नेपालमा सामाजिक द्वन्द्वका कारण‚ त्यसको प्रभाव र द्वन्द्व व्यवस्थापनका उपायहरु उल्लेख गर्नुहोस् ।


      नेपाली समाजमा खासगरी व्यक्ति-व्यक्ति वीच द्वन्द्व परिवारमा द्वन्द्व समुदाय समुदायमा द्वन्द्व राजनीतिक पार्टिवीच द्वन्द्व यातायात बन्द नेपाल बन्द छुवाछुत भेदभाव आदि जस्ता द्वन्द्व देखिएको पाइन्छ । नेपालमा देखिने यस्ता सामाजिक द्वन्द्वको मूलभूत कारण एकले अर्कोलाई विश्वास नगर्नु सम्मान नगर्नु नै हो । अरु कारण निम्न छन् । :

-    बेरोजगार हुन आर्थिक असमानता हुनु
-    सामाजिक संस्कारको पालना नहुनु
-    पादक पदार्थको सेवन
-    सामाजिक न्यायको अभाव
-    शिक्षाको कमि चेतनाको कमि

सामाजिक द्वन्द्वको प्रभाव


      समाजिक द्वन्द्वले समाजमा सकारात्मक र नकारात्मक दुवै प्रभाव पार्दछ । यसको प्रभाव निम्न हुन्छ :

सकारात्मक प्रभाव

-    सामाजिक रुपान्तरण गर्न मद्दत पुग्ने
-    सामाजिक चेता अभिबृद्धि हुने
-    सामाजिक न्यायको प्रवर्द्धन हुने
-    सामाजिक एकता सद्भाव बढ्ने

नकारात्मक प्रभाव

-    सामाजमा शान्ति व्यवस्थामा खलल पुग्ने
-    चोरी हत्या अपहरणका घटना बढ्न जाने
-    सामाजिक मूल्य मान्यता ह्रास आउने
-    समाजमा कुसंस्कारको जन्म हुने

द्वन्द्व व्यवस्थापनका उपायहरु

      सामाजिक द्वन्द्व समाधान गर्न सर्वप्रथम द्वन्द्वको पहिचान गरी सो अनुरुपका उपाय अवलम्वन गर्नुपर्दछ । समाजमा एकले अर्कोलाई सम्मान गर्नु पर्दछ विश्वास गर्नु पर्दछ । यसैबाट द्वन्द्वको समाधान हुन्छ । अरु उपायहरु निम्न छन् :

-    चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने
-    सहमित र सहकार्यको बाटो अवलम्बन गर्ने
-    नीति योजना एवं कार्यक्रम तर्जुमा र कार्यान्वयनमा सरोकारवालाको सक्रिय सहभागिता गराउने
-    उपलब्ध साधन स्रोतको न्यायोचित वितरण गर्ने
-    रोजगारीका कार्यक्रम सृजना गर्ने
-    वर्गीय जातिय एवं लैङ्गि शोषणको अन्त्य गर्ने
-    सामाजिन विभेद एवं असमानता हटाउने


सामाजिक द्वन्द्व समाजको रोग मात्र होइन यो समाज परिवर्तनको आधार पनि हो । त्यसैले समाजिक द्वन्द्वलाई विनासले होइन सृजनाले अन्त्य गरिनु पर्दछ । यसका लागि माथि उल्लेख गरिएका उपाउ अवलम्वन गरी सामाजिक द्वन्द्वको व्यवस्थापन गर्नु पर्दछ । 
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages