जलवायु परिवर्तन नीति‚ २०६७ ले लिएका उद्देश्यहरु के के हुन् ? लेख्नुहोस् ।


   जलवायु परिवर्तन नीति‚ २०६७ ले लिएका उद्देश्यहरु निम्न छनः
१. जलवायु परिवर्तन सम्बन्धी सवाललाई सम्बोधन गर्न एक सक्षम एवं प्रभावकारी प्राविधिक संस्थाले स्थापना गर्दै विद्यमान संस्था/निकायहरुलाई समेत सुदृढ एवं सक्षम बनाउँदै लग्ने‚
२. जलवायु अनुकूलन सम्बन्धी कार्यक्रमहरुको कार्यान्वयन गर्ने तथा प्रतिकूल प्रभावको न्यूनीकरण गर्दै सकारात्मक प्रभावबाट अधिकतम फाइदा लिने‚
३. स्वच्छ ऊर्जा जस्तै जलविद्युत‚ पुनर्नवीकरणीइ तथा बैकल्पिक ऊर्जाको प्रयोग बढाउने तथा ऊर्जा दक्षता अभिबृद्धि एवं हरित प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्दै हरितगृह ग्यासकव उत्सर्जन न्यून गर्ने‚
४. प्राकृतिक स्रोत साधनको महत्तम उपयोग एवं सोको कुशल व्यवस्थापनका लागि स्थानिय समुदायको जलवायु अनुकूलन एवं समानुकूलन क्षमता अभिबृद्धि गर्ने‚

५. सामाजिक-आर्थिक विकासलाई जलवायु परिवर्तन-मैत्री तथा समानुकूलना बनाउँदै न्यून कार्वन विकास पक्षलाई अवलम्वन गर्ने‚
६. जलवायु परिवर्तनले पारेको तथा पार्न सक्ने प्रवाभहरुको पहिचान‚ प्रभावहरुको परिमाणात्मक किटान तथा सम्भावित जोखिमबाट सुरक्षित रहन अनुकूलनका उपायहरु अवलम्वन गरी जलवायु परिवर्तनका दुष्परिणामबाट बच्ने क्षमता विकास गर्ने‚

७. जलवायु परिवर्तनसम्बन्धी महासन्धि‚ अभिसन्धि तथा सम्झौताहरुबाट प्राप्त अवसरहरुको अधिकतम उपयोग गरी जीवनस्तरमा सुधार ल्याउने । 
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages