पर्यावरण, जैविक विविधता, दिगो विकास. वातावरण व्यवस्थापन, जनसंख्या सम्बन्धि बस्तुगत प्रश्नोत्तर


१ जैबिक बिबिधता सम्बन्धी सन्धी कुन सम्मेलनमा प्रस्तुत गरियो ? (नासु २०७०)
– रियो सम्मेलन 
२ पातहरु हल्लिदा कति डेसिबल ध्वानी उत्पन्न हुन्छ ? (नासु २०७०)
-१० डेसिबल
३ जटाँयु रेष्टुराँ भनेको के हो ? (नासु २०६९)
– गिद्ध संरक्षण र सम्बर्द्दन गर्ने कार्य
४ सन १९८७ मा ब्रुट्ल्याण्ड कमिसनले पेस गरेको प्रतिबेदनको नाम के हो ? (नासु २०६९)
- हाम्रो साझा भविष्य
५ जैबिक बिबिधतामा नेपाल बिश्वको कतिऔ स्थानमा छ ? (खरिदार २०७०)
-२५ औ
६ नेपालमा कति प्रजातिका चराहरु संरक्षित गरिएका छन ? (खरिदार २०६८)
– ९ प्रजाती
७ सर्बप्रथम एडस कुन महादेशमा पत्ता लागेको हो ? (खरिदार २०६८)
– अफ्रीका
८ जनगणना २०५८ अनुसार नेपालमा महिला र पुरुषको अन्तर कति थियो ? (खरिदार २०६८)
-२३,५८१
९ ग्रीन पिसको स्थापना कहिले भएको हो ? (खरिदार २०६८)
– सन १९७१
१० ओजन तह पृथ्विको सतहबाट कति माथी रहेको छ ? (खरिदार २०६८)
-२५ देखी ४० किमि सम्म
११ पृथ्वी दिवस कहिले मनाइन्छ ? (खरिदार २०६८)
– अप्रील २२
१२ सबैभन्दा पछि स्थापना गरिएको राष्ट्रीय निकुञ्ज कुन हो ? (शाखा अधिकृत २०७०)
– बाँके राष्ट्रीय निकुञ्ज
१३ जैविक विविधतालाई कति भागमा बिभाजन गरिएको छ ? (खरिदार २०६९)
– ३
१४ नेपालको राष्ट्रीय जनगणना कति कति वर्षमा लिने गरिन्छ ? ( खरिदार २०७०)
– प्रत्येक १० वर्षमा
१५ मानव शरिरमा रातो रक्तकोषको कमिले कुन रोग लाग्दछ ? (खरिदार २०६९)
– रक्तअल्पत्ता
१६ भिजन २००५ के संग सम्बन्धित छ ? (नासु २०७१)
– पर्यटन
१७ युरो -१ के संग सम्बन्धित छ ? (नासु २०७१)
– सवारिसाधन
१८ नेपालमा संरक्षित,स्तनधारि,बन्यजन्तुको सङ्ख्या कति छ ? (नासु २०७१)
-२७
१९ तलका मध्ये कुन चाँहि दिगो विकासको अबधारणा होइन ? (नासु २०७१)
क गुणस्तरिय विकास
ख अन्तरपुस्ता समन्याय
ग टिकाउ विकास
घ सहस्राब्दी विकास
- घ. सहस्राब्दी विकास
२० कुनै पनि वातवरणमा रहेने विभिन्न समुदाय तथा वातावरणवीचको अन्तरसम्बन्धलाई के भनिन्छ ?
– पारिस्थिक पद्धति
२१ पारिस्थितिक पद्धतिका ३ प्रमुख जैविक तत्वहरु:-
– उत्पादक
– उपभोक्ता
– विच्छेदक
२२ कुनै पनि पारिस्थितिक पद्धतिमा भएका सम्पुर्ण हरिया वनस्पतिहरु, जसले आफुलाई चाहिने खाना आफैं बनाउछन, त्यस्ता वनस्पतिलाई के भनिन्छ ?
- उत्पादक
२३ उत्पादक तथा अन्य जीवहरुलाई आफ्नो खाद्य पदार्थको रुपमा प्रयोग गर्ने सम्पुर्ण साकाहारी तथा  मांसाहारी जनवारलाई के भनिन्छ ?
– उपभोक्ता
२४ उत्पादक र उपभोक्ताको मृत शरिरलाई कुहाएर माटोमा मिलाउने कार्य गर्ने सुक्ष्म जीवाणुलाई के भनिन्छ ?
– विच्छेदक
२५ जलिय र स्थलिय पारिस्थितिक पद्धति गरि २ भागमा वर्गिकरण गरिन्छ ।
२६ उपभोक्ता कति प्रकारका हुन्छन ?
-३
२७ सुक्ष्म जिवाणुहरुले के प्रक्रीयाद्धरा विच्छेदनको कार्य गर्दछन ?
– नाईट्रीफिकेसन र डिनाईट्रीफिकेसन
२८ नाइट्रोजनका यौगिकहरुलाई माटोमा पाइने जिवाणुहरुले विखण्डन गरि बोटविरुवाले लिन सक्ने नाइट्रेटमा परिवर्तन गर्ने प्रक्रीयालाई के भनिन्छ ?
- नाईट्रीफिकेसन
२९ जीवाणुहरुले माटोमा भएका नाइट्रेटहरुलाई वायुमण्डलिय नाइट्रोजन, नाइट्रस अक्साइड, एमोनिया अक्सिजन आदिका रुपमा विच्छेदन गर्ने प्रक्रीयालाई के भनिन्छ ?
– डिनाइट्रीफिकेसन
३० ब्रहामण्डमा रहेका सम्पुर्ण मानिस , जिव , निर्जिव बस्तुहरु, पशुपंक्षि, रुख विरुवा, माटो , पानी , पहाड, भुमी
आदिको समष्टिगत रुप के हो ?
– पर्यावरण
३१ मानिसको वर्तमान आवश्यकता र चाहनाको परिपुर्तिका लागी भविष्यका पुस्ताको आवश्यकतासँग  सम्झौता नगरी श्रोत साधनको सन्तुलित र बुद्धिमत्तापुर्ण उपयोग गर्नु नै…… हो ?
– दिगो विकास
३२ दिगो विकासका सिद्धान्तहरु:-
- पारिस्थितिक पद्धतिको संरक्षण
- समाजको दिगो विकास
- मानविय श्रोतको विकास
- जैविक विविधताको संरक्षण
- जनसंख्या नियन्त्रण
- पृथ्विको बहन क्षमतामा ध्यान दिने
- सांस्कृतिक सम्पदाको संरक्षण
- जनसहभागितामा वृद्धी…………
३३ वातावरण तथ विकास सम्वन्धि विश्व आयोग(ब्रुटल्याण्ड आयोग) कहिले गठन भयो ?
– सन १९८३
३४ जैविक विविधता कायम गर्नको लागी नेपाल सरकारले लिएको ३ महत्वपुर्ण निति हरु के-के हुन ?
– वन जंगलको संरक्षण
– कृषिको विविधता
– सिमसार क्षेत्रको संरक्षण
३५ जैविक विविधताका प्रकारहरु
– पारिस्थितिक प्रणाली विविधता
– प्रजाती विविधता
– आनुवंशिक विविधता
३६ जैविक विविधताको हिसावले विश्वको सबैभन्दा सम्पन्न मुलुक कुन हो ?
– इन्डोनेसिया( दोश्रोमा ब्राजिल)
३७ जैविक विविधताको दृष्टिले नेपाल विश्वको कतिऔं स्थानमा पर्दछ ?
– २५ औं ( एसियाको ११ औं)
३८ विश्वमा पाईने कुल वनस्पतिको कति प्रतिशत नेपालमा पाईन्छ ?
– ३%
३९ प्रकृतिको कुचिकार भन्नाले कुन जिवलाई चिनिन्छ ?
– गिद्धलाई
४० नेपाल कृषि अनुसन्धान परिषद (नार्क),को राष्ट्रीय कृषी आनुवंशिक केन्द्र(जिन बैंक) को कहिले स्थापना
भएको हो ?
– वि.सं. २०६७ असोज २१ ( खुमलटार)
४१ निकुञ्जहरु :- १० वटा
४२ आरक्षहरु :- ४ वटा
४३ संरक्षण क्षेत्र :- ७ वटा
४४ मध्यवर्ती क्षेत्र :- १२ वटा
४५ नेपालको सबैभन्दा ठुलो घाँसे मैदान कुन हो ?
– शुक्लाफाँटा घाँसे मैदान
४६ सबैभन्दा ठुलो आरक्ष कुन हो ?
– ढोरपाटन
४७ नेपालको सेनारहित एकमात्र संरक्षण क्षेत्र कुन हो ?
– मकालु वरुण संरक्षण क्षेत्र
४८ नेपालमा सर्वप्रथम स्थापना भएको राष्ट्रीय निकुञ्ज कुन हो ?
– चितवन राष्ट्रीय निकुञ्ज
४९ नेपालको सबैभन्दा ठुलो राष्ट्रीय निकुञ्ज कुन हो ?
– शे-फोक्सुण्डो राष्ट्रीय निकुञ्ज
५० नेपालको सबैभन्दा सानो राष्ट्रीय निकुञ्ज कुन हो ?
– रारा राष्ट्रीय निकुञ्ज
५१ विश्वको सर्वच्चो स्थानमा रहेको राष्ट्रीय निकुञ्ज कुन हो ?
– सगरमाथा राष्ट्रीय निकुञ्ज
५२ विश्वमा सबैभन्दा बढी गैडा कुन देशमा रहेका छन ?
– दक्षिण अफ्रीका(७३%)
५३ विश्वमा लोप हुन लागेका वन्यजन्तुहरुको सूची प्रकासन गरिने प्रतिवेदनलाई के भनिन्छ ?
– रेड डाटा बुक
५४ संसारको सबैभन्दा सानो चरा कुन हो ?
– बी हमिङ बर्ड
५५ नेपालमा सबैभन्दा बढी प्रजातिका चरा, पुतली र माछा पाइने उपत्यका कुन हो ?
– अरुण उपत्यका
५६ विश्वको कुन नदिमा माछा पाइदैन ?
– जोर्डन
५७ विश्वमा हाल कति प्रजातिका बाघहरु रहेका छन ?
-६ प्रजातिका
५८ वन्यजन्तुको अवैध व्यापर सम्बन्धी महासन्धी CITES को पुरा रुप के हो ?
-Convention on International Trade in Endangered Species of Flora and Fauna
५९ हाँसलाई के को प्रतिक मानिन्छ ?
– न्यायको
६० नेपालमा हाल कति किसिमका लाटकोसेराहरु पाईन्छन ?
-१९ प्रजातिका
६१ नेपालमा पहिलो बाघ गणना कहिले गरिएको थियो ?
– सन २००९ मा
६२ पृथ्विको वायुमण्डलको तापक्रमको वृद्धिले जल तथा वायु अर्थात वातावरणमा हुने नकारात्मक परिणामलाई …… भनिन्छ ।
– जलवायु परिवर्तन
६३ जलवायु परिवर्तन बारे विश्वको ध्यानकर्षण गराउन सगरमाथाको आधार शिविरमा कालापत्थर बैठक कहिले बसेको थियो ?
– वि .सं. २०६६ मंसिर १९
६४ जलबायु परिवर्तन सम्बन्धी कोप-१९ कहाँ सम्पन्न भयो ?
– पोल्याण्डको वार्सामा
६५ सिसाको बाकसभित्र सूर्यको ताप प्रवेश गर्ने तर भित्रको ताप बाहिर जान नसक्ने अबस्थालाई हरितगृह प्रभाव भनिन्छ भनेर अवधारणा कसले र कहिले ल्याएका हुन ?
– बेरिन जीन फेरिएर – सन १९२६ मा
६६ ओजन तह कसले पत्ता लगाएका हुन ?
– जे सी फारम्यान
६७ ओजन तहले पृथ्विबाट आउने परवैजनी किरणहरुको कति प्रतिशत हिस्सा सोसेर पृथ्विमा आउन जोगाउँ छ ?
-९९%
६८ ओजन तहको सुरक्षाको लागि पहिलो अन्तराष्ट्रीय सम्झौता कहिले भयो ?
– सन १९८७ डिसेम्बर २४ ( मन्ट्रीयल, क्यानडा)
६९ पृथ्विमा रहेका सम्पुर्ण जैविक तथा अजैविक वस्तुहरुको सन्तुलन बिग्रन गइ मानिस, जीबजन्तु, पशुपक्षीं, वनस्पती आदिलाई बस्न तथा बाँच्न अप्ठायारो हुने अवस्थालाई नै…… भनिन्छ ।
– वातवरण प्रदुषण
७० वातवरण क्षेत्रमा PPP अर्थ के हो ?
- Polluter Pays Principle
७१ नेपालमा सवारी प्रदुषण मापदण्ड कहिले निर्धारण गरिएको हो ?
– वि.सं. २०५६ मा
७२ संयुक्त राष्ट्र संघले कति डेसिबल सम्मको आवाजलाई सामन्य मानेको छ ?
– ४० डेसिबल
७३ वातवरणिय तापक्रमको घट्दो नियम भन्नाले के लाई बुझाउछ ?
– हरेक १०० मिटरको उचाँईमा 0.६° तापक्रम घटदै जाने
७४ वातवरण क्षेत्रको नोबेल पुरस्कार मानिने ”गोल्डम्यान पुरस्कार” कहिले स्थापना भएको हो ?
– सन १९९०
७५ एउटा वयस्क रुखले दैनिक औसत कति अक्सिजन दिन्छ ?
-२.७ किलो
७६ नेपालमा औसधिजन्य वनस्पतिहरु कति उचाँईभन्दा माथी पाईन्छ ?
-३,३०० मिटर
७७ कुन वनस्पतिको तेललाई हरियो तेल भनिन्छ ?
– अडिर
७८ क्योटो प्रोटोकल कहिले देखी कार्यन्वयनमा आएको हो ?
-सन २००५ फेब्रुवरी १६
७९ ग्लोबल-५०० पुरस्कार पाउने पहिलो नेपाली को हुन ?
– डा. कृष्णकुमार पाण्डे
८० पहिलो पटक गिद्ध महोत्सव कहाँ भयो ?
– तिलकपुर, नवलपरासी
८१ कुनै खास स्थानमा निश्चित समयमा बसोबासरत मानिसको सम्पुर्ण सङ्ख्यालाई …… भनिन्छ ।
– जनसङ्ख्या
८२ नेपालको जनगणना कहिले देखी सुरुवात भएको हो ?
– वि. सं.१९६८ देखी
८३ वि स २०६८ को जनगणनामा सबैभन्दा बढी जनसङ्ख्या कुन भौगोलिक क्षेत्रमा थियो ?
– तराई(५०.२७%)
८४ जनगणना २०६८ अनुसार नेपालमा कति भाषा बोलिन्छ ?
-१२३ भाषा
८५ भु-बनोट, हावापानी, माटो, वनस्पती, सेवा सुविधाहरुको उपलव्धता जस्ता कारणहरुले देशको जनघनत्वमा ठुलो प्रभाव पार्दछ ।
८६ जनगणना २०६८ अनुसार हालको वृद्धिदर कायम रहेमा नेपालको जनसङ्ख्या कति वर्षमा दोब्बर हुन्छ ?
-५२ वर्ष
८७ नेपालको जनगणना इतिहासमा १०० बर्षको जनगणना भनेर कुन गणनालाई बुझिन्छ ?
– २०६८ को जनगणना
# बृहत उमेर समुह अनुसार जनसङ्ख्या:—
८८ १४ बर्ष वा सो भन्दा कम :- ३४•९१%
८९ १५ देखी ५९ वर्ष उमेर समुहको:- ५६•९६%
९० ६० वर्ष वा सो भन्दा बढी :- ८•१३%
९१ सुविधा सम्पन्न ठाँउहरु सहर हुनु र सहरको मात्रा बढ्ने प्रकियालाई…… भनिन्छ ।
– सहरिकरण
९२ जनगणना २०६८ अनुसार सहरमा बसोबास गर्ने जनसङ्ख्या कति रहेको छ ?
-१७.०२% ( नगरपालिका विस्तार पश्चात हाल सहरको जनसङ्ख्या ३६•८% पुगेको छ )
९३ प्रदुषित वातवरणबाट मानव जातिलाई बचाउन जोड दिएको हेग घोषणा कहिले भएको थियो ?
- सन १९८९ मार्च ११
९४ शे- फोक्सुण्डो राष्ट्रीय निकुञ्ज कुन- कुन जिल्लामा फौलिएको छ ?
– मुगु र डोल्पा
९५ वि•सं• २०६८ को जनगणना अनुसार नेपालको जनसङ्ख्या कति रहेको छ ?
-२,६४,९४,५०४
९६ नेपालमा कति प्रकारका पारिस्थितिक पद्धती रहेको पाईन्छ ?
– ११८
९७ हालसम्म नेपालमा कति वटा सिमसार क्षेत्र रामसार सूचिमा सूचिकृत छन ?
-९
९८ अ्म्ल वर्षाको नामाकरण कसले गरेका हुन ?
– रबर्ट ए. स्मिथ
९९ नेपालको जडिबुटिको भण्डार मानिने अञ्चल कुन हो ?
– कर्णाली
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages