लैंगिक बजेट भनेको के हो ? लैगिक बजेटका उद्देश्यहरु उल्लेख गर्नुहोस् ।


      महिला र पुरुषवीच समानता कायम गर्नका लागि सार्वजनिक साधनस्रोतको न्यायोचित विनियोजन गर्ने कार्यलाई लैंगिक बजेट (Gender Budget) भनिन्छ । यो महिलाको लागि छुट्टै बजेट भने होइन । यो यस्तो बजेट वा कार्यक्रम वा आयोजना हो‚ जसले आयोजनाको तर्जुमा‚ कार्यान्वयन‚ अनुगमन‚ र मूल्याङ्कन तथा आयोजनाको प्रभाव मूल्याङ्कन सबै पक्षमा महिलाको संख्यात्मक र गुणात्मक सहभागिता गराई उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्दछ । नेपालमा आ.व. २०६४/६५ देखि लैंगिक बजेट लागू गरिएको छ ।

लैङ्गिक बजेटका उद्देश्यहरु
Þ     महिला र पुरुषवीच समानता कायम गर्न सहयोग गर्नु‚
Þ     सार्वजनिक स्रोतसाधन‚ सम्पतिको न्यायोचित वितरण गर्नु‚
Þ     महिला र पुरुपका फरक फरक आवश्यकता हुन्छन्‚ तिनलाई त्यसरी नै सम्बोधन गर्नु‚
Þ     बजेट/कार्यक्रम/आयोजनाबाट महिलकाको क्षमता अभिबृद्धि गर्नु‚ सशक्तिकरण गर्नु‚
Þ     आयोजना चक्रमा सबै प्रक्रियामा महिलाको सक्रिय एवं सार्थक सहभागिता गराउनु‚

Þ     लाभको बाँडफाँडमा महिलाको हिस्सा बृद्धि गुर्नु । 
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages