सकारात्मक विभेद
- कमजोर अवस्थाका मानिसलाई बढी लाभ, सुविधा, सहुलियत र अवसर दिएर वलिया र समृद्ध समान (equal) बनाउने तरिका वा प्रक्रिया हो
- सक्षमलाई कम र कमजोरलाई बढी अवसर दिई सँगै
हिड्ने अवस्थाको सिर्जनाका लागि अपनाइने प्रक्रिया हो सकारात्मक विभेद । यो
समावेशी प्रजातन्त्रको आधार हो ।
सकारात्मक विभेदका तरिका
१.शक्तिकरण शासन प्रणालीमा
सहभागी हुन र शासन व्यवस्थाका लाभ प्राप्त गर्न कमजोर वर्ग समुदायलाई शिक्षा, तालिम, सीप विकासमा
पहुँच बढाएर र विशेष अवसर दिएर सशक्तिकरण गर्ने ।
२. लक्षित कार्यक्रम:
विपन्न, सिमान्तकृत, गरिब किसान
मजदूरलाई सहुलियतपूर्ण कर्जा, निशुल्क स्वास्थ्य उपाचारको अवसर प्रदान
गर्ने । उनीहरू केन्द्रित पूर्वाधार विकासमा निशुल्क वा सुपथ
मूल्यमा मल बीउ उपलब्ध गराउने जस्ता कार्यक्रम सञ्चालन गर्न सकिने ।
३. अवसर: Equitable
justice प्रवर्धन गरी समान सहभागिता र पहुँचको
अवसर बढाउन कानुनी र व्यवस्थापकीय अवसर प्रदान गर्ने । जस्तो निजामती सेवामा
प्रवेश गर्न महिलालाई ४० वर्षको उमेरसम्म उम्मेदवार हुन पाउने, ४ वर्षमा बढुवाको
उम्मेदवार हुन सक्ने अवसर दिइएको ।
४. सामाजिक सुरक्षा: भत्ता, वृद्धा, अपाङ्गता भएका
व्यक्ति, दलित महिलालाई सार्वजनिक सेवामा छुट
सुविधा, विशेष भत्ताको व्यवस्था ।
सकारात्मक विभेद र आरक्षणमा फरक:
- आरक्षण (Reservation)
ले प्रतिनिधित्व सहभागिता सुनिश्चित गर्छ । जस्तो निजामती
सेवामा ३३५ महिला आरक्षण, पुरुषले उक्त सीटमा प्रतिनिधित्व गर्न
सक्दैन ।
- सकारात्मक विभेदले प्रतिनिधित्व सहभागिताका लागि अवसर
मात्र सिर्जना गर्छ । जस्तो निजामती सेवामा प्रवेश गर्न पुरुषलाई ३५ वर्षसम्म र
महिलालाई ४० वर्षको उमेरसम्म उम्मेदवार हुन सक्ने । व्यवस्थाले महिलालाई सीट
सुरक्षित गर्दैन बरु सो प्रात्तिका लागि सहजता प्रदान गर्दछ ।
No comments:
Post a Comment