कसले गरेको थियो ?
- एकराजसमशेर र ब्रह्मसमशेर
११. क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो अञ्चल कर्णाली हो भने सबैभन्दा सानो अञ्चल कुन हो ?
- महाकाली
१२. सबैलाई माया गर¸ थोरै माथि विश्वास गर र हानि चाहिँ कसैलाई पनि नगर भन्ने विचारक को हुन् ?
- विलियम सेक्सपियर
१३. नेपालमा कागजपत्रमा मिति उल्लेख गर्दा तिथि र बार लेख्ने चलक कहिलेसम्म कायम थियो ?
- वि.सं. १९६१ माघ
१४. नेपालको कुन जातिलाई उराव भनिन्छ ?
- किसान
१५. नेपालमा जलवायु अनुकुल कतिवटा ऋतु रहेका छन् ?
- ६
१६. नेपालको प्रमुख खाद्यबाली कुन हो ?
- धान
१७... २०७१/७२ मा नेपालमा धान बालीको उत्पादन कति हुने अनुमान छ ?
- ४७ लाख ८८ हजार मेट्रिक टन
१८... २०७१/७२ को आर्थिक सर्वेक्षण अनुसार २०७१ फागुन मसान्तसम्म नेपालमा कुल कति जलविद्युत उत्पादन भएको छ ?
- ७८२.४५ मेगावाट
१९. निजामती किताब खानाका अनुसार वि.सं. २०७१ फागुन मसान्तसम्म निजामती सेवामा कार्यरत कर्मचारी कति रहेका छन् ?
- ८१¸९४३
२०. नेपालमा सेवा क्षेत्र अन्तर्गत कतिवटा सार्वजनितक संस्थान रहेका छन् ?
- ७
२१. नेपालमा हाल राष्ट्रिय निकुञ्जलगायत विभिन्न संरक्षित क्षेत्रले देशको कुन भू-भागको कति प्रतिशत क्षेत्रफल ओगटेको छन् ?
- २३.२३ प्रतिशत (३४¸१८६ बर्ग कि.मि.)
२२. वि.सं. २०७१ फागुनसम्म मुलुकभर सामुदायिक र संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरु कति छन् ?
- २¸९८¸०६९ (महिला :,०२,८५८ र पुरुष :,,२११)
२३. वि.सं. २०७१ फागुन मसान्तसम्म प्राथमिक तहको खुद भर्ना दर कति पुगेको छ ?
- ९६.२ प्रतिशत
२४. उद्योग कलकारखानाबाट निष्कासन हुने फोहोर मैला, खेतबारीमा प्रयोग गरिने रासायनिक मल तथा कीटनासक विषादी, ढल निकास एवं अन्य फोहोर बस्तु पानीका स्रोतहरुमा मिसिएर पानीको वास्तविक गुणमा प्रतिकुल असर पर्नुलाई के भनिन्छ ?
- जल प्रदुषण (Water Pollution)
२५. दक्षिण एसियाली मुलुकमा साना तथा मझौला उद्यमी (एसएमई) को क्षेत्रीय बैठक काठमाण्डौंमा कहिले सम्पन्न भयो ?
- वि.सं. २०७२ साउन ३०-३२ (सन् २०१५ अगस्ट १५-१७)
२६. प्रसिद्ध म्यान बुकर अन्तर्राष्ट्रिय पुरस्कार २०१५ बाट सम्मानित हुने स्रष्टा को हुन् ?
- हङ्गेरीका उपन्यासकार लाज्जो क्राज्नाहोरकाई
२७. प्रशान्त महासागरमा पानी तात्ने प्रक्रियालाई के भनिन्छ ?
- एल निनो
२८. नेपालमा राष्ट्रिय धान दिवस कहिलेदेखी मनाउन थालिएको हो ?
- वि.सं. २०६१
२९. गाई र कुखुराको एक समुहमा जम्मा खुट्टाहरुको सङ्ख्या जम्मा टाउकाको सङ्ख्याभन्दा दुई गुणा र १४ ले बढी छ भने त्यस समूहमा गाईको सङ्ख्या कति होला ?
- ७
३०. नेपाल संसारकै सबैभन्दा सुन्दर देशको साथसाथै विभिन्नताको देश पनि हो भन्न म कहिल्लै हिच्किचाउँदिन । भन्ने भनाइ कसको हो ?
- टोनी हेगन
३१. युरोपेली केन्द्रिय बैङ्कको मुख्यालय कुन देशमा रहेको छ ?
- जर्मनी
३२. हालसम्म राजाधानी सहरभन्दा बाहिर आयोजित सार्क शिखर सम्मेलन कुन-कुन हुन् ?

- दोस्रो र सत्रौं (भारतको बैङ्गलोर र माल्दिभ्सको अड्डु)
Share:

प्राचीन नेपालको इतिहास

२.४ प्रचीन नेपाल
नेपाली सभ्यताको इतिहासलाई केलाउँदा यहाँको प्राचीन इतिहास धेरै हदसम्म काल्पनिक र अतिरञ्जित भए तापनि मूल कुराहरू प्रमाणित भएका छन् । इसापूर्व हजारौँ वर्ष अगाडिदेखि नै प्राचीनकाल सुरू भएको मानिए तापनि ईश्वी संवत्को थालनी अघिसम्म नेपालको इतिहास स्पष्ट छैन । किरातकालपूर्वका ठोस ऐतिहासिक सामग्री प्राप्त हुन सकेका छैनन् । यस कालको राजनीतिक, आर्थिक, सामाजिक आदि कुराको बारेमा लिच्छविकालीन अभिलेखहरूबाट केही झलक पाइन्छ । ईश्वी संवत्को थालनीका साथै लिच्छविकाल सुरू भए पनि प्रमाणहरूका आधारमा ईश्वीको पाचौँ शताब्दीदेखि मात्र प्राचीन नेपालको इतिहास बढी विश्वासिलो बनेको पाइन्छ ।
Share:

नेपाल उपत्यकाको उत्पत्ति

२.३ नेपाल उपत्यकाको उत्पत्ति
लिच्छविकालभन्दा अघिको प्राचीन इतिहास भरपर्दो स्रोतहरूको अभावमा स्पष्ट हुन सकेको छैन । वंशावली र पुराणहरूको आधारमा मात्र यस युगको इतिहास अध्ययन गर्न सकिन्छ । ती ग्रन्थहरूमा भने नेपाल उपत्यका उत्पत्तिको सम्बन्धमा अनेक रोचक कथाहरूको वर्णन गरिएको छ । यस्ता स्रोतहरूले उल्लेख गरेअनुसार प्राचीन समयमा काठमाडौँ उपत्यका घना जङ्गले ढाकिएको थियो र यसको बीच भागमा विशाल सरोवर थियो । सो सरोवरमा नागहरूको निवासभएकोले यसलाई नागदह भनिन्थ्यो । यहाँ बेलाबखतमा विपश्वी बुद्ध, शिखी बुद्ध, विश्वभू बुद्ध, मञ्जुश्री बोधिसत्व, क्रकुच्छन्द बुद्ध जस्ता विभिन्न तपस्वीहरू आउने गर्दथे ।
विपश्वी बुद्ध
नेपाल उपत्यकामा आउने प्रथम महात्मा विपश्वी बुद्ध थिए । यिनी आफ्नो स्थायी निवास बन्धुमती नगरमा सत्ययुगमा नै यहाँ आएको विश्वास गरिन्छ । यहाँ आएर उनी नागार्जुन पर्वतमा बसे र केही समयपछि चैत्र शुक्ल पूर्णिमाको दिन नागदहको बीचमा कमलफूलको बीज रोपे । हिजोआज पनि चैत्र शुक्ल पूर्णिमाका दिन नागार्जुन पर्वतमा मेला लाग्दछ र यो विपश्वी बुद्धकै सम्झनामा लागेको मेला हो भन्ने विश्वास गरिन्छ ।
शिखी बुद्ध
विपश्वी बुद्धले रोपेको बीजबाट छ महिनापछि आश्विन शुक्ल पूर्णिमाको दिन एक अलौकिक फूल उत्पन्न भयो र त्यस फूलको बीचभागमा ज्योतिर्मय भगवान् स्वयम्भू प्रकट भए । यसरी मत्र्यलोकमा स्वयम्भू भगवान्को आगमनको खवर सुनेर अरूणपुरका शिखी बुद्ध यहाँ आएर स्वयम्भूको आराधना गर्दागर्दै केही कालपछि भगवानमा नै मिल्न गए । उनी आएर बसेको पर्वतलाई ध्यानोच्व पर्वत भनिन्छ । हरेक माघ १ गते त्यहाँ लाग्ने मेलालाई शिखी बुद्धको संस्मरणमा लगाइएको मेला मान्ने चलन छ ।
विश्वभू बुद्ध
यिनी त्रेतायुगमा यहाँ आएका थिए । नेपाल उपत्यकामा आएर धेरै फूल भएको पर्वत छानेर आफ्नो आश्रम बनाई बसे । उनी बसेको पहाड फूलोच्च नामले प्रसिद्ध भयो । यिनले नै पहिलोपल्ट उपत्यकाको पानी बाहिर जाने मार्गको बारेमा आफ्ना चेलाहरूलाई अवगत गराएका थिए ।
मञ्जुश्री बोधिसत्व
विश्वभू बुद्ध फर्केको केही वर्षपछि त्रेतायुगमा नै चीनबाट मञ्जुश्री बोधिसत्वको यहाँ आगमन भयो । यी मञ्जुश्री बोधिसत्वको बारेमा वंशावलीहरूले थुप्रै वर्णन गरेका छन् । उनले यहाँ आएर स्वयम्भूको दर्शन पाएपछि उपत्यकाको पानी बाहिर पठाउने विचार गरे । सरोवरको सम्पूर्ण भौगोलिक अध्ययन गरेर उनले कटुवाल नामक स्थानमा उपत्यकाको पानी जाने बाटो बनाई स्वयम्भूदेखि गुह्येश्वरीसम्मको एक विशाल सहरको निर्माण गराए । त्यसपछि उनले धर्माकर नामक व्यक्तिलाई नेपालको पहिलो राजा बनाए । मञ्जुश्री फर्केपछि उनका चेलाहरूले यस सहरको नाम नै मन्जुपतन राखे । मन्जुश्रीको नाममा हिजोआज श्रीपञ्चमीको दिन स्वयम्भुमा चैत्य मेला लाग्छ ।
क्रकुच्छन्द बुद्ध

मञ्जुश्री बोधिसत्व फिर्ता भएपछि क्रकुच्छन्द बुद्ध स्वयम्भू ज्योतिको दर्शनार्थ यहाँ आए । उनी यहाँ आएको बेला काठमाडौँमा पानीको अभाव देखेर गुह्येश्वरीसँग प्राथना गरे । सो प्राथना सुनेर गुह्येश्वरीले शिवपुरीबाट बाग्मती पैदा गरिन् भनेर वशांवलीहरूले उल्लेख गरेको पाइन्छ । यी बुद्धले नेपालका राजा धर्मकार निःसन्तान भएकाले उनीपछि धर्मपाललाई यहाँको राजा बनाएको कुरा पनि वंशावलीमा उल्लिखित छ ।
राजा धर्मपालपछि उनकै वंशज सुधन्वाले त्रेतायुगको अन्तसम्म नेपाल उपत्यकामा शासन गरे । उनी सीताको स्वयंवरमा जनकपुर जाँदा जनकका भाइ कुशध्वजद्वारा मारिएको कथा वंशावलीमा वर्णित छ । त्यसपछि केही समय नेपाल मिथिलाको नियन्त्रणमा रह्यो ।

द्वापरयुगको अन्ततिर गौड देशका राजा प्रचण्डदेव स्वयम्भू र गुह्येश्वरीको दर्शनार्थ नेपाल आएको बेलामा स्वयम्भूको समीपमा वसुपुर, अग्निपुर, वायुपुर, नागपुर र शान्तिपुर नामका पाँच कुटीहरूको निमार्ण गरेको तथा कलियुग आएको थाहा पाई कलियुगी मानव स्वयम्भू ज्योतिको दर्शन गर्न असमर्थ रहनेछन् भन्ने विश्वासमा उनले स्वयम्भू ज्योतिलाई पत्थरले ढाकी त्यसमाथि एक चैत्य खडा गरेको कथा वंशावलीमा उल्लेख छ । सो समयमा उपत्यकाको राजगद्दी खाली भएको हुँदा उनै प्रचण्डदेवका छोरा शक्तिदेवले यहाँ आफ्नो नियन्त्रण कायम गरे । वंशावलीहरूमा उनीपछि गुणकामदेव, शक्तिदेव तथा सिंहल आदिले यहाँको राजपाट सम्हालेको कुराको उल्लेख गरिएको छ ।
Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages