समानुपातिक प्रतिनिधित्व (समानुपातिक निर्वाचन प्रणाली )


समानुपातिक प्रतिनिधित्वको प्रणालीको अर्थ
Þ    सबैभन्दा बढी प्राप्त गर्ने उम्मेदवार विजयी हुने प्रणालीमा देखापरेका नकारात्मक असर कम गरी सबै बर्ग‚ क्षेत्र‚ समुदाय र जातजातिका ब्यक्तिहरुलाई शासकीय क्रियाकलापमा सहभागी गराउने उद्देश्यले समानुपातिक प्रतिनिधित्व प्रणालीको विकास गरिएको हो ।
Þ    अल्पसंख्यक जाति र समुदायको प्रतिनिधित्व तथा साना राजनैतिक दलको प्रतिनिधित्वबाट बन्चित हुनुपर्ने अवगुणहरु पहिलो हुने निर्वाचन प्रणाली (First pat the post system) मा देखापरेको सन्दर्भमा विश्वमा कतिपय मुलुकहरुले समानुपातिक प्रणालीको अबल्मवन गरिआएका छन् ।
Þ    प्रतिनिधित्वका विभिन्न प्रणालीहरुमध्ये समानुपातिक प्रतिनिधित्व प्रणालीले समावेशी ढंगले प्रतिनिधित्व गराउने कुरामा  सबैको विश्वास पनि रहेको छ ।
Þ    कुनै पनि दलले निर्वाचनमा प्राप्त गरेको मतको हिस्साको अनुपात बराबरको स्थानमा निर्वाचन हुने प्रणाली समानुपातिक प्रतिनिधित्व प्रणाली हो ।
Þ    Encyclopedia of Election ले समानुपातिक प्रतिनिधित्व प्रणालीलाई यसरी अर्थाएको छ – “Proportional representation systems are those in which seats are allocated to political parties proportion to the they receive at election. How proportion seat shares are to vote shares is, however a matter of degree and not an all-or-nothing proposition.”

Þ    समानुपातिक प्रतिनिधित्वको निर्वाचन प्रणालीले एकातिर सबै राजनैतिक दललगायत सम्पूर्ण वर्ग‚ समुदाय र जातजातिका नागरिकहरुलाई उचित न्याय प्रदान गर्दछ भने अर्कोतिर अल्पमतको कदर गर्दै लोकतान्त्रमा सम्पूर्ण जनताको सहभागिता सुनिश्चित गर्दछ ।
Þ    यो प्रणालि एकभन्दा बढी स्थानमा हुने क्षेत्रमा लागू गरिन्छ । एकमात्र स्थान भएको अवस्थामा समानुपातिक तरिकाले विभाजन गर्न नसकिने हुँदा लागू गर्न सकिदैन ।
Þ    यो प्रणालि मतदातालाई राजनैतिक दल वा उम्मेदवार दुबैलाई छनौट गर्नपाउने अवसर प्राप्त हुन्छ । किनभने यो प्रणाली प्रतिनिधिमुलक विधायिका स्थापना गर्न सहयोगसिद्ध भएको छ ।
Þ    यसमा स-साना दलहरुले पनि प्राप्त गरेको मतको अनुपातमा आफ्ना तर्फबाट प्रतिनिधि पठाउन सक्दछन् । प्रतिनिधित्व प्राप्त गर्नका लागी न्यूनतम सीमा तोकिएको हुन्छ र न्यूनतम सीमासम्म मत प्राप्त गर्ने दलले आफ्नो प्रतिनिधि संसदमा पठाउन सक्दछन्  ।
समानुपातिक प्रतिनिधित्व (निर्वाचन) प्रणालीको प्रकारहरुः

१. सूचीमा आधारीत समानुपातिक प्रणाली (List System):
      यो प्रणाली अन्तर्गत सम्पूर्ण देशलाई एउटै निर्वाचन क्षेत्रमा आवद्ध गरिन्छ । अधिराज्यभर मतदान केन्द्र र निर्वाचन क्षेत्र भए तापनि ती सबै केन्द्रका पतपेटीका संकलन गरी एउटै स्थानमा राखिन्छ । यस्तो प्रणालीको निर्वाचनमा व्यक्तिगत उम्वेद्वार हुने व्यवस्था हुँदैन । राजनैतिक दलहरुको तर्फबाट मात्र उम्मेद्वारी दाखिला गरिन्छ । प्रत्येक दलहरुको आफ्ना उम्मेदवारहरुको नामावली निर्वाचन आयोगमा दाखिला गर्दछन् । यो सूची खला‚ बन्द तथा स्वतन्त्र गरी जम्मा ३ किसिमका हुन्छन् । मतदाताहरुले व्यक्तिगत उम्मेदवारहरुलाई नभै राजनैतिक दललाई मत दिने गर्दछन् । राजनैतिक दलहरुकले प्राप्त गरेको कुल मतको अनुपातमा सूचीमा रहेका उम्मेदवारहरुमध्ये प्राथमिकताको आधारमा राजनैतिक दलको केन्द्रीय समितिको निर्णयानुसार विजय घोषित गरिन्छ । विजय घोषणा गर्नु अगाडी सम्पूर्ण मतपेटीकाको मत गणना गरी प्रत्येक राजनैतिक दलले प्राप्त गरेको मतसंख्या यकिन गरिन्छ ।
२. परिवर्तनीय मत प्रणाली (Transferable vote system)
      यो प्रणालीअनुरुप प्रतिनिधि छनौट गर्दा सम्पूर्ण देशलाई एउटा मात्र निर्वाचन क्षेत्र कायम नगरी बहु-निर्वाचन क्षेत्रहरुमा विभाजन गरिन्छ । त्यसरी वर्गीकरण गरिएका निर्वाचन क्षेत्रमा एकभन्दा बढी सिट हुने गर्दछ । मतदानबाट धेरै सदस्यहरु निर्वाचन हुने व्यवस्था गरिन्छ । प्रत्येक निर्वाचन क्षेत्रमा निर्वाचन हुने गर्दछ । कुनै निश्चित निर्वाचन क्षेत्रबाट जतिसुकै प्रतिनिध छनौट हुने व्यवस्था भए तापनि प्रत्येक मतदातालाई केवल एउटा उम्मेद्वारलाई मात्र मत दिने अधिकार रहन्छ । मतदानपश्चात प्रत्येक निर्वाचन क्षेत्रमा कुन कुन उम्मेदवारको पक्षमा के कति मत परे भन्ने गणना गरी मतसंख्या यकिन गरिन्छ ।
३. मिश्रित समानुपातिक प्रणाली
      मिश्रित समानुपातिक निर्वाचन प्रणाली त्यस्तो निर्वाचन प्रणाली हो जसअन्तर्गत केही पदको निर्वाचन बहुमत प्रणालीको आधारमा गरिन्छ भने केही पदको निर्वाचन समानुपातिक निर्वाचन प्रणालीको आधारमा गरिन्छ । भौगोलिक‚ क्षेत्रीय‚ जातिय‚ एमं लैङ्गिक क्षेत्रमा देखिने असन्तुलनलाई सन्तुलित  र समानुपातिक बनाई समावेशी प्रतिनिधित्व गर्नका लागी मिश्रित प्रणाली अवलम्बन गरिएको हो । कति प्रतिशत पहिलो हुने निर्वाचन प्रणालीबाट पूर्ति गर्ने र  कति प्रतिशत समानुपातिक प्रणालीबाट परिपूर्ति गर्ने भन्ने विषय सम्बन्धित देशको माग र आवश्यकतामा निर्भर गर्दछ । यो संख्या कुने देशमा ५० प्रतिशत कुनै देशमा ६०/४० र कुनै देशमा ७५/२५ कायम गरिएको हुन्छ । मिश्रित निर्वाचन प्रणालीमा बढीमत/बहुमत निर्वाचन प्रणाली र समानुपातिक प्रणालीका सकारात्मक गुणहरुलाई मिश्रण गर्ने कोशिस गरिन्छ । यो प्रणालीअन्तर्गत दुई वटा फरक फरक निर्वाचन प्रणाली अवलम्बन गरिन्छ ।
समानुपातिक निर्वाचन प्रणालीका गुणहरु (Merits) 
Þ    लोकमतको सही प्रतिनिधित्व हुन्छ ।
Þ    कुनै पनि मतदाताको मत व्यर्थमा खेर जाँदैन ।
Þ    शासनमा सबै वर्ग र समुदायको प्रतिनिधित्व रहन्छ ।
Þ    अल्प संख्यकहरुको पनि उचित प्रतिनिधित्व रहन्छ ।
Þ    बहुमतको तानाशाही रहँदैन ।
Þ    ४९/५१ को खेलका विकृतिहरु आउन सक्दैनन् ।
Þ    प्राप्त मतको अनुपातमा संसद र सरकारमा सहभागिता कायम हुन्छ ।

समानुपातिक निर्वाचन प्रणालीका दोषहरु (Demerits)
Þ    राष्ट्रिय एकता कायम गर्नमा कठिनाई सिर्जना हुन्छ ।
Þ    साम्प्रदायिक भावनाले प्रश्रय पाउन सम्भावना हुन्छ ।
Þ    यस प्रणालीबाट उपनिर्वाचनको कुनै गुन्जायस रहदैन ।
Þ    मतदाता र प्रतिनिधिहरुविच सम्पर्कको अभाव हुन्छ ।

Þ    सरकारको स्थायित्व हुने सम्भावना न्यून हुन्छ । 
Share:

1 comment:

  1. information ekdam thk xa dhanyabaad tara alik right tira rakhnu hola samagri haru kna vaney tyaha kehi sabda haru kaatiera aaeko xa

    ReplyDelete

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages