मानव संशाधन विकासका विशेषताहरु उल्लेख गर्नुहोस् ।


      संगठनमा कार्यरत जनशक्तिको ज्ञान बढाउने‚ सीप सिकाउने तथा धारणामा सकारात्मक परिवर्तन ल्याउने कार्य मानव संशाधन विकास हो । यो कर्मचारीको क्षमता अभिबृद्धि गर्ने कार्य हो । यसमा Operating Level का कर्मचारीलाई सोहीसम्बन्धी तालिम तथा Management Level का व्यवस्थापकलाई व्यवस्थापन विकास तालिम दिइन्छ । मानव संशाधन व्यवस्थापनका कार्य जस्तैः मानव संशाधनको प्राप्ति‚ विकास‚ उपयोग र सम्भारमध्ये मानव संशाधन विकास एक महत्पूर्ण कार्य हो । मानव संशाधन विकासको यस अर्थबाट पिन यसका केही विशेषता बुझ्न सकिन्छ । अरु विशेषताहरु निम्न छनः

-  -   मानव संशाधन विसका संगठनको लक्ष्य हासिल गर्न गरिने कार्य हो ।
-  -  यो एक निरन्तर प्रक्रिया हो । प्रतिस्पर्धात्मक वातावरणमा कर्मचारीलाई सक्षम बनाई रहनुपर्ने भएकाले संगठनको अस्तित्व रहेसम्म मानव संशाधन विकास निरन्तर चलिरहन्छ ।
-  -  यो मानव केन्द्रित कार्य हो । तालिम र व्यवस्थापन विकासजस्ता सबै कार्य मानवलाई केन्द्रमा राखेर बनाइन्छ ।
-  -  यो व्यवस्थापन र कर्मचारी वीच असल सम्बन्ध कायम गराउने कार्य हो ।
-  -  मानव संशाधन विकास एक Systematic कार्य हो‚ जस अन्तर्गत Inputs, Processing Outputs पर्दछन् ।
-  -  यो व्यवस्थापनले गर्ने कार्य हो संगठन र कर्मचारी दुवैका लागि यो आवश्यक हुन्छ ।
- -   यसले कर्मचारीमा ज्ञान बढाउँछ‚ जसबाट कर्मचारीको उत्प्रेरणा बृद्धि हुन पुग्दछ ।
- -  यो कर्मचारीको वृत्ति विकासको आधार पनि हो यसमा तालिम‚ अभिमुखीकरण‚ सामाजिकीकरण‚ स्वदेश विदेश अध्ययन तथा भ्रमण‚ सरुवा‚ बढुवा जसता कार्य गरिन्छ । 
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages