नेपालमा के- कस्तो किसिमको हावापानी पाइन्छ ? भौगोलिक बनोटका आधारमा लेख्नुहोस् ।


      नेपालमा भौगोलिक बनोटका आधारमा पाँच किसिमको हावापानी पाइन्छ । जसलाई निम्न अनुसार लेख्न सकिन्छः-
१) उपोष्ण मनसुनी हावापानी (Sub-tropical Monsoon Climate) :  समुद्र सतहदेखि करीव १२०० मिटरसम्मको उचाइमा पर्ने तराई‚ भावर‚ दुन‚ भित्रि मधेश‚ टार आदि भागमा यो जलबायु पाइन्छ । यस हावापानीमा गर्मीमा १५ डिग्री से. देखि ४० डिग्री से. सम्म तापक्रम हुन्छ । बर्षायायमा २०० सेन्टिमिटर भन्दा बढी बर्षा हुन्छ ।
२) न्यानो समशितोष्ण मौसमी हावापानी (Warm Temperate Monsoon Climate) : यस प्रकारको जलवायु चुरे पर्वतको माथिल्लो भाथ महाभारत क्षेत्रमा पाइन्छ । समुद्र सतहदेखी १२०० देखी २१०० मिटर सम्मको उचाइँमा रहने यस क्षेत्रमा गर्मीमा २४ डिग्री से. देखी ३० डिग्री से. सम्म तापमान हुन्छ । बर्षामा १२५ सेन्टिमिटरसम्म वर्षा हुन्छ ।
३) ठण्डा समशितोष्ण हावापानी (Cold Temperate Climate) : यस प्रकारको हावापानी महाभारतको उच्च भाग र हिमालको तल्लो भाग २१०० देखी ३३०० मिटरसम्मको उचाइँमा पाइन्छ । यस क्षेत्रमा तापक्रम गर्मीमा १५ देखी २० डिग्री से. तथा बर्षा १०० सेमीभन्दा कम हुन्छ । भने हिउँदमा तापक्रम शुन्य डीग्रीसम्म हुन्छ ।
४) लेकाली हावापानी (Alpine Climate) :  हिमरेखामुनिको भाग र भित्री हिमालयमा ३३०० मिटर भन्दा माथि र ५००० मिटरभन्दा तलको हावापानी हुने यस जलवायुमा बैशाख जेठमा १० देखी १५ डिग्री से. सम्म तापक्रम पुग्छ र वर्षा भर वर्षभरीमा करिव ४० सेमी सम्म हुन्छ ।

५) हिमाली हावापानी (Himalayan Climate) :  यस प्रकारको हावापानी हिमरेखाभन्दा माथि हुन्छ । यहाँ वर्षभरी नै हिउँले ढाकेको हुन्छ । ५००० मिटरभन्दा माथि यस प्रकारको हावापानी पाइन्छ । 
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages