अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८
निजामती सेवा ऐन तेश्रो संसोधन २०७०
निजामती सेवा ऐन, २०४९ लाई संशोधन गर्न बनेको ऐन
नेपाल राजपत्रमा प्रक्रकाशित मिति
२०७०।१२।१२
नायब शुब्बा तथा खरिदार सहयोगी १०० भन्दा बढी बस्तुगत प्रश्नोत्तर
१. मुस्लिम समुदायको वैवाहिक परम्परा वा रितिरिवाजलाई
के भनिन्छ ?
- निकाह
२. बौद्ध धर्मग्रन्थ
अन्तर्गत गौतम बुद्धका उपदेशहरु कुन पिटकमा रहेका छ्न ?
- सुक्तिपिटिक
३. शिख धर्मको पुजास्थललाई के भनिन्छ ?
- गुरुद्वार
४. बौद्ध भिक्षुहरुको संघलाई के भनिन्छ ?
- काय
५. भगवान बुद्धलाई मार्न खोज्ने भिक्षु को हुन् ?
- देवदत्त
६. पुराणमा मुगालाई 'प्रवलमणी' भनिन्छ भने हिरालाई के भनिन्छ ?
- बज्रमणी
७. भगवान रामकी बहिनी को नाम के थियोे ?
- शान्ति
८. विष्णुको धनुषलाई के भनिन्छ ?
- सारङ्ग
९. जिरेल जातिको पुरोहितलाई के भनिन्छ ?
- नाक्सो
१०. शिया, सुन्नी कुन धर्मका सम्प्रदाय हुन् ?
- इस्लाम
१८ औं सार्क सम्मेलन २०१४ बारे महत्वपूर्ण जानकारी
१. वि.सं २०७१ मंसिर १० र ११ (Nov 26-27) मा काठमाडौंमा आयोजित १८ औं
सार्क शिखर सम्मेलनको नारा "शान्ति र संवृद्धिका लागि गहन एकता " रहेको
थियो ।
२. १८ औं सार्क सम्मेलनले 36 बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ !
३. १९ औँ सार्क शिखर सम्मेलन 2 वर्षपछि 2016 मा पाकिस्तानको इस्लामाबादमा हुने निर्णय गरिएको छ ।
४. १८ औं सार्क सम्मेलनमा ८ स्थायी सदश्य राष्ट्रका अलावा ८ राष्ट्र र
युरोपियन युनियन समेत गरी ९ वटा पर्यबेक्षक समूह रहेका छन । पर्यवेक्षकको
रुपमा रहने राष्ट्रहरु चीन, अष्ट्रेलिया, इरान, दक्षिण कोरीया, मौरसिस,
म्यानमार, अमेरीका र जापान हुन ।
५. १८ औ सार्क सम्मेलनमा भाग लिन
आएका सरकार/राष्ट्र प्रमूखहरु मध्य एकमात्र महिला सहभागी बंगलादेशकी
प्रधानमन्त्री शेख हसिना वाजेद हुन ।
६. १८ औ सार्क सम्मेलनको
अध्यक्षता नेपालका प्रधानमन्त्रि सुशिल कोइरालाले गरेका थिए । १७ औ सार्क
सम्मेलनको अध्यक्षता गरेका माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यामिन अवदुल
गयले कोइरालालाई
अध्यक्षता हस्तान्तरण गरेका थिए ।
७. १८ औ सार्क
सम्मेलनको उदघाटन नेपालका प्रधानमन्त्रि सुशिल कोइरालाले सन २०१४ नोभेम्वर
२६ (२०७१ मङ्सिर १०) काठमाण्डौको सिटी हल (राष्ट्रिय सभागृहमा) गरेका थिए ।
८.
१८ औ सार्क सम्मेलनको उदघाटनसत्रमा पहिलो मन्तव्य १७औ सार्क सम्मेलनदेखिका
अध्यक्षको हैसियतले माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यामिन अवदुल गयिमले
दिएका थिए ।
९. त्यसपछि बर्तमान आयोजकको हैसियतले अध्यक्षता
नेपालका प्रधानमन्त्रि सुशिल कोइरालामा हस्तान्तरण भइ दोश्रो मन्तव्य
कोइरालाले दिएका थिए ।
१० . उदघाटनसत्रमा तेश्रो मन्तव्य आगामी १९औ सार्कको आयोजकको हैसियतले
पाकिस्तानी प्रधानमन्त्री मोहम्मद नवाज सरिफले गरेका थिए । त्यसपछि बांकी
सदश्य राष्ट्रका सरकार/राष्ट्र प्रमूखहरुले बर्णानुक्रमानुसार मन्तव्य
दिएका थिए ।
११. पर्यबेक्षकका रुपमा रहेको मौरिसस यो सार्क सिखर सम्मेलनमा अनुपस्थित रहेको थियो ।
- गौतम डायरीबाट
मानव संशाधन विकासका विशेषताहरु उल्लेख गर्नुहोस् ।
संगठनमा
कार्यरत जनशक्तिको ज्ञान बढाउने‚ सीप सिकाउने तथा धारणामा सकारात्मक परिवर्तन
ल्याउने कार्य मानव संशाधन विकास हो । यो कर्मचारीको क्षमता अभिबृद्धि गर्ने कार्य
हो । यसमा Operating Level का कर्मचारीलाई सोहीसम्बन्धी तालिम तथा Management
Level का व्यवस्थापकलाई व्यवस्थापन विकास तालिम दिइन्छ । मानव संशाधन
व्यवस्थापनका कार्य जस्तैः मानव संशाधनको प्राप्ति‚ विकास‚ उपयोग र सम्भारमध्ये
मानव संशाधन विकास एक महत्पूर्ण कार्य हो । मानव संशाधन विकासको यस अर्थबाट पिन
यसका केही विशेषता बुझ्न सकिन्छ । अरु विशेषताहरु निम्न छनः
कम्प्यूटर प्रणाली भनेको के हो ? कार्यालय व्वस्थापनमा कम्प्यूटर प्रणालीको आवश्यकता र महत्वबारे छोटकरीमा लेख्नुहोस् ।
संकलन गरेका
कच्चा सूचना तथा तथ्यांकको प्रवेश गराई प्रशोधनमार्फत उत्पादन गरी सोको व्यवस्थित
भण्डारण ( Input, Processing, Output, Store) गर्ने विद्युतीय उपकरणलाई कम्प्यूटर प्रणाली
भनिन्छ । नेपालीमा यसलाई सुसाङ्ख्य भनिन्छ । कार्यालयको काम कारवाहीलाई छिटो छरितो
बनाउन‚ सेवा प्रवाहमा गुणस्तर बढाउन‚ Paperless Office को
अवधारणा लागू गर्न तथा कार्यालयलाई आधुनिक बनाउन समेत यसले सहयोग गर्दछ ।
कार्यालय व्वस्थापनमा कम्प्यूटर प्रणालीको आवश्यकता र महत्व
सेवा प्रदान
गर्ने स्थान कार्यालय हो । कार्यालयको निश्चित उद्देश्य हुन्छ । उही उद्देश्य
प्राप्ति गर्न कार्यालयले योजना तर्जुमा गर्ने‚ संगठन गर्ने‚ समन्वय गर्ने‚ नियन्त्रण
गर्ने‚ साधन स्रोतको परिचालन गर्ने गर्दछ । कार्यालयले गर्ने उपरोक्त कार्य
कार्यालय व्यवस्थापन हो । कार्यालय व्यवस्थापनले गर्ने यस सूचना र तथ्यांकको आवश्यकता
पर्दछ । त्यही सूचना र तथ्याङकको संकलन‚ प्रशोधन‚ उत्पादन एवं भण्डारणको कार्य
कम्प्यूटर प्रणालीले गर्दछ । समग्रमा कार्यालय व्वस्थापनमा कम्प्यूटर प्रणालीको
आवश्कता र महत्वलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः
Þ कार्यालयको
नीति निर्माण‚ योजना तर्जुमा एवं निर्णय गर्नका लागि भरपर्दो सूचना उपलब्ध गराउन‚
Þ कार्यालको काम
कारवाहीलाई पारदर्शी एवं आवश्यकताअनुसार गोपनियता कामग गर्न‚
Þ अभिलेख
कार्यलाई थप व्यवस्थित बनाउन‚
Þ भविष्यमा
खोजेको बखत तुरुन्तै पाउने गरी Document सुरक्षित राख्न‚
Þ आवश्यक परेको
समयमा प्रमाणको रुपमा कागजात जुटाउन‚
Þ कार्यालयमा
सूचना सजिलै उपलब्ध गराउन‚
Þ खोजेको समयमा
कागजात सजिलै प्राप्त गरी समय‚ श्रम र साधन स्रोतको वचत गर्न‚
Þ नयाँ
कर्मचारीलाई कार्य गर्न सजिलो बनाउन‚
Þ कार्यालयको
कुशल व्वस्थापन गर्ने कार्यमा मद्दत गर्न‚
Þ कार्यालयको
समग्र प्रगति प्रतिवदेन बनाउने कार्यलाई व्वस्थित गर्न‚ आदि ।
फेसबुकमा लाेकसेवा सहयोगी
नेपाली पात्रो
Popular Posts
-
सुनसरी : १२ उपमहानगरपालिका (२) ः इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका नगरपालिका (४) ः इनरुवा नगरपालिका, दुहबी नगरपालिका, रामधुनी नगरप...
-
चुडामणि शर्मा , शान्तराज सुवेदी र हरि बस्याल एक समय निकै चर्चामा थिए । शर्माले लोक सेवा परीक्षामा एकैपटकमा सात ठाउँबाट नाम निकाल्दा उनका...
Labels
- ऐन/नियमावली (4)
- गोरखापत्र बस्तुगत (67)
- गोरखापत्र विषयगत (64)
- नेपाल परिचय (27)
- परिक्षा नतिजा (11)
- लोकसेवा सहयोगी बस्तुगत (45)
- लोकसेवा सहयोगी सामाग्री (99)
- विचार (4)
- विज्ञापन (9)
- समाचार (33)