साहूहिक
उद्देश्य प्राप्तिका लागि व्यक्ति अथवा समूहका क्रियाकलापलाई प्रभावित पार्ने
कार्यलाई नेतृत्व भनिन्छ । यो जुनसुकै परिस्थितिमा अरुहरुको प्रवृत्ति र बानी
ब्यहोरालाई एउटा आकारमा ल्याउने प्रक्रिया पनि हो । निर्णय क्षमता‚ इच्छाशक्ति‚
सही र गलत छुट्टाउन सक्ने खुवी‚ विषयबस्तुको राम्रो ज्ञान‚ परिस्थिति अनुरुप आफ्नो
कार्यनीति र कार्यशैलीमा परिवर्तन गर्ने लचकता‚ सच्चरित्रता‚ केही गर्नुपर्दछ
भन्ने उत्साह‚ आत्मबिश्वास‚ स्वत्याग‚ निष्पक्षता‚ धैर्यता आदि असल नेतृत्वका गुण
हुन् । नेता‚ कार्यकर्ता एवं परिस्थिति नेतृत्वमा प्रमुख तत्व हुन् ।
प्रजातान्त्रिक शैली‚ निरंकुश शैली‚ स्वतन्त्र शैली‚ नोकरशाही शैली आदि नेतृत्व
शैली हुन् ।
नेतृत्वका कार्यहरु:-
-
संगठनको लक्ष्य निर्धारण गर्ने‚
-
संगठनको संरचना तयार गर्नै‚
-
संगठनका कार्यको समन्वय र निर्देशन गर्ने‚
-
सामूहिक भावना अनुसार संगठनका कार्यहरु गर्ने गराउने‚
-
संगठनको प्रतिनिधित्व गर्ने‚
-
मातहतका अनुयायीलाई पथ प्रदर्शकको कार्य गर्ने‚
-
संगठनको कार्यप्रति उत्प्रेरणा जगाउने कार्य गर्ने‚
-
शक्ति र अधिकारको कुशल प्रयोग गर्ने‚ दुरुपयोग नगर्ने‚
-
समयको व्यवस्थापन गर्ने‚ सही समयमा सही निर्णय गर्ने‚
- संगठनको समग्र पक्षको अनुगमन
र मुल्याङ्कन गर्न ।
No comments:
Post a Comment