अोस्कार एवार्ड २०१६

हलिउड सुपरस्टार लियोनार्डो डिक्याप्रियोले आफ्नो पहिलो ओस्कर अवार्ड जितेका छन् । संसारकै सबभन्दा ठूलो फिल्म अवार्ड मानिने ओस्करमा लियोनार्डोले दि रेभेनान्टका लागि उत्कृष्ट अभिनेताको ओस्कर जितेका हुन् । आफ्नो पाँचौं मनोनयनमा उनले यो अवार्ड जितेका हुन् ।
द रुमका लागि ब्री लार्सनले उत्कृष्ट अभिनेत्रीको ओस्कर पाइन् । उत्कृष्ट फिल्ममा भने स्पटलाइटले बाजी मार्‍यो । टम म्याकार्थीले निर्देशन गरेको यो फिल्म पत्रकारहरुको एउटा टिमले गरेको खोजमुलक रिर्पोटिङको कथामा आधारित छ ।


निर्देशकमा लगातार दोस्रो वर्ष अलेजान्द्रो गोन्जालेज इनारितु उत्कृष्ट ठहरिए । यी मेक्सिनले गत वर्ष बर्डम्यानका लागि निर्देशकको ओस्कर पाएका थिए ।
सहअभिनेतामा स्टिवन स्पिलवर्गको फिल्म ब्रिज अफ स्पाइजका लागि मार्क रिल्यान्सले पाए भने सहअभिनेत्रीमा द ड्यानिस गर्लका लागि एलिसिया विकान्देर उत्कृष्ट घोषित भइन् ।

सिनेमाटोग्राफीमा रेभेनान्ट, सम्पादनमा म्याड म्याक्स : फ्युरी रोड, एडप्टेड स्क्रिनप्ले द बिग सट, ओरिजिनल स्क्रिनप्ले स्पटलाइट र विदेशी भाषाको फिल्ममा हंगेरीको सन अफ सोलले ओस्कर पाए ।
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages