विश्वका टपटेन सुखी र खुसी
देशहरु यस्ता छन्-
१. स्विजरल्याण्ड- सानो र
सुन्दर देश स्विजरल्याण्ड यो धर्तिका सबैभन्दा खुसी मानिसहरु बस्ने देशको रुपमा
दरिएको छ । जिवन सन्तुष्टि मापनमा कुल दश अंकमा स्विजरल्याण्डले ७.८ अंक पाएको छ ।
जम्मा २.९ प्रतिशत गरिबीको दर रहेको स्विजरल्याण्डका कामकाजी जनताले उच्च तलबभत्ता
पाउँछन् भने सरकारले लगाउने कर निकै न्युन छ । अपराधको दर निकै कम छ । ८६ प्रतिशत
प्रौढहरुले उच्च शिक्षा लिएका छन् । शिक्षा र स्वास्थ्य सेवा सस्तो छ । स्विस
जनताको औषत आयु ८३ वर्ष छ ।
२.नर्वे - जिवन
सन्तुष्टि मापनमा ७.७ अंक सहित स्केन्डेनेभियन देश नर्वे विश्वको दोश्रो सबैभन्दा
सुखी र खुसी देश बन्न सफल भएको छ । यहाँ बेरोजगारी दर ३.४ प्रतिशत छ भने व्यक्तिगत
आय निकै उच्च रहेको छ । नर्वेजियनहरु विश्वका सबैभन्दा सुखी, खुसी, सुरक्षित, स्वस्थ तथा शिक्षित
मानिसहरुको सूचिमा अग्रस्थानमा आउँछन् । नर्वे विश्वको सबैभन्दा कम भ्ष्टाचार हुने
देश पनि हो । ८२ प्रतिशत नर्वेलीले उच्च शिक्षा लिएका छन् । विद्यालय शिक्षा निकै
सस्तो र गुणस्तरीय छ । नर्वेजियनहरुको औषत आयु ८१ वर्ष छ । यहाँ आधारभुत स्वास्थ्य
सेवा निशुल्क छ । वातावरण निकै सुन्दर र स्वस्थ छ ।
३. क्यानडा- क्यानाडालीहरु
विश्वका खुसी जनताको सूचिमा तेश्रो नम्बरमा पर्छन् । जिवन सन्तुष्टि मापनमा ७.६
अंक पाएको क्यानडाका जनताको आयस्तर उच्च छ । जिवनस्तर निकै उच्च भएका
क्यानाडेलीहरु ७० प्रतिशतसँग आफ्नै घर र गाडी छ । अपराधको दर निकै कम छ ।
भ्रष्टाचार निकै कम हुनुका साथै जनकल्याणमा सरकारको सहयोग उच्च छ । क्यानडाको
साक्षरता दर ९९ प्रतिशत छ । प्राकृतिक रुपमा निकै सुन्दर क्यानडाका केही सहर
प्रदुषित भएपनि समग्रमा यहाँको प्रकृति र जैविक विविधता उदाहरणीय छ । देशमा ठूलो
हिस्सा जंगलको रुपमा रहेको छ ।
४. डेनमार्क- जिवन
सन्तुष्टि मापनमा ७.६ अंक सहित डेनमार्क विश्वको चौथो खुसी देशको रुपमा दरिएको छ ।
डेनिस जनताहरु आपसी विश्वास, सुरक्षा, स्वास्थ्य, शिक्षा र सम्वृद्धिमा निकै अगाडि छन् । यहाँको सामाजिक जिवन
निकै सम्वृद्ध छ । डेनमार्कको राजधानी कोपनहेगन विश्वको सबैभन्दा हरित सहर हो र
सन् २०२५ सम्ममा कार्वन मुक्त बन्ने लक्ष्य छ । डेनमार्कमा करको दर निकै उच्च
भएपनि सरकारले शिक्षा र स्वास्थ्य सेवा निशुल्क गरिदिएको छ भने बेरोजगारलाई सहयोग
गर्ने गरेको छ ।
५. अस्ट्रिया- युरोपेली
मुलुक अस्टि्रया विश्वका सुखी तथा खुसी देशहरुको सूचिमा कुल ७.५ अंक सहित पाँचौ
स्थानमा रहेको छ । अस्टि्रया विश्वको सबैभन्दा सुरक्षित देशको रुपमा रहोको छ, यहाँ अपराधको दर सबैभन्दा कम
छ । साथै सबैभन्दा सफा र सुन्दर देशको रुपमा समेत परिचित छ । ८२ प्रतिशत जनता
विद्यालय शिक्षाबाट दीक्षित छन् । औषत आयु ८२ वर्ष छ भने आधारभुत स्वास्थ्य
निशुल्क छ ।
६. आइसल्याण्ड- जिवन
सन्तुष्टि मापनमा ७.५ अंक सहित आइसल्याण्ड विश्वका खुसी देशहरुको सूचिमा छैटौँ
स्थानमा रहेको छ । ८० प्रतिशत जनताले आफ्नो रोजगारीबाट मनग्गे पैसा कमाइरहेका छन्
। शिक्षा निकै सस्तो छ र देशको साक्षरता दर शत प्रतिशत रहेको छ । आइसल्याण्डमा
अपराधको दर नगन्य जस्तै भएकाले यसलार्य पुलिस र जेल नभएकेा देश पनि भनिन्छ ।
कैदीहरु जेलमा बस्नु पर्दैन अरु सरह काम गर्न र पैसा कमाउन पाउँछन् । औषत आयु ८२
वर्ष छ ।
७. अस्ट्रेलिया- १.५
टि्रलियन अमेरिकी डलर कुल गाहर्स्थ उत्पादन रहेको अस्ट्रेलिया विश्वका ठूला आर्थिक
महाशक्ति मध्ये एक हो । आर्थिक रुपमा धनी मात्र होइन यहाँ
का जनताहरु खुसी र सुखी पनि छन् । जिवन सन्तुष्टि मापनमा
अस्ट्रेलियाले ७.४ अंक पाएको छ । १५ देखि ६४ वर्षसम्मका सयमा ७२ अस्ट्रेलियालीहरु
जागिरे छन् र प्रतिव्यक्ति आय ३१ हजार १९७ डलर रेको छ । अस्ट्रेलियालीहरुको औषत
आयु ८२ वर्ष रहेको छ ।
८. फिनल्याण्ड- जिवन
सन्तुष्टि मापनमा ७.४ अंक सहित फिनल्याण्ड आठौँ स्थानमा रहेको छ । शिक्षा प्रणाली, स्वास्थ्य तथा सामाजिक
सम्बन्ध अब्बल रहेको फिनल्याण्डका ८३ प्रतिशत मानिसहरु विश्वविद्यालयको शिक्षाबाट
दीक्षित छन् । औषत रोजगारी दर ७० प्रतिशत रहेको छ । महिला सहभागिता उच्च छ र
सरकारी जागिरमा ४० प्रतिशत महिला रहेका छन् । फिनल्याण्ड विश्वमा आमा र बच्चाका
लागि सबैभन्दा सुरक्षित देश हो र यो सबैभन्दा स्वस्थ मानिसहरुको देश पनि हो ।
९. स्विडेन- जिवन
सन्तुष्टि मापनमा ७.४ अंकका साथ स्विडेन सुखी देशको सूचिमा नवौँ स्थानमा रहेको छ ।
स्विडेन विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने देशमध्येमा एक हो । सरकार निकै
पारदर्शी छ र सरकारप्रति जनताको उच्च विश्वास छ । जनताको आयस्तर निकै उच्च रहेको छ
। राजधानी सहर स्टकहोम युरोपको पहिलो हरित राजधानी हो । औषत आयु ८२ वर्ष छ र कुल
गार्हस्थ उत्पादनको ९ प्रतिशत रकम सरकारले स्वास्थ्य सेवामा खर्चिने गरेको छ ।
१०. नेदरल्याण्ड- जिवन
सन्तुष्टि मापनमा नेदरल्याण्डको ७.४ अंक रहेको छ । डच जनताहरु दुनियाका सबैभन्दा
सन्तुष्ट जनतामध्ये एक हुन् । १५ देखि ६४ वर्ष उमेरका सयमा ७५ जना मािनस रोजगार
छन् । औषत पारिवारिक कमाई २५ हजार ४९३ डलर रहेको छ । साक्षरता दर ९९ प्रतिशत रहेको
छ । सामाजिक सम्बन्ध र सन्जालका मामिलामा डचहरु निकै अगाडि छन् । डच नागरिकहरु
निकै सहयोगी मानिसका रुपमा कहलिएका छन् र अरुलाई निकै सहयोग गर्छन् । यहाँका
मानिसहरुको औषत आयु ८१ वर्ष रहेको छ ।
No comments:
Post a Comment