केही बस्तुगत प्रश्नोत्तरः खरिदार बिषेश



१. विश्व स्काउट सङ्गठनद्वारा प्रदान गरिएको ब्रोन्ज बल्फ अवार्ड बाट सम्मनित हुने नेपाली को हुन् ?
- श्रीराम लामिछाने (नेपाल स्काउटका सल्लाहकार तथा पूर्वप्रमुख आयुक्त सन् १९३५ मा स्थापना गरिएको सो पुरस्कार पाउने लामिछाने पहिलो नेपाली हुन् ।)
२. हाल नेपालसँग हवाई सेवा सम्झौता भएका राष्ट्र सङ्ख्या कति पुगेको छ ?
- २८ (३७ औं राष्ट्रः भियतनाम र ३८ औं राष्ट्रः न्युजिल्याण्ड)
३. साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा) द्वार प्रदान गरिएके सर्टिफिकेट अफ मेरिट्सबाट सम्मानित हुने बीमा कम्पनी कुन हो ?
- एलएलजी इन्स्योरेन्स

४. कास्कीका नौवटा ताल रामसार सूचीमा कहिले सुचीकृत भएका हुन् ?
- वि.सं. २०७२ माघ १९ (सन् २०१६ फेब्रुअरी २) पोखराका फेवा रुपा बेगनास खास्टे कमलपोखरी गुड्डे नेउरेली दिपाङ र मैदीताललाई रामसारले सामूहिक रुपमा रामसार सूचीकृत गरेको ‍औपचारीक प्रमाणपत्र २०७२ माघ १९ (सन् २०१६ फेब्रुअरी २) मा प्रदान गरेको हो । सन् १९८७ मा कोशीटप्पु बन्यजन्तु आरक्षलाई रामसार क्षेत्र घोषणा गरिएको र सोही समयदेखि नेपाल रामसार महासन्धिमा प्रवेश गरेको हो । सन् १९७१ मा इरानको रामसार सहरमा सम्पन्न अन्तरसरकारी महासन्धिले अन्तर्राष्ट्रिय महत्वका सीमसार क्षेत्रको संरक्षण केही प्रावधान राख्दै गरेको सन्धिलाई रामसार महासन्धिका रुपमा चिनिन्छ ।
५. जिका भाइरस कुन प्रजातिको लामखुट्टेको टोकाइबाट सर्दछ ?
- एडिल एजिप्टाई
६. १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता भारतको सिल्लोङ र गुवाहाटीमा कहिले सुरु भयो ?
- सन् २०१६ फेब्रुअरी ५ (सासगको इतिहासमा पहिलोपटक दुई सहरमा प्रतियोगिता सञ्चालन गरिएको । १२ ‍औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई पहिलो स्वर्ण पदक उसुकी निमा घर्तीमगरले दिलाएकी छन् । त्यसैगरी १२ ‌औं सागमा नेपाललाई पहिलो पदक दिलाउने खेलाडी देवी चौधरी भारोतोलनमा कास्य पदक हुन भने दोस्रो खेलाडी विकास थापा भारोतोलनमा रजत पदक हुन् ।)
७. निपलसन नामक व्यवस्थापन कम्पनीका अनुसार विश्वव्यापी मनोवल सुचकमा विश्वकै सबैभन्दा बढी आशावादी उपभोक्ता कुन देशका रहेका छन् ?
- भारत (विश्वव्यापी मनोवल सूचकको दोस्रो स्थानमा फिलिपिन्स तथा तेस्रो स्थानमा इन्डोनेसिया रहेको ।)
८. चौधरी ग्रुपका संस्थापक एवं उद्योगी लुनकरणदास चौधरीको निधन कहिले भयो ?
- वि.सं. २०७२ माघ २१
९. नेपालमा सबैभन्दा बढी चरा पाइने स्थान कुन हो ?
- अरुण उपत्यका
१०. कुन पर्वत क्षेत्रलाई मोडदार पर्वत क्षेत्र भनी चिनिन्छ ?
- महाभारत पर्वत
११. मोडदार पहाडको माथि उठेको भागलाई प्रतिनति भनिन्छ भने तल भासिएको भागलाई के भनिन्छ ?
- सन्नति
१२. अपराधिलाई आर्थिक दण्ड दिने चलन कसले चलाएका थिए ?
- जयस्थिति मल्ल
१३. मध्यकालमा सुदुरपश्चिममा बाइसे राज्य थिए भने मध्य क्षेत्रमा कस्ता राज्य थिए ?
- चौविसे राज्य
१४. नेपालमा कागजी नोटको प्रचलन कसको पालादेखि सुरु भएको हो ?
- जुद्ध शमशेर
१५. शाहबंशको इतिहासमा दुईपटक राज्यारोहण गर्ने व्यक्ति को हुन् ?
- ज्ञानेन्द्र शाह
१६. साधु सन्तले बाल्ने अग्निलाई के भनिन्छ ?
- धुनी
१७. राम र सितावीच कस्तो विवाह भएको थियो ?
- पराक्रम विवाह
१८. हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी मध्ये उन्नत समूह मा पर्ने जनजाती कुन हो ?
- थकाली
१९. थकाली जातिको बाहुल्य होटल व्यवसायमा रहेको छ भने शेर्पा जातिको बाहुल्य के मा रहेको छ ?
- पर्यटन (हिमाल आरोहण)
२०. नेपालको पुर्वी तराईमा बोलिने झाँगड भाषा कुन परिवारअन्तर्गत पर्दछ ?
- द्रविड
२१. प्राचिनकालको रामचरित्र मानस र आधुनिक कालको कृष्णायन कुन भाषाका प्रसिद्ध महाकाव्य हुन् ?
- अवधि
२२. काठमाण्डौं उपत्यकामा सबैभन्दा बढी कुन शैलीका मन्दिर रहेका छन् ?
- प्यागोडा
२३. काठको प्रयोग गरी विभिन्न मुर्ति भाँडा एवं झ्यालढोका टुँडाल फर्निचर आदि निर्माण सम्बन्धी कलालाई के भनिन्छ ?
- काष्ठकला
२४. नेपालमा काष्ठकलाको उच्चतम् विकास कुन कालमा भएको मानिन्छ ?
- मल्ल कालमा
२५. ‍औधोगिक नीति २०६७ अनुसार औधोगिक व्यवसायलाई उत्पादन प्रकृति तथा सेवाको आधारमा कति प्रकारमा वर्गीकरण गरिएको छ ?
- ९
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages