मिति २०७२ असार १६ गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी बस्तुगत प्रश्नोतरहरु


. भूकम्पपछिको पुननिर्माणका लागि सरकारद्धारा आयोजित नेपालको पुननिर्माणका लागि अन्तराष्ट्रिय सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ? 
वि.सं २०७२ असार १० काठमाडौं 
. नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिवमा को नियुक्त भएका छन् ?
केशवकुमार बिष्ट 
. अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको अध्यक्षमा कसलाई चयन गरिएको छ ? 
जाहिर अब्बास ( पाकिस्तान ) 
. सार्वजनिक खरिदसम्बन्धी सम्पूर्ण कामकारबाही कहिलेदेखी विद्युतिय माध्यमबाट गरिने भएको छ ? 
वि.सं २०७२ साउन १ 
. समाज सेवाका क्षेत्रमा विश्वसामु छाप छोड्न सफल मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मलाको निधन कहिले भयो ? 
वि.सं २०७२ असार ८ 
. अन्तराष्ट्रिय ओलम्पिक दिवस कहिले मनाउने गरिन्छ ? 
जून २३ 
. हामी हाम्रा विचारले बनेको हुन्छौ,हामी जे सोच्छौ, त्यही बन्छौ,जब दिमाग पवित्र हुन्छ,तब आनन्दले छायाले जस्तै पछ्याउँछ । भन्ने विचारक को हुन् ?
गौतम बुद्ध 
. सन् २०१५ जून २२ मा पेरिसस्थित युनेस्कोले मुख्यालय कसको मूर्ति स्थापना गरिएको छ ? 
गौतम बुद्ध 
. प्रशासन सुधारका सम्बन्धमा गठित पहिलो आयोग कुन हो ? 
बुच कमिसन २००९ 
१०. ५८ बर्षको उमेरमा खेलकुदतर्फको व्यायाम क्षेत्रमा सिट अप विधामा एक र चिन अफ बिधामा चार गरी पाँचवटा राष्ट्रिय रेर्कड राख्न सफल व्यक्तित्व को हुन् ?
रामचन्द्र खनाल 
११. नेपाललाई कहिलेसम्ममा अल्पविकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रको सूचीमा स्तरोन्नती गर्ने लक्ष्य छ ? 
सन् २०२२ 
१२. प्रसिद्ध पर्यटकीय स्थल पुनहिल कहाँ पर्दछ ? 
म्याग्दी 
१३. नेपाल भूकम्पीय जोखिमका हिसाबले विश्वको ११ औ स्थापनमा रहेको छ भने बाढीपहिलो अर्थात पानीजन्य प्रकोपबाट हुने जोखिमका हिसाबले कति औं स्थानमा रहेको छ ? 
३० औं 
१४. हेफर इन्टरनेशलनद्वारा स्थापित अन्तर्राष्ट्रियस्तरको स्वर्णिम प्रतिभा पुरस्कार २०१४ बाट सम्मानित हुने नेपाली महिला को हुन्
दिलकुमारी पौडेल टीटीहीरीया- ९ बाँके
१५. सन् २०१५ जूनमा फ्रान्समा सम्पन्न ८० किलोमिटर दुरीको अल्ट्रा म्याराथनमा प्रथम स्थान हासिल गर्न सफल नेपाली महिला को हुन्
मीरा राई भोजपुर
१६. अमेरीकामा समलिंगी विवाहलाई कानुनी मान्यता कहिले प्रदान गरिएको छ
सन् २०१५ जून २६
१७. आर्थिक संकटको चपेटामा परेको ग्रिसमा युरोपेली देशलगायत अन्य ऋणदाताबाट प्रस्तावित राहत प्याकेज सम्झौताबारे कहिले जनमत संग्रह गरिने भएको छ
सन् २०१५ जुलाई ५
१८. परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७२ असार १३ मा सार्वजनिक प्राविधिक एसएलसी परीक्षाको परिक्षाफल अनुसार सबैभन्दा विशिष्ट अर्थात ए पल्स ल्याउने ‍विद्यार्थी कति रहेका छन्
२१५ जना
१९. कर्णाली अञ्चलको जुम्ला जिल्लामा (तिनसय सय्याको) आत्याधुनिक सुविधासहितको शिक्षण अस्पतालको शिलन्यास कहिले गरियो
वि.सं. २०७२ असार १२
२०. सगरमाथाको महत्वलाई उजागर गरी अन्तर्राष्ट्रिय स्तरमा नेपालको साहसिक र अद्वीतिय पर्वतीय पर्यटनको छवि उच्च राख्न २९ मे लाई कहिलेदेखी अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रुपमा मनाउन थालियो
सन् २००८
२१. पचास हजार राशिको युवा प्रतिभा पुरस्कार बाट सम्मानित हुने प्रतिभा को हुन्
लम्जुङ इशानेश्वरका रदि मिया
२२. बेइजिङस्थित एसिया इन्फ्रास्ट्रक्चर बैंक (AITB) को विधान आर्टिकल अफ एग्रिमेन्ट मा कहिले हस्ताक्षर भयो
सन् २०१५ जून २९
२३. नेपालमा राष्ट्रिय धान दिवस कहिले मनाइन्छ
असार १५
२४. इन्स्टिच्यूट फर इकोनोमिक्स एन्ड पिस द्वारा सन् २०१५ जूनमा सार्वजनिक ग्लोबल पिस इन्डेक्स २०१५ अनुसार विश्वकै शान्त मुलुक कुन हो
आइसल्यान्ड

फेसबुकमा लोकसेवा सहयोगीः www.facebook.com/loksewa.sahayogi.page

Share:

विश्वको प्रमुख संगठन र मुख्यालय

१. यूनिसेफ - न्यूयोर्क
२. यूनेस्को - पेरिस
३. विश्व बैंक - वाशिङ्गटन डी. सी.
४. एशियाली विकास बैंक (ADB) - मनीला
५. नाटो (NATO) - ब्रुसेल्स
६. एमनेस्टी इन्टरनेशनल - लण्डन
७. अन्तर्राष्ट्रीय मुद्रा कोष (IMF) - वाशिङ्गटन डी. सी.
८. रेडक्रस - जेनेभा
९. सार्क (SAARC) - काठमाण्डौं
१०. इन्टरपोल (INTERPOL) - पेरिस(लेओन्स)
११. विश्व व्यापार संगठन (WTO) - जेनेभा
१२. अमरीकी राज्यों का संगठन (OAS) - वाशिङ्गटन डी. सी.
१३. अरब लीग - काहिरा
१४. परस्पर आर्थिक सहायता परिषद् (COMECON) - मास्को
१५. वर्ल्ड काउन्सिल अफ चर्चेज (WCC) - जेनेभा
१६. यूरोपीयान ऊर्जा आयोग (EEC) - जेनेभा
१७. अफ्रीकी आर्थिक आयोग (ECA) - आदिस-अबाबा
१८. पश्चिमी एशिया आर्थिक आयोग (ECWA) - बगदाद
१९. संयुक्त राष्ट्र शरणार्थी उच्चायोग (UNHCR) - जेनेभा
२०. अन्तर्राष्ट्रीय परमाणु ऊर्जा एजेन्सी (IAEA) - भियना
२१. संयुक्त राष्ट्र औद्योगिक विकास संगठन (UNIDO) - भियना
२२. संयुक्त राष्ट्र व्यापार तथा विकास सम्मलेन (UNCTAD) - जेनेभा
२३. विश्व वन्यजन्तु संरक्षण कोष (WWF) - ग्लाण्ड(स्विट्ज़रल्याण्ड)
२४. अन्तर्राष्ट्रीय ओलम्पिक कमिटी (IOC) - लुसाने
२५. यूरोपीय कमन मार्केट (ECM) - जेनेभा
२६. राष्ट्रमण्डलीय राष्ट्राध्यक्ष सम्मलेन (CHOGM) - स्ट्रान्सबर्ग
२७. पेट्रोलियम उत्पादक देशहरुको संगठन (OPEC) - भियना
२८. आर्थिक सहयोग तथा विकास संगठन (OECD) - पेरिस
२९. यूरोपीय मुक्त व्यापार संघ (ECTA) - जेनेवा
३०. राष्ट्रमण्डल (कमनवेल्थ) - लण्डन
३१. यूरोपीय आर्थिक समुदाय (EEC) - जेनेभा
३२. यूरोपीय संसद - लक्जमबर्ग
३३. यूरोपियन स्पेस रिसर्च अर्गनाईजेशन (ESRO) - पेरिस
३४. यूरोपियन परमाणु ऊर्जा समुदाय (EURATON) - ब्रुसेल्स
३५. एशिया तथा प्रशान्त क्षेत्रको आर्थिक तथा  सामाजिक आयोग - बैङ्कक
३६. गैट (GATT) - जेनेभा
३७. अफ़्रीकी एकता संगठन (OAU) - आदिस-अबाबा
३८. संयुक्त राष्ट्र वातावरण कार्यक्रम (UNEP) - नैरोबी
३९. दक्षिण पूर्वी एशियाली राष्ट्रको संगठन (ASEAN) - जाकर्ता
Share:

शिक्षक सेवा आयोगद्वारा परीक्षा केन्द्र निर्धारण (केन्द्रसहित)

आयोबाट भएको विज्ञान अनुसार माध्यमिक र निम्नमाध्यमिक तहको खुला प्रतियोगितात्मक लिखित परीक्षा र माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षाको लागी क्षेत्रीय र जिल्ला परीक्षा समन्वय समितिको सिफारिस अनुसार शिक्षक सेवा आयोगको मिति २०७२ असार १० गतेको निर्णयानसार निम्नानुसार परीक्षा केन्द्र कायम गरिएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । 
२०७२ असार ११ गते शुक्रबार गोरखापत्रमा प्रकाशित
नोटः विहान ८ बजे हुने भनिएको निम्न माध्यामिकको परीक्षा लोक सेवा आयोग संग परीक्षा जुधेको भन्दै विहान ११ बजेका लागि सारिएको आयोगले जनाएको छ ।

Share:

२०७२ असार ९ गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी बस्तुगत / छोटा प्रश्नोत्तर

१. वि.सं. २०७२ जेठ २७ देखि असार २ सम्म सञ्चालित प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ?
- क्षेत्र नं. ३ जनकपुर
२. नेपालको पहिलो बालमैत्री स्थानीय शासन नगरका रुपमा घोषित भएको नगरपालिका कुन हो ?
- सुनवल – नवलपरासी
३. मधेसी जनअधिकार फोरम‚ सङ्घीय समाजवादी पार्टि र खस समावेशी पार्टि एकिकृत भई सङ्घीय समाजवादी फोरम‚ नेपाल कहिले बनेको हो ?
- वि.सं. २०७२ जेठ ३२
४. नेपाली खेलकुदको इतिहासमा पहिलोपटक राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा नियुक्त हुने महिला को हुन् ?
- शकुन्तला नगरकोटी
५. फोर्ब्सले सन् २०१५ मा प्रकाशित गरेको सूची अनुसार विश्वकै सबैभन्दा धेरै कमाउने खेलाडी को हुन् ?
- फ्लोइड मेवेदर‚ अमेरिकी बक्सर
६. क्वाक्विलेरी साइमन्ड्सले सार्वजनिक गरेको प्रतिवेदन अनुसार एसियाकै उत्कृष्ट विश्वविद्यालय कुन बनेको छ ?
- सिङ्गापुरको द नेसनल युनिभर्सिटी
७. २०७१ सालको एसएलसि परीक्षामा नियमिततर्फ कति प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् ?
- ४७.४३ प्रतिशत
८. ऊ मरी अरे नामक कृतिका रचनाकार सुवास घिसिङ हुन् भने ऊ मरेकी छैन नामक कृतिका रचनाकार को हुन् ?
- बालकृष्ण सम
९. अन्तर्राष्ट्रिय योग दिवस कहिले मनाउने गरिन्छ ?
- जुन २१
१०. मन्त्रीपरिषद्को २०७२ असार ६ को बैठकले भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणसम्बन्धी अध्यादेश‚ २०७२ मार्फत पुनर्निर्माण प्राधिकरण कसको अध्यक्षतामा गठन गर्ने निर्णय गरेको छ ?
- प्रधानमन्त्री सुशील कोइराला
११. नेपालको पहिलो कलेज त्रिचन्द्र कलेजको स्थापना कहिले भएको हो ?
- वि.सं. १९७५
१२. लदी पूजा कुन जातिमा प्रचलित छ ?
- माझी
१३. जयतु संस्कृतम आन्दोलनको प्रारम्भ कहिले भएको थियो ?
- वि.सं. २००४ असार १
१४. सार्क राष्ट्रका कुन व्यक्तिलाई गुरुदेव भनि चिनिन्छ ?
- रवीन्द्रनाथ टैगोर (भारत)
१५. हालसम्म सम्पन्न भएका सार्क शिखर सम्मेलनमध्ये राजधानी सहरभन्दा बाहिर सम्पन्न भएका सम्मेलन कुन-कुन हुन् ?
- दोस्रो र सत्रौ (क्रमशः भारतको बैङ्लोर र माल्दिभ्सको अड्डु)
१६. संसदीय व्यवस्थामा शून्य समय भन्नाले के बुझिन्छ ?
- कुनै निश्चित कार्यक्रम तय नगरिएको तर सांसदहरुद्वारा देशको जल्दोबल्दो एवं समसमायिक विषयमा प्रश्नोत्तर गरी सरकारको ध्यानाकर्षणका लागि तोकिएको समय
१७. खानामा हुनपर्ने पौष्टिक तत्वहरुको लगातार असन्तुलन र कमी हुन जाँदा स्वास्थ्यमा देखो पर्ने प्रतिकुल असर तथा विकृति नै ........... हो ।
- कुपोषण
१८. अषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ भने कार्तिक शुक्ल एकादशीलाई के भनिन्छ ?
- हरिबोधिनी एकादशी
१९. नेपालको इतिहासमा ऐतिहासिक जनमत सङ्ग्रह कहिले भएको थियो ?
- वि.सं. २०३७ बैशाख २०
२०. वि.सं. २०७२ असार ७ मा सम्पन्न सातौं केन्द्रस्तरीय राष्ट्रपति सिल्ड खेलकुद प्रतियोगिताको उपाधि कसले जित्यो ?
- मध्यपश्चिमाञ्चल
२१. विश्वकै सानो मुद्रा कुन हो ?
- जावा
२२. विश्व इतिहासमा शान्तिपूर्ण बौद्धिक आन्दोलन‚ अनुसन्धानात्मक आन्दोलन एवं धर्म निरपेक्ष आन्दोलनका रुपमा चिनिने पुनर्जागरण आन्दोलन कुन देशबाट सुरु भएको थियो ?
- इटाली
२३. सेवाग्राहीहरुको सर्वोपरी हितका लागि नागरिक बडापत्रकव अवधारणा ल्याउने व्यक्ति को हुन् ?
- जोन मेजर‚ बेलायत
२४. GSM को पुरा रुप Global system of Mobile Communication हो भने VSAT को पुरा रुप के हो ?
- Very Small Aperture Terminal
२५. नेपालमा सर्वप्रथम बजेट कहिले प्रस्तुत गरिएको थियो ?
- वि.सं. २००८ माघ २१
२६. गिद्ध संरक्षणका लागि नेपालको कुन ठाउँमा जटायु रेष्टुराँ स्थापना गरिएको छ ?
- नवलपरासी
२७. पृथ्वीको उत्तरी र दक्षिणी ध्रुव जोड्ने अर्धवृत्ताकार काल्पनिक रेखालाई के भनिन्छ ?
- देशान्तर (Longitude)
२८. अंशुबर्माको शासनकालमा भारतका शासक सम्राट हर्षबर्धन थिए भने तिब्बतका शासक को थिए ?
- स्रङचङ गम्पो
२९. काठको प्रयोग गरी विभिन्न मुर्ती‚ भाँडा एवं झ्यालढोका‚ टुँडाल‚ फर्निचर आदि निर्माणसम्बन्धी कलालाई के भनिन्छ ?
- काष्ठकला
३०. Women in Development – WID अवधारणा कुन पक्षमाथि जोड दिन्छ ?
- विकास प्रक्रियामा महिला सहभागिता बढाउने प्रयास
३१. एउटा कागजमाथि सिक्का राखेर कागजलाई तान्दा कागज मात्र आई सिक्का जहाँको तहीँ रहनु न्युटनको चालसम्बन्धी कुन नियमसँग सम्बन्धित छ ?
- पहिलो नियम
Share:

खरिदार वा सो सरह प्राविधिक तथा अप्राविधिकको सम्पूर्ण क्षेत्रको परिक्षा भवन कायम भएको सूचना

रा‍.प. अन द्धितीय श्रेणी अप्राविधिक तथा प्राविधिक खरिदार वा सो सरह तथा स्वास्थ्य सेवाको चौथाे तहका विभिन्न पदहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचनाहरु


Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages