सार्वजनिक सेवा प्रवाहको महत्व छोटकरीमा चर्चा गर्नुहोस् ।


   
 जनताले सरकारको तर्फबाट प्राप्त गर्ने सेवा सार्वजनिक सेवा हो  सेवा प्रदान गर्नु सरकारको कर्तव्य हो भने सेवा प्राप्त गर्नु सेवाग्राही जनताको अधिकार हो । सार्वजनिक सेवा सरकार र जनतावीच असल सम्बन्ध कायम राख्ने एउटा माध्यम पनि हो सार्वजनिक सेवाले सर्वसाधारण जनताका लागि नुनदेखि सुनसम्म‚ सडकदेखी सदनसम्म‚ जन्मनुदेखी मृत्युपर्यन्तसम्म अर्थ र महत्व राख्दछ । जनताको जीवनस्तर माथि उठाउनेदेखी उसको शैक्षिक‚ सामाजिक‚ आर्थिक‚ राजनीतिक सांस्कृतिक लगायत हरेक पक्षमा सहयोग पुर्‍याएको हुन्छ । त्यसैले सार्वजनिक सेवा प्रवाहको महत्व बहुआयमिक हुन्छ । जसलाई निम्न बुँदामा उल्लेख गर्न सकिन्छः-

Þ     सार्वजनिक सेवाबाट देश र जनताको सुरक्षा हुने‚ संरक्षण हुने‚
Þ     जनतालाई आवश्यक पर्ने आधारभूत सेवा जस्तैः खाद्यन्न‚ कपडा‚ आवास‚ शिक्षा‚ स्वास्थ्य‚ खानेपानी आदि उपलब्ध हुने‚
Þ     पूर्वाधार निर्माणसम्बन्धी कार्यले जनताको जीवनस्तर माथि उठ्न मद्दत पुग्ने‚
Þ     सार्वजनिक सेवाले समाजमा सामाजिक न्याय कायम गरेन सहयोग गर्ने‚
Þ     सरकारले प्रवाह गर्ने आर्थिक सहयोग एवं सुविधा जस्तैः ज्येष्ठ नागरिक भत्ता‚ अपाङ्ग भत्ता आदिले अशक्त एवं पिछडिएका वर्गको हित हुने‚
Þ     सरकारले व्यापार व्यवसायको विकास गर्न गरेको सहयोगले जनतामा रोजगारी बढ्ने‚ आयआर्जन बढ्ने‚ सरकारको राजस्व बढ्ने हुन्छ । ‚
Þ     सरकारले मानव विकासमा गरेको लगानीले जनतामा ज्ञान‚सीप‚क्षमता बढ्ने हुन्छ ।
सार्वजनिक सेवा प्रवाह सरकारले जनतालाई पुर्‍याउने हरेक प्रकारको सेवा सुविधा भएकाले यसले अन्ततोगत्वा देश र जनताको हित गर्दछ । त्यसैले यसको महत्व हुने गर्दछ ।

                                    स्रोतः गोरखापत्र लोकसेवा सहयोगी
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages