नेपालको अन्तरिम संविधान‚ २०६३ को धारा १४५ मा राष्ट्रिय सुरक्षा
परिषद्को गठन‚ काम‚ कर्तव्य र अधिकारको व्यवस्था छ ।
राष्ट्रिय सुरक्षा परिषद्को
गठन
राष्ट्रिय सुरक्षा परिषद्मा देहायबमोजिमका अध्यक्ष र सदस्यहरु
रहने व्यवस्था छ :
(क) प्रधानमन्त्री - अध्यक्ष
(ख) रक्षा मन्त्री - सदस्य
(ग) गृह मन्त्री - सदस्य
(घ) मन्त्रिपरिषद्मा रहेका
राजनैतिक दलहरुमध्ये फरक- फरक दलको प्रतिनिधित्व हुने गरी प्रधानमन्त्रीले तोकेको
तीनजना मन्त्री - सदस्य
- प्रधानमन्त्री र रक्षा
मन्त्री एकै व्यक्ति रहेको अवस्थामा मन्त्रिपरिषद्को वरिष्ठतम सदस्य राष्ट्रिय
सुरक्षा परिषद्को सदस्य हुने‚
- राष्ट्रिय सुरक्षा परिषद्को
सचिवको काम रक्षा मन्त्रालयको सचिवले गर्ने र निजको अनुपस्थितिमा प्रधानमन्त्रीले
तोकेको अधिकृतले गर्ने‚
राष्ट्रिय सुरक्षा परिषद्को
काम‚ कर्तव्य र अधिकार
- नेपाली सेनाको परिचालन‚ सञ्चालन र प्रयोग गर्नका लागि
मन्त्रिपरिषद्लाई सिफारिस गर्ने‚
No comments:
Post a Comment