विश्वका केही देशहरुको नृत्यकला

नृत्य देश
केन्डी नृत्य श्रीलंका
लेखोन थाइल्याण्डको शास्त्रीय नृत्य
ट्यांगो अर्जेन्टिना
होरा इजरायल
साम्बा ब्राजील
लायन डान्स चीन ,भुटान
मिकागु जिगाकु जापानको शास्त्रीय नृत्य
टारेन्टेला इटाली
Share:

नेपालले UN का बिभिन्न निकायमा सदस्यता लिएको मिति

 नेपालले संयुक्त राष्ट्रसंघका विभिन्न निकायहरुको सदस्यता  लिएको मिति
क्र.सं.                                संस्था   मिति
१.                                                         संयुक्त राष्ट्र संघ (UNO)                                                        १४ डिसेम्बर १९५५                                                                                             
२.                    अन्तराष्ट्रिय श्रम संगठन (ILO)             १९६६
३.         खाद्य तथा कृषि संगठन (FAO) २७ नोभेम्बर १९५१
४. संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (UNESCO)                                                                       १ मे १९५३
५.                         विश्व स्वास्थ्य संगठन (WHO) १० मे १९५४
६.                        विश्व बैंक समूह (IBRD) ६ सेप्टेम्बर १९६१
७.                अन्तर्राष्ट्रिय विकास संस्था (IDA) ६ मार्च १९६३
८.              अन्तर्राष्ट्रिय वित्त निगम (IFC)    ७ जनवरी १९६६
९.                अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) ६ सेप्टेम्बर १९३१
१०. अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) २९ जुलाई १९५६
११.                        विश्व हुलाक संघ (UPU) ११ जुलाई १९५६
१२.                अन्तर्राष्ट्रिय हुलाक संघ (ITU) ५ डिसेम्बर १९५७
१३.                विश्व हावापानी विज्ञान संगठन (WMO) ५ मे १९७८
१४.                अन्तर्राष्ट्रिय सामुदि«क संगठन (IMO) ३१ जनवरी १९७९
१५.            कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (IFAD) ५ मे १९७८
१६.       संयुक्त राष्ट्र संघीय औद्योगिक विकास संगठन (UNIDO) ७ डिसेम्बर १९८३
१७.                बहुपक्षीय लगानी संरक्षण संस्था (MIGA) २३ सेप्टेम्बर १९९२
Share:

कुन आकारको राष्ट्रिय झन्डा कसको र कहाँको लागि ?

राष्ट्रिय झन्डा र राष्ट्रिय गीतको प्रयोग सम्बन्धी कार्यविधि–२०६९ ले कुन आकारको राष्ट्रिय झण्डा कस्ले र कहाँ प्रयोग गर्न पाउने भनी सीमा तोकिदिएको छ । उक्त कार्यविधिले तोकेको राष्ट्रिय झण्डाको आकार र प्रयोग गर्ने पदाधिकारी सम्बन्धी व्यवस्था यस प्रकार छ:–
 
क) संबैधानिक निकाय तथा सरकारी कार्यलयले प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार – ८×६ फिट
ख) नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको संघ वा संस्थाले प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार– ६×४ फिट
ग) संवैधानिक निकाय तथा सरकारी कार्यालय प्रमुखको कार्यकक्ष, गैरसरकारी संघसंस्था तथा नेपाली नागरिकले व्यक्तिगत रुपमा प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार  – ४×३ फिट
घ) संवैधानिक निकाय तथा सरकारी कार्यलय प्रमुखको टेबुलमा र विशिष्ट व्यक्तिहरुले प्रयोग गर्ने सवारी साधनमा राखिने राष्ट्रिय झण्डाको आकार – ३०×२० से.मी.
ङ) राष्ट्रिय पर्व, राष्ट्र प्रमुख वा सरकार प्रमुखको औपचारिक भ्रमण तथा समकक्षी विदेशी पाहुनाहरुको सवारीका वखत तोकिए बमोजिमको रंगको दाँया, बाँया र चोकमा फहराइने झण्डाको आकार – ३×२.५ फिट
नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६ मा नेपालको राष्ट्रिय झण्डा सम्बधी व्यवस्था भए अनुसार सिम्रिक रङ्गको भुईं र गाढा निलो रङ्गको किनारा भएको दुई त्रिकोण अलिकति जोरिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अङ्कित भएको, परम्परागत झण्डा नेपालको राष्ट्रिय झण्डा हो, जुन बनाउने तरिका र तत्सम्बन्धी विवरण यसै संविधानको अनुसूची–१ मा उल्लेख गरिएको छ ।
Share:

IQ प्रश्नाेत्तर स‌ंगालो

१.अंग्रेजी वर्णमालाका प्रत्येक अक्षरहरुलाई क्रमशः १ देखि शुरु हुने गरी विजोर मान राखिएको छ । यसरी मान राख्दा GLAD शब्दका  प्रत्येक अक्षरहरुको जोडफल कति हुन्छ?
A. ४४
B. ३३
C.  ५५
D.  ६६
२.निम्न तथ्यहरुबारे विचार गर्नुहोस्
1. P,Q भन्दा अग्लो छ ।
2. R,P भन्दा अग्लो छ ।
3. S , R भन्दा अग्लो छ ।
४. T सबैभन्दा अग्लो छ ।
सबैलाई उचाईको आधारमा घट्दोदेखि बढ्दो क्रममा मिलाउँदा सबैभन्दा विचमा कोे पर्ला ?
A. Q
B. R
C. S
D. P
३.तल दिईएको क्रममा राखिएको स्थानमा कुन अंक राख्नु उपयुक्त हुन्छ ?
६८८१२६८६१२३६८८१२३४६८६१२३४५६८?
A.  १  B.  ४   C. ६ D. ८
४.तल दिईएका प्रत्येक अंग्रेजी वाक्यहरुको व्याकरणीय अध्ययन गरी कुन एउटा वाक्य गलत लेखिएको छ, पत्ता लगाउनुहोस् ।
A. We discussed about the problem so thoroughly.
B. On the eve of the examination.
C. That I found it very easy to work it out.
D. No error.
५.१० वर्षअघि P भन्दा Q उमेरमा ठिक आधा थियो । वर्तमानमा P को उमेरलाई Q को उमेरले भाग गर्दा हुन आउने मान 2/1.5 को मान बराबर हुन आउँछ भने P र Q को वर्तमान उमेरलाई आपसमा जोड्दा आउने मान देहायका मध्ये कुन मानसंग बराबर होला?
A. ४५
B. ३५
C. ४०
D. ३०
६.दिईएको शब्दको छोडिएका ठाउँमा उपयुक्त अक्षरहरु राख्दै जाँदा एउटा चर्चित शहरको नाम बन्न जान्छ । खालि ठाउँलाई दिईएको शब्दको अन्तिम तिरबाट कुन क्रममा भर्दै आउँदा सो स्थानको नाम पत्ता लाग्छ ?
W_ SH_ _ _ T _
A. RESAMY
B.  DEINUA
C. NOGNIA
D. SHOLCA
७.यदिकुनै भाषामा LOVE लाई ७८९०  र TOKEN लाई  12345 भनेर लेखिन्छ भने उक्त भाषामा LOTS लाई के भनेर लेख्न सकिएला ?
A.7815  B.7806  C.7816  D.7801
८.A, B र C पुरुषहरुले D, E र F सँग विवाह गर्दछन् । विवाह दिईएको क्रमअनुसार नै हुनुपर्दछ भन्ने अनिवार्य छैन । A को श्रीमती र  E को  श्रीमान D  र F को श्रीमान सँग पुलमा खेल्छन् । श्रीमतीको श्रीमान पार्टनर हुँदैन र पुलमा खेल्दैन भने B को विवाह को सँग भएको हुन्छ ?
A. D   B. E   C. F   D.  भन्न सकिदेैन
९.दिईएको श्रेणीमा ? लेखिएको स्थानमा कुन विकल्प उपयुक्त हुन्छ?
10,16,28, ?
A. 44
B. 48
C.52
D.56
१०.बाटोमा अवरोधक नभएको अवस्थामा एउटा बसको गति ५४ कि.मि. प्रतिघण्टा छ । सोही बस बाटोमा अवरोधक भएको अवस्था मा भने ४५ कि.मि. प्रतिघण्टा का दरले गुड्छ भने एक घण्टामा सो बस कति मिनेट रोकिन्छ होला रु
A. ९
B. १०
C. १२
D. २०

उत्तरहरु :
1 A 6 C
2 B 7 C
3 D 8 D
4 A 9 C
5 B 10 B
Share:

नेपालका विभिन्न पर्व, प्रथा तथा नाचहरू


अँटवारी पर्व – राप्ती पश्चिमका दाङ, देउखुरी, कैलाली, कञ्चनपुर जिल्लाका थारु समुदायले मनाउने माघी पछिको ठुलो पर्व जसमा पाँच पाण्डवमध्ये भीमसेनको पूजा गरिन्छ ।
अंश ठेकी प्रथा – किराँत राई जातमा छोरीको विवाह गर्दा काठको सानो ठेकीमा तेल भरेर दिइने प्रथा ।
अखरिया नाच – पश्चिम नेपालका थारु समुदायले दशैताका नाच्ने नाच ।
आठपहरिया ढोल नाच – नेपालको पूर्वी क्षेत्रका आठपहरिया राईहरूले दसैँ जस्तै ठुलो चाडका रूपमा मंसिर महिनामा १५ दिनसम्म नाच्ने नाच ।
गुरही त्यौहार – नेपालका थारु समुदायले चैते दशैताका मनाइने चाड ।
घुमरा नाच – थारु समुदायको सांस्कृतिक नाच जसलाई सहलेशको जीवनसँग सम्बन्धित मानिन्छ ।
चैतोला पर्व – अछाम जिल्लामा चैत्र महिनामा मनाइने पर्व ।
छतरी – थारु समुदायले रोपाइको समयमा प्रयोग गर्ने मौलिक विशेषता भएको घामपानीबाट बच्न प्रयोग गरिने वस्तु ।
जात्री पर्व – पुर्वी तराईका झापा,मोरङ, सुनसरी जिल्लाका धिमालहरूले वैशाख २ गते नयाँ वर्षका रूपमा मनाउने पर्व ।
डुक्पाछेसु पर्व – श्रावण महिनाको ४ गते तिव्वतीयन सम्प्रदायका लामाहरूले मनाउने पर्व ।
तितो क्वाँटी संक्रान्ती – नेवार समुदायले नयाँ वर्ष विक्रम सम्वतको मेष संक्रान्तीका दिन तितो क्वाँटी खाएर मनाउने पर्व हो जसलाई नेपाल भाषामा खायु संलु भनिन्छ ।
तिनमासा गीत – यो गीत वर्षातको समयमा ३ महिनाको वर्णन गर्दै थारु समुदायले गाउने गीत ।
तुसरी व्रत – मैथली समुदायका कन्याहरूले राम्रो पति पाउँ भनी माघ महिनाभरि बस्ने व्रत ।
Share:

प्रशासनिक उत्तरदायित्व अायाम बारे विषयगत प्रश्नोत्तर

प्रश्न. प्रशासनिक उत्तरदायित्वका आयामहरू उल्लेख गर्नुहोस् ? नेपालका सन्दर्भमा सबैभन्दा महत्त्वपूर्ण कुनै एक आयामको बारेमा चर्चा गर्नुहोस् ।

उत्तर

प्रशासनिक उत्तरदायित्व
प्रशासनिक पद वा सार्वजनिक पदधारण गरेको/ सार्वजनिक जिम्मेवारी पाएको अख्तियार प्राप्त पदाधिकारीले आफूले सम्पन्न गर्ने कार्य, सम्पादन गरेको कार्य, सम्पादन स्तर र गुणात्मकताको बारेमा सरोकारवाला वर्गमा उत्तर दिनु पर्ने दायित्व नै प्रशासनिक उत्तरदायित्व हो ।
 कुनै पनि प्रशासकले आफ्नो जिम्मेवारीको वहन गर्दा जनता र सरकार प्रति जफावदेहिताको निर्वाह गर्ने, कार्य प्रति समर्पित रही गर्ने दायित्व बोधको अवस्थालाई प्रशासनिक उत्तरदायित्व भनिन्छ ।
प्रशासनिक उत्तरदायित्वको आयामहरूलाई देहाय बमोजिम उल्लेख गर्न सकिन्छ
क) राजनीतिक आयाम राजनीतिक नेतृत्व वा सरकार/शासन प्रणाली अनुकूल भई जनप्रतिनिधिहरूको इच्छा एवम् माग सँग सम्बन्धित रही प्रशासनिक कार्यहरू गर्नुपर्ने, उत्तदायित्व यसमा पर्दछ ।
ख) व्यावसायिक आयाम कुनै पनि व्यवसाय विशेषसँग सम्बन्धित व्यक्ति वा निकायले पालना गर्नुपर्ने मूल्य मान्यताहरू, संलग्न पक्षहरूसँगको उत्तरदायित्व यसमा हुनुपर्दछ ।
ग) कानुनी आयाम विद्यमान संविधान तथा अन्य प्रचलित कानुनले तोकेको विधि प्रक्रिया अनुसार प्रशासनले निर्वाह गर्नुपर्ने भूमिका रहेको हुन्छ ।
घ) व्यवस्थापकिय आयाम श्रोत र साधनको मितव्ययी प्रयोग र प्रभावकारिताको लागि प्रशासकले निभाउने व्यवस्थापकिय भूमिका हो ।
ङ) प्रत्यक्ष वा अप्रत्यक्ष आयाम प्रशासकले आफूले गरेको कार्यको विषयमा उत्तर दिने प्रत्यक्ष, आफ्नो मातहतका पदाधिकारीको विषयमा जवाफ दिनुर्ने दायित्व अप्रत्यक्ष उत्तरदायित्वका विषयहरू जबाफदेही हुने भूमिका पर्दछ ।
च) नैतिक उत्तरदायित्वको आयाम सम्बन्धित सरोकारवालाहरूलाई जवाफ दिनुपर्ने अवस्थाको उत्तरदायित्व नैतिक उत्तरदायित्व, विवेक, आचरण र सदाचार प्रतिको उत्तरदायित्व पर्दछ ।
नेपालको सन्दर्भमा माथि उल्लिखित सम्पूर्ण आयामहरूको महत्त्वपूर्ण भूमिका रहेको छः उल्लिखित आयामहरू मध्ये नैतिक उत्तरदायित्वको आयाम निकै महत्त्वपूर्ण र व्यवहारिक पक्षको रूपमा पर्दछ नैतिक आयामको व्यवहारत हाम्रो नेपालको सन्दर्भमा किन महत्त्वपूर्ण छ, जसलाई देहाय बमोजिम उल्लेख गर्न सकिन्छ
 सार्वजनिक निकायद्वारा सम्पादित गरेका सार्वजनिक काम कारबाहीहरू सरकार, आम जनताहरूसँग खुला र पारदर्शी बनाउँदछ ।
 जनताले सामाजिक न्याय सहितको पहुँच, उपयोग र अपनत्वको ग्रहण गर्नका लागि नैतिक आयाम आवश्यक पर्दछ ।
 नैतिक आयामले सुशासन कायम गरी सेवाग्राहीको सम्मान, आर्थिक आचरण र सुधारका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउँदछ ।
 जनता र कर्मचारीबिच सम्मानजनक व्यवहार गर्ने प्रवृत्तिको विकास भई कार्य प्रकृति र कार्य सम्पादनमा सहजता ल्याउँदछ ।
 विकासका हरेक चरणमा जन-सहभागिताले Touching the hearts wining the minds को भूमिका सिर्जना गर्ने भएकोले नैतिक आयामको आवश्यकता रहेको हुन्छ ।
 सेवा प्रवाह चुस्त दुरुस्त र विश्वासको भाव पैदा गर्न सजिलो हुन्छ, जसले गर्दा ढिलासुस्ती, अनियमिततामा कमी ल्यायी भ्रष्टाचारलाई न्यूनिकरण गर्न सहयोग पुग्दछ ।
 सार्वजनिक उत्तरदायित्वमा कर्मचारीको मूल्याङ्कन, अनुगमन तथा सुपरिवेक्षण प्रणालीले नैतिकता प्रवर्द्धनमा जोड दिन्छ ।
 सार्वजनिक पदाधिकारीको व्यवहारलाई नागरिक अपेक्षा अनुरूप कार्यमूलक, नतिजा केन्द्रित, स्वच्छ र नैतिक बनाउने कार्य गर्दछ ।
 सार्वजनिक श्रोत, साधन र अधिकार प्रयोग गर्दा सार्वजनिक पदाधिकारीले इमान्दारिपूर्वक, खुलापनका आधारमा, सामाजिक उत्तरदायित्व पुरा गर्न जिम्मेवार बनाउँदछ ।
उपसंहार
सार्वजनिक उत्तरदायित्व लोकतान्त्रिक पद्धतिमा नागरिकको मताधिकारको मूल्यन हो । सार्वजनिक तहमा इमानदार हुने, सत्य बोल्ने, स्वच्छ रहने, सहिष्णु बन्ने, गतिशील हुने, खुला रहने, विश्वासिलो बन्ने, जस्ता समग्र पक्षलाई व्यवहारिक बनाउन नैतिकताले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । नागरिकको विश्वास प्राप्त गरी शासन सञ्चालन गर्न पनि यसको आवश्यक हुन्छ । प्रशासनिक उत्तरदायित्व निर्वाह गर्ने परिपाटीको विकास भई सुशासन र जनताको विश्वासमा सञ्चालन गर्न सबै सरोकारवाला पक्षहरूको ध्यान जान जरुरी देखिन्छ ।
Share:

राजनीतिशास्त्र सम्बन्धि विभिन्न प्रश्नोत्तर

१. ‘एक केन्द्रीय शक्तिद्वारा सर्वोच्च शक्तिको प्रयोग गर्नु नै एकात्मक शासन (सरकार) हो ।’ यो भनाइ कसको हो ?
– डायसी
२. ‘सबै शक्तिको अभ्यासका लागि सरकारको एकल संगठित प्रणाली नै एकात्मक सरकार हो ।’ यो भनाइ कसको हो ?
– ए.सि. कपुर
३. ‘संघात्मक राज्य त्यो हो जसमा सत्ता एवं शक्तिको एक भाग संघीय एकाइहरूमा समुदायद्वारा जानाजान संगठित गरिन्छ ।’ यो परिभाषा कसको हो ?
–. फाइनर
४. ‘संघ एक यस्तो राज्य हो (प्रणाली हो), जसमा केन्द्रीय र स्थानीय सरकार एउटै प्रभुत्वअन्तर्गत रहन्छ ।’ यो कसको भनाइ हो ?
–गार्नर
५. ‘एक संघीय राज्य धेरै राज्यहरू मिलेर बनेको सार्वभौमिकता सम्पन्न राज्य हो ।’ यो परिभाषा कुन वैज्ञानिकको हो ?
– जेलिनेक
६. ‘संघ’ शब्द कुन भाषाको कुन शब्दबाट उत्पति भएको हो ?
– ल्याटिन भाषाको फोयडस
७. विश्वको संसदमा तीन सदन भएको देश कुन हो ?
– बेलायत
८. ‘जहाँ शासनको सम्पूर्ण सत्ता संविधानद्वारा एकै केन्द्रीय सत्तालाई सुम्पेको हुन्छ, स्थानीय अंगलाई सरकारबाटै शक्ति प्राप्त हुन्छ र तिनीहरूको व्यक्तित्वले केन्द्रीय सरकारमा निर्भर गर्छ, त्यहाँ एकात्मक सरकार हुन्छ ।’ यो परिभाषा कसको हो ?
–गार्नर
९. कुन व्यवस्था भएको मुलुकमा मन्त्रीहरूको कार्य सचिवले गर्छ ?
– राष्ट्रपतीय
१०. जोन लकका अनुसार सरकार कति प्रकार छन् ?
– ३ प्रकार (राजतन्त्र, कुलिनतन्त्र र जनतन्त्र)
११. ‘गणितिज्ञको छोरा गणितिज्ञ र कविको छोरा कवि हुन्छ भन्नुझै पैतृक आधार मान्नु मर्खतापूर्ण कुरा हो ।’ यो भनाइ कुन वैज्ञानिकको हो ?
– लिकक
१२. संघात्मक राज्य एक यस्तो राजनीतिक उपायको अतिरिक्त अरु केही होइन, जसको उद्देश्य राष्ट्रिय एकता र राज्यका अधिकारहरूमा सम्बन्ध कायम गर्नु हो ।’ यो भनाइ कसको हो ?
– डायसी
१३. ‘संघात्मक राज्य त्यो हो, जसमा सत्ता एवं शक्तिको एक भाग संघीय एकाइहरूमा समुदायद्वारा जानाजान संगठित गरिन्छ ।’ यो परिभाषा कसको हो ?
– फाइनर

Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages