कर्मचारीतन्त्र भनेको के हो ? लेख्नुहोस् ।



   संगठन संरचनामा आवद्ध भई ऐन नियम कानुनको निष्पक्ष कार्यान्वयन गरी देश र जनताको निरन्तर सेवा गर्ने कर्मचारिको पेशागत समुहलाई कर्मचारितन्त्र भनिन्छ । कर्मचारीतन्त्र सङ्गठानात्मक स्वरुप हो‚ जसले वैधानिक अधिकारको विवेकपूर्ण प्रयोग गरी कार्यसम्पादन गर्दछ । कर्मचारीतन्त्र अर्थात Bureaucracy शब्दकव सर्वप्रथम प्रयोग फ्रान्सका अर्थशास्त्री V.D. Gournay ले गरेको पाइन्छ । यसबारे धेरै विद्वानले कलम चलाए पनि यसलाई नजिकबाट जर्मनका समाजशास्त्री Max Waber ले उल्लेख गरेका छन् । उनले कर्मचारीतन्त्रको परिभाषा नगरी विशेषताबाट विषयबस्तु प्रष्ट पारेका छन् ।
पदसोपानमा रहनु‚ लिखित निर्णय गर्नु‚ योग्यताका आधारमा कर्मचारिकव चयन हुनु‚ राजनीतिप्रति तटस्थ रहनु‚ सरकारका नीति तथा कार्यक्रमप्रति प्रतिबद्ध रहनु‚ कार्य विभाजन गर्नु‚ तलबभत्ताकव व्यवस्था‚ अनुशासन आचरणको पालना‚ नोकरीको सुरक्षा आदि कर्मचारीतन्त्रका आधारभुत विशेषता हुन् । सरकार सामान्यतया पाँच बर्षमा परिवर्तन भइरहने तर कर्मचारीतन्त्र लामो समयसम्म सेवामा निरन्तर रहने हुँदा यसलाई स्थायी सरकार पनि भनिन्छ । कर्मचरीतन्त्रका सवल पक्ष भए पनि ढिला सुस्ती (Red-Tapism)‚ जिम्मेवारी पन्छाउने (Hunger of Power)‚ आफूभन्दा माथिकालाई चाकडी गर्ने र तलकालाई दबाउने (Bycycling Policy)‚ प्रक्रियामुखी (Process Oriented)‚ परम्परावादी जस्ता आरोप लाग्नेगरेको पाइन्छ । सबैलाई समान व्यवहार गर्नुपर्ने सरकारी दायित्व पूरा गर्नुपर्ने‚ तटस्थता‚ निष्पक्षता‚ स्थायित्व एवम् निरन्तरता जस्ता कारणले यो आलोचित तर कहिल्यै विस्थापित गर्न नसकिने एक सरकारी अङ्ग हो । त्यसैले कार्यन्वयनमा देखिने यस्ता कमिकमजोरी हटाई यसले Economy, Efficiency, Effectiveness, Transparency एवम् People Oriented भएर कार्य गर्नुपर्ने देखिन्छ । 
Share:

2 comments:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages