२०७१ फागुन २० गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी बस्तुगत / छोटा प्रश्नोत्तर


१. सन् २०१५ फेब्रुअरीमा सम्मन्न ८७ औं संस्करणको ओस्कार अवार्ड समारोहमा उत्कृष्ट चलचित्रको उपाधि कुन चलचित्रले जित्यो ?
- वर्ड म्यान
२. ओस्कार अवार्ड-२०१५ मा उत्कृष्ट अभिनेताको उपाधि चुम्ने कलाकार को हुन् ?
- एडी रडमेन
३. २०७१ फागुन १४ को संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोगको अध्यक्ष पदमा कसालाई सिफारिस गरेको छ ?
- उपेश मैनाली
४. राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा रहेका जाति र बोलिने भाषाको संख्या कति कति रहेको छ ?
- क्रमशः १२५ र १२३
५. बहुपक्षिय व्यापार सञ्जाल विश्व व्यापार संगठनको सदस्यता नेपालले कहिले प्राप्त गरेको हो ?
- सन् २००४ अप्रिल २३
६. निजी क्षेत्रको लगानीमा सम्पन्न भएको नेपालको पहिलो जलविद्युत आयोजना कुन हो ?
- खिम्ती
७. नेपाल सरकारले घोषणा गरेको मितिका आधारमा निम्नमध्ये सबैभन्दा पछिल्लो राष्ट्रिय निकुञ्ज कुन हो ?

- बाँके राष्ट्रिय निकुञ्ज
८. उधौली र उभौली कुन जातिको महत्पूर्ण सांस्कृतिक पर्व हो ?
- किराँत जाति
९. निम्न मध्ये कुनलाई दैव तत्व भनिन्छ ?
- हिग्स बोसोन (दिएको अफ्सनमा)
१०. राणाकालिन प्रशासनमा मुन्सीखानाले के काम गर्थियो ?
- परराष्ट्र मामिला
११. सेतो बाघ र बसन्ती उपन्यास लेखक को हुन् ?
- डाइमण्ड शमसेर राणा
१२. नेपालको निर्वाचन आयोग कुन प्रकारको निकाय हो ?
- संवैधानिध निकाय
१३. नेपाल भारतबीच सुगौली सन्धि कहिले भएको थियो ?
- सने १८१६ मार्च ३
१४. ठीक बेठीक छुट्याउनुहोस् ।
(क) महान बैज्ञानिक सर आइज्याक न्यूटनको जन्म बेलायतमा भएको थियो ।
(ख) अन्तरिक्षमा प्रवेश गर्ने पहिलो राष्ट्र संयुक्त राज्य अमेरीका हो ।
- (क) ठिक र (ख) बेठिक
१५ तामाङ जातिको संस्कृति‚ परम्परा आदिको संरक्षण गर्ने उद्देश्यले तामाङ संग्रहालयको स्थापना कहाँ गरिएको छ ?
-    रसुवा
१६. सरकारले २०७१ पुस २४ मा राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा कसलाई नियुक्त गर्ने निर्णय गर्‍यो ?
- कृष्णहरि बाँस्कोटा
१७. नेपाल र भारतविच आयात निर्यातमा लाग्दै आएको दोहोरो कर अन्त्य गर्ने सम्झौता कहिले भएको हो ?
- वि.सं. २०६८ मंसिर ११ मा
१८. नेपाल कहिले बारुदी सुरुङमुक्त क्षेत्र घोषित भएको हो ?
- वि.सं. २०६८ जेठ ३१
१९. गोरखापत्र कहिलेदेखि बहुभाषामा प्रकाशित हुन थालेको हो?
- वि.सं. २०६४ असोज १
२०. महिला सशक्तिकरणले देहायको कुन करालाई जोड दिन्छ ?
- लैंगिक पूल प्रवाहीकरण‚ लैंगिक समता‚
२१. नेपाल सरकारले नेपालको मध्यपश्चिम एवं सुदूर पश्चिमका विभिन्न जिल्लामा रहेको हलिया प्रथा उन्मुलन गर्ने निर्णय कहिले गर्‍यो ?
- वि‚सं. २०६५ भदौ २१
२२. Democracy is the government of the People by the people for the people भन्ने विद्वान को हुन् ?
- अब्राहम लिंकन
२३. ISO-9000 बस्तुको गुणस्तर चिन्हसँग सम्बन्धित छ भने  ISO-14000 के सँग सम्बन्धित छ ?

- वातावरण व्यवस्थापन
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages