२०७२ असार ९ गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी बस्तुगत / छोटा प्रश्नोत्तर

१. वि.सं. २०७२ जेठ २७ देखि असार २ सम्म सञ्चालित प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ?
- क्षेत्र नं. ३ जनकपुर
२. नेपालको पहिलो बालमैत्री स्थानीय शासन नगरका रुपमा घोषित भएको नगरपालिका कुन हो ?
- सुनवल – नवलपरासी
३. मधेसी जनअधिकार फोरम‚ सङ्घीय समाजवादी पार्टि र खस समावेशी पार्टि एकिकृत भई सङ्घीय समाजवादी फोरम‚ नेपाल कहिले बनेको हो ?
- वि.सं. २०७२ जेठ ३२
४. नेपाली खेलकुदको इतिहासमा पहिलोपटक राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा नियुक्त हुने महिला को हुन् ?
- शकुन्तला नगरकोटी
५. फोर्ब्सले सन् २०१५ मा प्रकाशित गरेको सूची अनुसार विश्वकै सबैभन्दा धेरै कमाउने खेलाडी को हुन् ?
- फ्लोइड मेवेदर‚ अमेरिकी बक्सर
६. क्वाक्विलेरी साइमन्ड्सले सार्वजनिक गरेको प्रतिवेदन अनुसार एसियाकै उत्कृष्ट विश्वविद्यालय कुन बनेको छ ?
- सिङ्गापुरको द नेसनल युनिभर्सिटी
७. २०७१ सालको एसएलसि परीक्षामा नियमिततर्फ कति प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् ?
- ४७.४३ प्रतिशत
८. ऊ मरी अरे नामक कृतिका रचनाकार सुवास घिसिङ हुन् भने ऊ मरेकी छैन नामक कृतिका रचनाकार को हुन् ?
- बालकृष्ण सम
९. अन्तर्राष्ट्रिय योग दिवस कहिले मनाउने गरिन्छ ?
- जुन २१
१०. मन्त्रीपरिषद्को २०७२ असार ६ को बैठकले भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणसम्बन्धी अध्यादेश‚ २०७२ मार्फत पुनर्निर्माण प्राधिकरण कसको अध्यक्षतामा गठन गर्ने निर्णय गरेको छ ?
- प्रधानमन्त्री सुशील कोइराला
११. नेपालको पहिलो कलेज त्रिचन्द्र कलेजको स्थापना कहिले भएको हो ?
- वि.सं. १९७५
१२. लदी पूजा कुन जातिमा प्रचलित छ ?
- माझी
१३. जयतु संस्कृतम आन्दोलनको प्रारम्भ कहिले भएको थियो ?
- वि.सं. २००४ असार १
१४. सार्क राष्ट्रका कुन व्यक्तिलाई गुरुदेव भनि चिनिन्छ ?
- रवीन्द्रनाथ टैगोर (भारत)
१५. हालसम्म सम्पन्न भएका सार्क शिखर सम्मेलनमध्ये राजधानी सहरभन्दा बाहिर सम्पन्न भएका सम्मेलन कुन-कुन हुन् ?
- दोस्रो र सत्रौ (क्रमशः भारतको बैङ्लोर र माल्दिभ्सको अड्डु)
१६. संसदीय व्यवस्थामा शून्य समय भन्नाले के बुझिन्छ ?
- कुनै निश्चित कार्यक्रम तय नगरिएको तर सांसदहरुद्वारा देशको जल्दोबल्दो एवं समसमायिक विषयमा प्रश्नोत्तर गरी सरकारको ध्यानाकर्षणका लागि तोकिएको समय
१७. खानामा हुनपर्ने पौष्टिक तत्वहरुको लगातार असन्तुलन र कमी हुन जाँदा स्वास्थ्यमा देखो पर्ने प्रतिकुल असर तथा विकृति नै ........... हो ।
- कुपोषण
१८. अषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ भने कार्तिक शुक्ल एकादशीलाई के भनिन्छ ?
- हरिबोधिनी एकादशी
१९. नेपालको इतिहासमा ऐतिहासिक जनमत सङ्ग्रह कहिले भएको थियो ?
- वि.सं. २०३७ बैशाख २०
२०. वि.सं. २०७२ असार ७ मा सम्पन्न सातौं केन्द्रस्तरीय राष्ट्रपति सिल्ड खेलकुद प्रतियोगिताको उपाधि कसले जित्यो ?
- मध्यपश्चिमाञ्चल
२१. विश्वकै सानो मुद्रा कुन हो ?
- जावा
२२. विश्व इतिहासमा शान्तिपूर्ण बौद्धिक आन्दोलन‚ अनुसन्धानात्मक आन्दोलन एवं धर्म निरपेक्ष आन्दोलनका रुपमा चिनिने पुनर्जागरण आन्दोलन कुन देशबाट सुरु भएको थियो ?
- इटाली
२३. सेवाग्राहीहरुको सर्वोपरी हितका लागि नागरिक बडापत्रकव अवधारणा ल्याउने व्यक्ति को हुन् ?
- जोन मेजर‚ बेलायत
२४. GSM को पुरा रुप Global system of Mobile Communication हो भने VSAT को पुरा रुप के हो ?
- Very Small Aperture Terminal
२५. नेपालमा सर्वप्रथम बजेट कहिले प्रस्तुत गरिएको थियो ?
- वि.सं. २००८ माघ २१
२६. गिद्ध संरक्षणका लागि नेपालको कुन ठाउँमा जटायु रेष्टुराँ स्थापना गरिएको छ ?
- नवलपरासी
२७. पृथ्वीको उत्तरी र दक्षिणी ध्रुव जोड्ने अर्धवृत्ताकार काल्पनिक रेखालाई के भनिन्छ ?
- देशान्तर (Longitude)
२८. अंशुबर्माको शासनकालमा भारतका शासक सम्राट हर्षबर्धन थिए भने तिब्बतका शासक को थिए ?
- स्रङचङ गम्पो
२९. काठको प्रयोग गरी विभिन्न मुर्ती‚ भाँडा एवं झ्यालढोका‚ टुँडाल‚ फर्निचर आदि निर्माणसम्बन्धी कलालाई के भनिन्छ ?
- काष्ठकला
३०. Women in Development – WID अवधारणा कुन पक्षमाथि जोड दिन्छ ?
- विकास प्रक्रियामा महिला सहभागिता बढाउने प्रयास
३१. एउटा कागजमाथि सिक्का राखेर कागजलाई तान्दा कागज मात्र आई सिक्का जहाँको तहीँ रहनु न्युटनको चालसम्बन्धी कुन नियमसँग सम्बन्धित छ ?
- पहिलो नियम
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages