भ्रष्टचार नेपाली समाजको एक प्रमुख समाजिक समस्या हो । यसले सामाजिक जीवन र आर्थिक विकासमा पारेको प्रभाव छोटकरीमा प्रस्तुत गर्नुहोस् ।



      सार्वजनिक पद अधिकार एवं सम्पतिको दुरुपयोग गरी व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने कार्य भ्रष्टाचार हो । भ्रष्टाचार मुलुकको समग्र विकासको बाधक हो । यसले हरेक क्षेत्रमा नकारात्मक प्रभाव पार्दछ । यसले सामाजिक जीवन र आर्थिक विकासमा पारेको प्राभावलाई निम्मानुसार प्रस्तुत गर्न सकिन्छ :

सामाजिक जीवनमा पारेको प्रभाव

·         समाजमा धनी र गरिबवीचको अन्तर बढ्दै गएको
·         सामाजिक मूल्य मान्यता एवं अनुशासनमा ह्रास ल्याएको
·         व्यक्तिमा अनावश्यक खर्च गर्ने प्रवृत्ति बढाएको
·         इमान्दार एवं सदाचार व्यक्ति ओझेलमा परेको

आर्थिक विकासमा पारेको प्रभाव

·         विकास आयोजना तोकिउको समय लागत र गुणस्तरमा सम्पन्न हुन नसकेको
·         आर्थिक बृद्धिदर उच्च दिगो फराकिलो एवं न्यायिक हुन नसकेको
·         बेरोजगारी एवं गरिवी बढ्दै गएको
बस्तु तथा सेवाको उत्पादन एवं उत्पादकत्वमा ह्रास ल्याएको


Share:

राष्ट्रिय युवा नीति‚ २०६६ ले लिएका उद्देश्यहरु के के हुन् ? लेख्नुहोस् ।


      राष्ट्रिय युवा नीति‚ २०६६ ले लिएका उद्देश्यहरु निम्न छन् :

१. राष्ट्र निर्माण एवं राष्ट्रिय विकासमा युवाहरुको भूमिका र सम्भाव्यताको विकास र विस्तार गर्ने‚

२. युवाहरुलाई राष्ट्र‚ राष्ट्रियता‚ जनता र सङ्घीय लोकतान्त्रिक गणतन्तप्रति समर्पित र प्रतिवद्ध बनाउँदै उत्तरदियत्व र जवाफदेही भावनामा बृद्धि गर्ने‚

३. युववर्गमा सिर्जनशीलता‚ उद्यमशीलता र नवोन्वेशी (Innovative) क्षमताको विकास गरी विकासको आधारभूत शक्तिको रुपमा विकास गर्ने र उनीहरुमा रहेको अन्तर्निहित क्षमता उजागर गर्ने‚

. श्रमप्रति सम्मान गर्ने संस्कृतिको विकास गर्दै युवाहरुको शारीरिक मानसिक बौद्धिक नैतिक तथा संवेगात्मक पक्षको समुचित विकास गरी उच्च मनोबलयुक्त नैतिकवान सुसंस्कृत सिर्जनशील तथा व्यवसायिक रुपमा दक्ष युवा तयार गर्ने

५. युवाहरुका आधारभुत अधिकारहरुलाई सुनिश्चित गर्दै उत्पादनशील स्रोतहरुमा युवा वर्गको अर्थपूर्ण सहभागिताको माध्यमबाट नेतृत्व क्षमता विकास गरी युवाहरुलाई राष्ट्रिय विकासको संवाहक शक्तिका रुपमा स्थापित गर्ने‚

. शिक्षा आर्जनको क्रममा रहेका तथा समाजमा आफ्नो पहिचान स्थापित गर्ने संवेवदनशील अवस्थामा रहेका युवाहरुको शिक्षा रोजगारी वृत्तिलगायतका वैयक्तिक एवं सामाजिक विकासमा सघाउ पुर्‍याउने


. प्राथमिकताको समूह तथा विशेष प्राथमिकताको समूहमा परेका युवाहरुलाई सकारात्मक विभेदको माध्यमबाट सशक्तिकरण गरी विकासको मूल प्रवाहमा ल्याउने । 
Share:

मिति २०७२ असार २ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोतरहरु


. टर्कीको बोडरुममा हालै (सने २०१५ जुनमा) सम्पनन्न अन्तर्राष्ट्रिय बाल सौन्दर्य प्रतियोगिता लिटिल मिस एन्ड मिस्टर वर्ल्ड २०१५ मा मोस्ट ट्यालेन्ट र फोटो मोडल अफ दि वर्ल्ड अवार्ड गरी दुईवटा उपाधि जित्न सफल नेपाली को हुन् ?
- दस बर्षिय मेघिका काप्री
२. मर्स ( मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम) सङ्क्रमणबाट हालै कुन देशमा दर्जनौ मानिसको ज्यान गएको छ ?
- दक्षिण कोरिया
३. १८ औं तलोत्तम गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ?
- रुपन्देही -११
४. राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका संस्थापक एवं पूर्व मन्त्री पद्म सुन्दर लावतीको ७६ बर्षको उमेरमा कहिले निधन भयो ?
- वि.सं. २०७२ जेठ २७
५. संविधान निर्माणका विवादित विषयमा प्रमुख चार राजनीतिक दलवीच १६ बुँदे सहमतिपत्रमा कहिले हस्ताक्षर भएको छ ?
- वि.सं. २०७२ जेठ २५ गते
६. हाल विश्वकै ठूलो प्रविधि कम्पनी एवं मूल्यवान ब्राण्ड कुन बनेको छ ?
- एप्पल
७. विश्वको सबैभन्दा पुरानो राष्ट्रिय गान भएको देश कुन हो ?
- जापान
८. इतिहास शिरोमणि भनी कसलाई चिनिन्छ ?
- बाबुराम आचार्य
९. संवैधानिध परिषद्ले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा कसलाई सिफारिस गरेको छ ?
- कल्याण श्रेष्ठ
१०. क्यानसर रोगलाई नेपालीमा के नामले चिनिन्छ ?
- अर्बुद रोग
११. कुन फलबाट बिजुली निकाल्न सकिन्छ ?
- स्याउ
१२. राणाकालीन प्रशासनमा परराष्ट्र मामिलासम्बन्धी कार्य कुन निकायले गर्थ्यो ?
- मुन्सीखाना
१३. तेर्हौ योजना (२०७०/७१-२०७२/७३) का अनुसार देशको सर्वाङ्गीण विकासका लागि पर्याप्त जलविद्युत उत्पादन गरी कहिलेसम्म जलविद्युतमा आत्मनिर्भर हुनुका साथै जलविद्युत निर्यात गर्ने दीर्घकालीन सोच रहेको छ ?
- सन् २०२७
१४. नेपालको कुन धार्मिक स्थललाई हरिहर क्षेत्र भनी चिनिन्छ ?
- देवघाट
१५. मौलिक हकका सन्दर्भमा नेपालको अन्तरिम संविधान २०६३ ले कस्तो नागरिकलाई आधारभुत स्वास्थ्य सेवा निःशुल्क रुपमा पाउने व्यवस्था गरेको छ ?
- प्रत्येक नागरिक
१६. वातावरण क्षेत्रमा PPP भन्नाले के बुझिन्छ ?
- Polluter Pays Principle
१७. वातावरणमा रहेका सम्पूर्ण जैविक तथा अजैविक (Biotic and Abiotic) अबयबहरु वीचको अन्तरक्रिया वा अन्तरसम्बन्धमा प्रत्यक्ष वा अप्रत्यक्षरुपले परिवर्तन गरी वातावरणमा ह्रास ल्याउने‚ क्षति पुर्‍याउने वा वातावरणको लाभदायी वा उपयोगी प्रयोजनमा हानि-नोक्सानी पुर्‍याउने प्रक्रियालाई के भनिन्छ ?
- वातावरण प्रदुषण
१८. नेपालसँग दौत्य सम्बन्ध कायम भएको पहिलो अफ्रिकी राष्ट्र कुन हो ?
- इजिप्ट (सन् १९५७ जुलाई १६)
१९. प्रथम विश्वयुद्धमा बेलायत सरकारद्वारा प्रदान गरिने उच्च सैनिक पदक भिक्टोरिया क्रस पाउने पहिलो नेपाली को हुन् ?
- कुलवीर थापा
२०.नेपाल १४ अञ्चल ७५ जिल्लामा विभाजन हुनुअघि कति जिल्लामा विभाजित थियो ?
- ३५
२१. स्थानीय स्वायत्त शासन ऐन‚ २०५५ अनुसार महानगरपालिका हुनका लागि कम्तीमा ३ लाख जनसंख्या हुनपर्छ भने बार्षिक आय कति हुनपर्ने प्रावधान छ ?
- रु. ४० करोड
२२. नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज (क्षेत्रफल ३५५५ व.कि.मि.) हो भने सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज कुन हो ?
- रारा राष्ट्रिय निकुञ्ज (क्षेत्रफल १०६ व.कि.मि.)
२३. नेपालमा हाल कति प्रकारका संरक्षित पन्छीहरु रहेका छन् ?
- ९
२४. सम्पूर्ण जीवजन्तुहरुले श्वासप्रश्वासका लागि अक्सिजन लिने र कार्वनडाइअक्साइड छाड्ने तथा उक्त कार्वनडाइअक्साइडलाई बोटबिरुवाले खाना बनाउनका लागि लिई अक्सिजन हावामा उत्सर्जन गर्ने प्रक्रियालाई के भनिन्छ ?
- अक्सिजन चक्र
२५. भित्री ग्रह (Inner Planets) अर्थात सूर्यको नजिकका ग्रह भनेर कुन-कुन ग्रहलाई चिनिन्छ ?
- बुध‚ शुक्र‚ पृथ्वी‚ मंगल
२६. आर्थिक विकास र प्रशासनसँग सम्बन्धित CEDA को पूरा रुप के हो ?
- Center for Economic Development Administration
२७. "सक्छौ भने सधै हाँस । हाँसो नै सबैभन्दा सस्तो र उपयोगी औषधि हो ।" भन्ने विचारक को हुन् ?
- लर्ड वाइरन‚ अङ्ग्रेजी कवि
२८. अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको कहिले निधन भयो ?
- वि.सं. २०७२ जेठ २९ गते
२९. ज्वालामुखी मुख्यतया कति किसिमको हुन्छ ?
- ३ ( जागृत‚ मृत र सुसुप्त ज्वालामुखी)
३०. सरकारले काठमाण्डौं उपत्यकालाई एक बर्षका लागि सङ्कटग्रस्त क्षेत्र कहिले घोषणा गर्‍यो ?
- वि. सं. २०७२ जेठ ३१
३१. सरकारले वि. सं. २०७२ जेठ ३१ मा राष्ट्रिय पुनः निर्माण कोषमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने उद्देश्यका साथ विशेष दुतका रुपमा कसलाई नियुक्त गर्‍यो ?
- एनआरएन अध्यक्ष शेष घले
३२. नेपालमा पहिलो ग्रामिण सूचना केन्द्र कहाँ स्थापना गरिएको थियो ?
- पर्वत
३३. चीनको ह्वाङ हो नदिपछि विश्वकै सबैभन्दा बढी बालुवा बोक्ने नदी कुन हो ?
- कोसी
३४. नेपालको कुन प्रसिद्ध ताललाई बैदाम ताल पनि भनेर चिनिन्छ ?
- फेवाताल
३५. नेपालको आदिवासी चरित्रको सबैभन्दा पुरानो जाति कुनलाई मानिन्छ ?
- राउटे
३६. किवी फललाई नेपालमा के नामले चिनिन्छ ?
- ठेकी फल
३७. नेपालका बराबर क्षेत्रफल भएका जिल्ला कुन-कुन हुन् ?

- रामेछाप र तनहुँ (१५४६ ब.कि.मि.) तथा बर्दिया र डोटी (२०२५ ब.कि.मि.)
Share:

प्रहरी जवानमा ३४२ पद भर्ना खुल्यो (विज्ञापन सहित)

नेपाल प्रहरीको जवान पदका लागि भर्ना आह्वान गरिएको छ । प्रहरीमा विभिन्न कारणबाट रिक्त रहेको प्रहरी जवान पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पूर्ति गर्नुपर्ने भएकोले भर्ना आह्वान गरिएको प्रहरी प्रधान कार्यालयले आज जारी गरेको सुचनामा उल्लेख छ । 


सुचना अनुसार खुल्ला तर्फ १८४ र आरक्षण तर्फ अमर प्रहरीबाट ७, आदीबासी जनजातीबाट ४८, मधेसीबाट ४२ महिलाबाट ३० दलितबाट २३ तथा पिछपिएको वर्गबाट ८ गरी जम्मा ३४२ जना माग गरिएको छ ।

इच्छुक उम्मेद्धारले आगामी साउन ४ गतेभित्र दरखास्त दिनुपर्ने छ भने दरखास्त फारम पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र, रानी विराटनगर, मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र, भरतपुर, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, बुटवल, मध्य पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, नेपालगंज , सुदूर पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, दिपायल, महानगरीय प्रहरी परिसरहरु काठमाण्डौं, भक्तपुर र ललितपुर र सबै जिल्ला प्रहरी कार्यालयहरुमा पाइने छ ।

आठ वा सो सरह उत्तीर्ण भई १८ वर्ष उमेर पूरा भई २३ वर्ष ननाघेको योग्य उम्मेदवारले दरखास्त दिन सक्नेछन् ।


Share:

विज्ञान सम्बन्धि केही बस्तुगत प्रश्नोत्तरहरु


. पिण्डको cgs एकाइ के हुन्छ ?
- g (gram)
२. जुल एकाइमा तलका मध्ये कुन भौतिक नापलाई नापिन्छ ?
क) कार्य (work)     ख) शक्ति (Energy)  ग) क र ख दुवै            घ) कुनै पनि होइन
- ग) क र ख दुवै
३. एकाइ समयमा भेलोसिटिमा परिवर्तन हुने भौतिक नाप के हो ?
- प्रवेग
४. परमाणुको व्यास कति हुन्छ ?
- 10-10m
५. विद्युत अवरोधलाई कुन एकाइमा नापिन्छ ?
- ओहम
६. आवृत्ति (Frequency) को एकाइ कुन हो ?
- हर्ज (HZ)
७. प्रकाशको Luminous Intensity लाई कुन एकाइमा नापिन्छ ?
- Candela (cd)
८. १ पाउण्ड बराबर कति ग्राम हुन्छ ?
- 454 Gram
९. १ माइल दुरी बराबर कति कि.मि हुन्छ ?
- 1.609 Km.
१०. सरल रेखामा एक समयमा भेलिसिटि परिवर्तन गर्ने भौतिक नापको नाम के हो ?
- प्रवेग
११. पदार्थको इनर्सिया के मा निर्भर गर्छ ?
- पिण्ड
१२. चालको कुन नियमले बलको परिभाषा दिन्छ ?
- पहिलो नियम
१३. एउटा २०० ग्राम पिण्डको बस्तुमा १० न्युटन बल लगाउँदा कति प्रवेग उत्पन्न हुन्छ ?
- 50 m/s2
१४. एउटा कारको मेलोसिटि 10m/s छ । यो तलको कुन भेलोसिटी सँग बराबर हुन्छ ?
a) 6km/hr   b) 60km/hr  c) 36km/hr  d) 600km/hr
- c) 36km/hr
१५. तलको
कुन सुत्र बस्तुले पार गरेको दुरी पत्ता लगाउँन प्रयोग गरिन्छ ?
a) s = u+v/2 x t
b) s = ut +1/2 at2
c) S = v2-u2 / 2a
d) All
- d) All
१६. उत्तोलकको सिद्धान्त कुन हो ?
- तौल x तौलबाहु = बल x बलबाहु
१७. बन्दुकबाट छोडिएको गोलीमा काइनेटिक शक्ति हुन्छ भने बाँधमा जम्मा गरेको पानीमा कुन शक्ति हुन्छ ?
- पोटान्सियल शक्ति
१८. Yellow Cake के लाई भनिन्छ ?
- यूरेनियम
१९. मानिसमा मलेरिया परजिवी खोज गर्ने बैज्ञानिक को हुन् ?
- चार्ल्स लैवरन
२०. १० किलो ग्राम पिण्ड भएको बस्तुलाई १० मिटर माथि तान्न कति जुल कार्य हुन्छ ?
- १००० जुल
२१. भकुण्डो हान्न उचालेकव गोडामा कुन शक्ति हुन्छ ?
- स्थिरशक्ति
२२. सामर्थ्य बढी भएको यन्त्रमा कस्तो गुण हुन्छ ?
- काम छिटो गर्न सक्ने
२३. ढुङ्गा उचाल्दा त्यसमा ...................  सञ्चित हुन्छ ।
- स्थिर शक्ति
२४. गुलेली चलाउँदा कुन शक्ति हुन्छ ?
- पोटेन्सियल
२५. सूर्यबाट पृथ्वीसम्म प्रकाश आइपुग्न कति सेकेण्ड लाग्छ ?
- ५०० सेकेण्ड
२६. आपतित किरणले समतल ऐनाको सतहसँग 300 को कोण बनाउँदा परावर्तित कोण कति हुन्छ ?
- 600
२७. ३.३ मिटर तरङ्ग लम्बाइ भएको ध्वनिको गति ३३० मि.से भए आवृत्ति कति हुन्छ ?
- १०० हर्ज
२८. हावामा ध्वनिको वेगलाई कुनले असर गर्दैन ?
- चाप
२९. कुन ध्वनिको तीक्ष्णता बढी हुन्छ ?
- मसिनो तारबाट निस्कने ध्वनि
३०. कुन सेलले प्रकाश शक्तिलाई विद्युत शक्तिमा रुपान्तरण गर्छ ?
- फोटोसेल
३१. एमिटर ................ नाप्न प्रयोग गरिन्छ ?
- करेन्ट
३२. ड्राइसेलको Negative terminal मा कुन धानु प्रयोग गरिन्छ ?
- Zinc
३३. भोल्टमिटर के नाप्न प्रयोग गरिन्छ ?
- p.d
३४. विद्युत विच्छेदन गर्दा सेलको धनात्मक ध्रुवमा जोड्ने धातुलाई के भनिन्छ ?
- एनोड
३५. आयोनिक पदार्थहरु कस्तो घोलकमा घुल्छ ?
- ध्रुविय घोलक













Share:

नेपालको योजनाबद्ध विकासमा नतिजामूलक व्यवस्थापनको प्रयोग

–श्यामप्रसाद भण्डारी
१. विषय प्रवेश
योजनावद्व विकासले मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि सीमित श्रोत साधनको समुचित परिचालन गरी तोकिएको अवधिमा निर्दिष्ट लक्ष्यहरु हासिल गर्न प्रयास गर्दछ । नतिजामूलक व्यवस्थापनले योजनाले निर्दिष्ट गरेका लक्ष्यहरुलाई नतिजा मानी सोको प्राप्तिका लागि व्यवस्थापनलाई परिचालित गर्दछ । नतिजामूलक व्यवस्थापनको पहिलो शर्तनै योजनामार्फत नतिजा हासिल गर्नु हो । योजनावद्ध विकास एवं नतिजामूलक व्यवस्थापन परिवर्तन तथा विकास व्यवस्थापनका प्रमुख माध्यम हुन् । यिनीहरुकै माध्यमबाट समग्र मुलुकको आर्थिक तथा सामाजिक विकास एवं अपेक्षित नतिजा हासिल गर्न सकिन्छ । नतिजा केन्द्रित व्यवस्थापनले योजनाका निर्दिष्ट लक्ष्यहरुलाई पूर्व निर्धारित समय, लागत, गुणस्तर र परिमाणमा हासिल गर्न सहयोग पुर्‍याउँछ । यसै तथ्यलाई आत्मसाथ गरी सार्वजनिक व्यवस्थापनमा नतिजामूलक व्यवस्थापन (Result based Management) लाई आत्मासाथ गरिएको हो । नेपालको योजनाबद्ध विकासमा नतिजामूलक व्यवस्थापनको प्रयोग दशौं योजनादेखि योजनाले लिएको गरिबी निवारणको एकमात्र उद्धेश्य पूरा गर्न नतिजा तालिका (Result Matrix) को प्रयोगबाट सुरु भएको हो । तीन वर्षीय अन्तरिम योजना (एघारौं योजना) मा पनि यो क्रम निरन्तर रह्यो । तर आ.व.२०६७।०६८ देखि २०६९।०७० सम्म कार्यान्वयनमा आएको त्रिवर्षीय योजनामा भने यसले निरन्तरता पाउन सकेन । हाल आ.व.२०७०।७१ देखि कार्यान्वयनमा आएको तेह्रौं योजनालाई नतिजामूलक बनाउने कार्य भइरहेको छ । प्रस्तुत लेखमा नेपालको योजनावद्व विकासमा नतिजामूलक व्यवस्थापनको प्रयोग, नतिजामूलक व्यवस्थापनका आधार एवं विविध औजारहरु, हालसम्मका प्रयास, देखिएका समस्या र समाधानका उपायहरुको बारेमा संक्षेपमा विवेचना गरिएको छ ।
Share:

सिसि टिभिबाट कैद गरिएका केही भुकम्पका दृश्यहरु

२०७२ बैशाख १२ गते शनिबार नेपालको विभिन्न स्थानलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी धेरैले ज्यान गुमाइसकेका छन् । यसले हजारौं घर भत्काएको छ भने हजारौं घाइते छन् । यो वि.स. १९९० सालपछि नेपालमा आएको सबैभन्दा ठूलो भूकम्प हो । पटक पटक गएको भूकम्पले त्रसित सर्वसाधारण आफ्नो घरमा समेत सुत्न सकेनन् । शनिबार रातिदेखि राजधानीसहित भूकम्प प्रभावित जिल्लाका जनताले घर बाहिर खुला स्थानमा रात बिताए । केहीले मोबाइल र क्यामेरामार्फत भूकम्पका दृश्य र भिडियो कैद गर्न भ्याए । राजधानीका विभिन्न स्थानमा राखिएको सीसीटीभीमा पनि भूकम्पका दृश्यहरु कैद भएका थिए । नेपाल प्रहरीको पहुँचमा रहेका ति सीसीक्यामेरामा कैद भूकम्पका भिडियो यहाँ संकलन गरिएको छ । 
 


टुँडिखेल नजिकैको आकाशेपुल यसरी भत्कियो 




त्रिपुरेश्वरमा यसरी ढल्याे सालिक 




दरबारमार्गमा यस्तो दृश्य देखियो 





Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages